काठमाडौँ, वैशाख १९ शुक्रवार । नेपाल स्रष्टा समाजद्वारासमाजका सदस्यका लागि गरिएको अनलाइन “साहित्य गोष्ठी’ प्रमुख अतिथि अग्रज साहित्यकार तथा अभिव्यक्ति साहित्यिक पत्रिकाका सम्पादक श्री नगेन्द्रराज शर्माको उपस्थितिमा सम्पन्न भएको थियो । समाजका अध्यक्ष विधान आचार्यद्वारा सञ्चालित कार्यक्रममा १८ जना साहित्यकारका कविता मुक्तक, गजल र लघुकथा वाचन गरिएको थियो । से अवसरमा ८० नाघेका तर युवा […]
डालस, टेक्सास । कोरोन भाइरसको प्रभाव फैलिएर बिस्तारै स्थानीय समुदायका क्रियाकलापहरुमा असर पर्न थालेको छ । नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको सहयोगमा नेपाली समाज टेक्सासद्वारा संचालन भैरहेको नेपाली भाषा कक्षा सोहि भाइरसका कारण मार्च २२ सम्मका लागि स्थगित गरिएको छ । स्कुलका प्रिन्सिपल बिजयराज भट्टराई तथा स्कूल ब्यबस्थापनका अनुसार यो अबधि बढ्न सक्ने तर्फ […]
बिस्व स्वास्थ्य संगठनले कोरोना भाइरसको आतंकलाई प्याण्डेमिक अर्थात् बिस्वभर खतरनाक रुपमा फैलिरहेको रोगको रुपमा घोषणा गरेको छ । गत जनवरी ३० मा मात्र उक्त संगठनले यो रोगको महामारीका कारण जनस्वास्थ्य आपतकालीन अबस्थाको घोषणा गरेको थियो । यतिबेला सवालाख मान्छेमा कोरोना भाइरसको संक्रमण भएको छ भने ४५ सय भन्दा बढीको ज्यान गैसकेको छ । चीन लगायत […]
कोरोना भाइरसले संसार आतंकित छ । आतंकको कारणमा कतिपय सत्यता छ भने कतिपय भ्रम पनि छ । सार्बजनिक समारोहहरु स्थगित गरिएका छन् । यात्रा स्थगित गरिएका छन् । बिद्यालय बन्द गरिएको छ । इटालीले आफ्ना ६ करोड मान्छेलाई आफ्नै घरभित्र बन्द गर्ने घोषणा गरेको छ । चीनले उहान प्रान्त बन्द गरेको धेरै भैसक्यो । कोरोना […]
भक्तपुर, माघ २५ । भक्तपुरमा साङ्गीतिक कार्यक्रम गरी शास्त्रीय सङ्गीतज्ञ स्वर्गीय सङ्गीत प्रवीण नरराज ढकालको स्मरण गरिएको छ । शास्त्रीय सङ्गीतप्रेमीहरूको दुई संस्था आराधना सङ्गीत समूह र सङ्गीत ग्राम गुरुकुल नेपालको संयुक्त आयोजनामा सङ्गीत ग्रामको प्रशिक्षण केन्द्रमा शास्त्रीय गायन र बाद्यवादनसहित ढकालको स्मरण गरिएको हो । नेपाली शास्त्रीय सङ्गीतका पर्याय सङ्गीतज्ञ नरराज ढकालले नेपाली सङ्गीत […]
काठमाडौं । उपन्यासकार शिव प्रधानको औपन्यासिक कृति ‘रुदिना’ सार्वजनिक भएको छ । शुक्रबार एक समारोहका बीच प्रमुख अतिथि वरिष्ठ आख्यानकार परशु प्रधानले रुदिनाको लोकार्पण गर्नुभयो । नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा ‘रुदिना’ लोकार्पण गर्दै आख्यानकार परशु प्रधानले ‘शिव प्रधानको कृतिले अरुलाई पनि प्रेरणा दिने बताउँदै या कृति मुलतः हङकङको आइडी सङ्घर्ष हो भन्नुभयो । प्रा.डा. […]
काठमाडौं, पुस २० गते । नेपालमा करिब ४० प्रतिशत जनताको हातमा बैंकिङ्ग सेवा पुगे पनि इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग र एजेन्सी बैंकिङ्गजस्ता सेवा निकै कम जनताले प्रयोग गर्ने गरेका छन् । तसर्थ बैंकिङ्ग सेवाका आधुनिक प्रविधि सर्वसाधारण जनताको हातमा पुग्ने कुरा निकै चुनौतीपूर्ण रहेको छ । उक्त कुरा नेपाल सहभागीमूलक कार्य समूह ९नेपान० द्वारा आज […]
डालस, टेक्सास । एचडीएनपी इन्टरनेसनलले घरबारबिहिनहरुलाई ब्ल्यांकेट वितरण कार्यक्रम सम्पन्न गरेको छ । क्रिश्मसको समय पारेर जाडोमा कठ्याङ्ग्रिन बाध्य उनीहरुलाई न्यानो ब्ल्यांकेट वितरण गरिएको हो । बिभिन्न व्यक्ति, संस्थाहरुबाट संकलित ५२३ वटा ब्ल्यांकेट वितरण गरिएको संस्थाका अध्यक्ष देवी आचार्यले जानकारी दिनु भएको छ । एचडीएनपी डालस फोर्ट वर्थ क्षेत्रमा सक्रिय सामाजिक संस्था हो । यसले […]
चितवन / भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वनको काप्रेघाटमा बनिरहेको ‘क्रुज सिप’ (मिनी पानीजहाज)को आइतबार नारायणी नदीमा सफल परीक्षण गरिएको छ । आइतबार दिउँसो तीन बजे चालक दलका केही सदस्य र सञ्चालकहरुले ‘मिनी पानीजहाज’को सफल परीक्षण गरेका हुन् । क्रुज बनाउन तयार गरिएको पोर्टबाट झण्डै एक किलोमिटरसम्म चलाएर परीक्षण गरिएको थियो । परीक्षण सफल भएपछि निर्माणकर्ताहरुसहित […]