एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद द्धारा सुचना सम्प्रेषणमा समन्वय गर्न आग्रह
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले गैरआवासीय नेपाली संघ सम्बन्धी आधिकारिक तथ्यांकहरु अनधिकृतरुपमा सम्प्रेषण नगर्न आग्रह गरेको छ । गर्नु परे संघको लेटर हेडमा सम्प्रेषण गर्र्नु पूर्व आइसिसिका महासचिव वा सचिवालयसंग समन्वय गरेर मात्र सम्पेषण गर्न अन्तर्राष्ट्रिय समन्वय परिषदका सम्पुर्ण पदाधिकारी र सदस्यहरुलाई अनुरोध गरिएको छ ।
महासचिव डा. बद्री केसीले सूचनामा आधिकारीकता बिश्वस्नियता र एकरुपता ल्याउनका लागि सरोकार राख्ने सबैलाई परिषदको तर्फबाट यस प्रकारको सर्कूृलर गरिएको जानकारी दिनु भएको छ ।