सोनु सिनालको उपचारका लागि नमस्ते नेपालको ३० हजार सहयोग
सुदुरपश्चिम् का पत्रकार धिरेन्द्र सिनाल कि जीवनसाथि सोनु सिनालको मृगौला उपचार सहयोगका लागि नमस्ते नेपाल हातेमालो सामाजिक सस्था को तर्फ बाट ३०हजार रुपैया सहयोग हस्तान्तरण गरिएको छ । जनता मिडिया नेटवर्क मा आयोजित कार्यक्रममा नेपाल प्रेस युनियनका क्षेत्रिय संयोजक लाल ऐरि पत्रकार बिबेचना बिस्ट मार्फत सहयोग रकम हस्तान्तरण गरिएको हो । उहाहरुले सहयोग रकम भोलीलै सिनालले पाउने गरी पठाइदिने बचन दिनु भएको छ । सहयोग रकम हस्तान्तरण कार्यक्रममा बिशेष अतिथि दुबैले परोपकारी कामको प्रसंशा गर्नु भयो । कार्यक्रममा रेडियो जनताका स्टेशन म्यानेजर सञ्जिव अधिकारीले यो रकम हेर्दा सानो देखिएपनि सहयोगी अभियाननै अगाडी बढाएको धारणा राख्नु भयो । प्रेस युनियनका क्षेत्रिय संयोजक ऐरिले सिनाल परिवार र सुदुर पश्चिमबासीको तर्फ बाट संस्थालाई धन्यबाद दिनु भयो । त्यसैगरी बिष्टले धिरेन्द्र जि कै कारण आफू पत्रकारीतामा आएको स्मरण गर्दै यो पुण्य कामको पुल बन्न पाएको मा गर्ब लागेको बताउनु भयो । कार्यक्रममा संस्थाका मातृभुमि समन्वय समितिका संयोजक गणेश जिसीले संस्थाले गरेका परोपकारी काम र उद्धेश्यबारे बताउनु भएको थियो ।