नेपाल स्रष्टा समाजको नयाँ कार्यसमिति चयन अध्यक्षमा आचार्य नै, उपाध्यक्षमा श्रीओम श्रेष्ठ रोदन


काठमाडौँ, पुस ११ । नेपाल स्रष्टा समाजको १३औं वार्षिक साधारणसभा तथा स्रष्टा सम्मान कार्यक्रम भर्चुअल रूपमा आज सम्पन्न भएको छ ।
समाजका अध्यक्ष विधान आचार्यको अध्यक्षता एवं अभिव्यक्ति मासिकका संस्थापक सम्पादक एवं वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वरिष्ठ साहित्यकारहरू तथा संस्थाका सदस्यहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि शर्माले नेपालमा साहित्यिक गतिविधि सञ्चालन गर्न कठिन भएको र झन् अहिलेको समयमा धेरै चुनौती थपिएको बताउनुभयो ।  कार्यक्रमको प्रारम्भमा सहभागीहरूलाई स्वागत गर्दै संस्थाका उपाध्यक्ष प्रा.डा. गोविन्दमानसिंह कार्कीले संस्थाका गतिविधिबारे प्रकाश पार्नुभएको थियो ।

तीन सत्रमा आयोजित सो कार्यक्रमको पहिलो सत्रमा कोषाध्यक्ष तथा महासचिवका प्रतिवेदन पेश गरिनुका साथै प्रस्तुत प्रतिवेदनहरुमाथि छलफल गरिएको थियो । चालु आर्थिक वर्षको लेखा परीक्षक नियुक्तिसम्बन्धी प्रस्ताव एवम् साधारणसभाको माइन्युट प्रमाणित गर्नका लागि समाजका आजीवन सदस्यहरू किशोर पहाडी र रञ्जना निरौलाको नाम सर्वसम्मत पारित गरिएको थियो ।


साधारणसभाले सर्वसम्मत रूपमा १३ सदस्यीय नयाँ कार्यसमिति पनि गठन गरेको छ । त्यसमा अध्यक्ष विधान आचार्य, उपाध्यक्ष श्रीओम श्रेष्ठ रोदन, महासचिव पुष्पा खनाल, कोषाध्यक्ष नवराज तिमल्सिना, सचिव जानु धिताल र सदस्यहरूमा देविका तिमल्सिना, डा. पुष्करराज भट्ट, नवराज पुडासैनी ‘ज्योत्स्ना’, लेखजङ्ग खत्री, रश्मि रिमाल, विनोद नेपाल, सुमन थापा ‘संगम’ र सुमन घिमिरे वर्षा चयन गरिनुभएको छ ।
नवनिर्वाचित पदाधिकारीहरूलाई निर्वाचन समितिका संयोजक एवम् समाजका संरक्षक पवन आलोकले शपथग्रहण गराउनुभएको थियो ।
महासचिव पुष्पा खनालले सञ्चालन गर्नुभएको त्यस कार्यक्रममा सम्मानित स्रष्टाहरू, निर्वाचन समितिका नरेन्द्रबहादुर श्रेष्ठ र ईल्या भट्टराईले समेत आफ्नो मन्तव्य राख्नुभएको थियो । सभामा नेपालभन्दा बाहेक संसारका विभिन्न स्थानमा रहनुभएका स्रष्टाहरूले समेत भाग लिनुभएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907