समाचार

नेपाल स्रष्टा समाजको नयाँ कार्यसमिति चयन अध्यक्षमा आचार्य नै, उपाध्यक्षमा श्रीओम श्रेष्ठ रोदन

काठमाडौँ, पुस ११ । नेपाल स्रष्टा समाजको १३औं वार्षिक साधारणसभा तथा स्रष्टा सम्मान कार्यक्रम भर्चुअल रूपमा आज सम्पन्न भएको छ । समाजका अध्यक्ष विधान आचार्यको अध्यक्षता एवं अभिव्यक्ति मासिकका संस्थापक सम्पादक एवं वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वरिष्ठ साहित्यकारहरू तथा संस्थाका सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा आफ्नो […]


रमेश खकुरेल र अनुपम रोशीलाई सम्मान प्रदान गरिँदै

काठमाडौँ, पुष १० गते । नेपाल स्रष्टा समाजले प्रत्येक वर्ष प्रदान गर्दै आएको सुभद्रा विश्वराज स्रष्टा सम्मान शास्त्रीय शैलीमा काव्य सिर्जना गरी नेपाली साहित्यमा योगदान पु¥याउनु भएका वरिष्ठ साहित्यकार रमेश खकुरेललाई प्रदान गर्ने निर्णय गरेको छ । ४० बढी छन्दमा कविता लेख्नुहुने कुशल, सिद्धहस्त छन्दकवि खकुरेलका दर्जन बढी कविता, खण्डकाव्य, महाकाव्य, यात्राकाव्य सङ्ग्रहहरू प्रकाशित छन् […]


वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माको अभिनन्दन गरिने

काठमाडौँ, पुष ८ गते । वरिष्ठ साहित्यिक पत्रकार/साहित्यकार श्री नगेन्द्रराज शर्माको अभिनन्दन गरिने भएको छ । उहाँका विशिष्ट योगदानहरूको सम्मान गर्दै शर्माको ८४ औँ शुभ जन्मोत्सवका अवसरमा आगामी चैत्र २२ गते अभिनन्दन समारोह आयोजना गर्ने अभिनन्दन समारोह मूल कार्यसमितिले जनाएको छ । २०७६ साल चैत्र २२ गते नै राष्ट्रिय नागरिक अभिनन्दन गर्ने निर्णय भै अभिनन्दन […]


नेपाल स्रष्टा समाजको दसैं विशेष सिर्जनात्मक कार्यक्रम सम्पन्न

विनोद नेपाल, काठमाडौ । नेपाल स्रष्टा समाजले दसैं विशेष सिर्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ । कार्तिक १५ गते कवि तथा गीतकार दिनेश अधिकारीको विशेष उपस्थितिमा भर्चुअल रूपमा कार्यक्रम सम्पन्न गरेको हो । युवा वन्यजन्तु फोटोग्राफर दृष्टान्त बिडारीको विभिन्न जातिका चरा तथा जनावरहरूको तस्बिर प्रदर्शनसँगै कार्यक्रम प्रारम्भ गरिएको थियो । कार्यक्रममा फरक प्रस्तुतिका रूपमा कवि तारक […]


गीतकार पुष्पा खनालको माया सार्वजनिक

काठमाडौँ । गीतकार, कवि पुष्पा खनालको गीत ‘माया केवल माया’ आज सार्वजनिक भएको छ । आफ्नो जन्मदिन पारेर गीतकार खनालले आफ्नै युट्युव च्यानल मार्फत् गीत सार्वजनिक गरेकी हुन् । सरोज कोइराला र अञ्जु पन्तको स्वर रहेको गीतको सरोज आफैँले सङ्गीत गरेका हुन् । गीतको भिडियोमा नायक तथा मोडल श्रीदेव भट्टराई र मिस आर्यन ममता चापागाईँ […]


दिबंगत युबाहरु हिकारू गौतम र त्रिशरण खत्रीको ४५औ पुण्य तिथिको अबसरमा रक्तदान सम्पन्न

डालस, टेक्सास। तालमा डुबेर सहादत प्राप्त गरेका युबाद्वय हिकारू गौतम र त्रिशरण खत्रीको ४५औ पुण्य तिथिको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। केलर सिटिस्थित कार्टर ब्लड केयरको कार्यालमा भएको उक्त रक्तदान कार्यक्रममा ४२ जना उपस्थित भएका थिए भने २७ जनाले रक्तदान गरेका थिए। ब्लड डोनर्स अफ अमेरिका र डालस गुर्खाज फुटबल क्लबको आयोजना र दिबंगत […]


तालमा डुबेर मृत्यु भएका नेपाली युवाको अन्तिम संस्कार भोलि जुलाई १४ मा हुने

डालस, टेक्सास। तालमा डुबेर मृत्यु भएका डालस नजिकै रहेको शहर केलर निवासी एक  नेपाली युवाको दाहसंस्कार भोलि अर्थात् जुलाई १४ गते हुने भएको छ। परिबारका अनुसार डालसमा रहेको वेस्ट च्यापेल संस्कार गृहमा मंगलबार बिहान ९ बजे अन्तिम श्रद्धान्जली अर्पण गरिनेछ। त्यसपछि साढे दस बजे अन्तिम संस्कार सम्पन्न गरिनेछ। कोरोनाको संक्रमणका कारण दाहसंस्कार गृहमा उपस्थित हुन […]


योगमाया सम्मान तोया गुरूङ र उत्तमप्रसाद पन्तलाई प्रदान गरिने

२२ असार, काठमाडौँ । नेपाल स्रष्टा समाजले प्रत्येक वर्ष प्रदान गर्दै आएको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान वरिष्ठ साहित्यकार तोया गुरूङलाई प्रदान गर्ने भएको छ । त्यस्तै योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान अनुसन्धानकर्मी, लेखक तथा कवि उत्तमप्रसाद पन्तलाई प्रदान गर्ने भएको छ । नेपालको इतिहासमा नारी जागरण र समानता तथा आध्यात्मिक चेतनाका लागि लड्दै नारी […]


मानवीय मूल्यप्रतिको खबरदारी गर्दै साहित्यिक गोष्ठी सम्पन्न

पाल्पा विशेष अनलाइन साहित्यि कार्यक्रम विनोद नेपाल जेठ २४ गते, शनिबार । नेपाल स्रष्टा समाजले आज पाल्पा विशेष अनलाइन साहित्यिक गोष्ठी आयोजना ग¥यो । बन्दाबन्दीको समयमा स्रष्टाबीचको आपसी सम्बन्धलाई ताजा गराउँदै साहित्यको रसस्वादन गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको हो । गोष्ठीमा ११ पाल्पाली स्रष्टा र आयोजक संस्थाका अध्यक्ष र महासचिव गरी १३ स्रष्टाले आआफ्ना रचना […]


महाकाली दुखेका बेला मेचीका गुञ्जनहरू

काठमाडौं, जेठ १२ गते । नेपाल स्रष्टा समाजले मेची अञ्चलका साहित्यकारहरूसँग आज रचनावाचनसहित साहित्यिक साक्षात्कार गरेको छ । ‘मेचीका गुञ्जन’ नाम दिइएको यस कार्यक्रममा मानवीय संवेदना, राष्ट्रभक्ति, मातृवियोग, प्रेम र वात्सल्यताका पोकाहरू खुले र गुञ्जिए । नेपाल स्रष्टा समाजका अध्यक्ष विधान आचार्यको इलाम भावभूमि भएको कविता अंशबाट सुरु भएकोे कार्यक्रममा कविहरू  खगीन्द्रा खुशी, केशव आचार्य, […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907