भर्चुअल कविगोष्ठी, नेपाल र अमेरिका एकै स्क्रीनमा
काठमाडौँ, वैशाख १९ शुक्रवार । नेपाल स्रष्टा समाजद्वारासमाजका सदस्यका लागि गरिएको अनलाइन “साहित्य गोष्ठी’ प्रमुख अतिथि अग्रज साहित्यकार तथा अभिव्यक्ति साहित्यिक पत्रिकाका सम्पादक श्री नगेन्द्रराज शर्माको उपस्थितिमा सम्पन्न भएको थियो । समाजका अध्यक्ष विधान आचार्यद्वारा सञ्चालित कार्यक्रममा १८ जना साहित्यकारका कविता मुक्तक, गजल र लघुकथा वाचन गरिएको थियो । से अवसरमा ८० नाघेका तर युवा जोशसहितका साहित्यकारहरू पूर्व प्रशासक पुष्पप्रसाद लुइँटेल, अख्यानकार साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, जरा मूर्तिकार एवं कवि नरेन्द्रबहादुर श्रेष्ठ, पवन आलोक, काशीराज आचार्य, देविका तिमिल्सिना, विजयध्वज थापा, ललिता दोषी, चेतनाथ कणेल, सीता भण्डारी कणेल, त्रिभुवनचन्द्र वाग्ले, रञ्जना निरौला गोकुल अधिकारी, देवा अधिकारी, शशी थापा पण्डित, सुशीला खडका हसिना, सुमन थापा सङ्गम अदि रहेका थिए ।
संस्थाका अध्यक्ष विधान आचार्यले नै काव्यमय वातावरणमा प्रविधिका सहायताले गोष्ठीलाई सञ्चालन गर्दै भौतिक रूपमा नभए पनि आत्मिक रूपमा एकजुट भर्र सिर्जनात्मक काम गर्न सकिन्छ भन्ने प्रमाण दिएका छन् । साहित्य गोष्ठीको शुभारम्भ कवि गोकुल अधिकारीका मुक्तकबाट भएको थियो । कोरोनाको कहर ले जीवनलाई पारेको असर र हृदयले गरेको अनुभूतिमा वर्तमान समयले गरेको दुखेसो मुक्तकमा पोखिएको थियो । कवि पवन आलोकले जीवनवादी दृष्टिकोण व्यक्त गर्दै जीवनले के पायो, के गुमायो र के पाउन बाँकी छ भन्ने आशावादी भावना कवितामा व्यक्त गरेका थिए । सुशीला खडका हसिनाले जीवन, देश र आफूले भोगेको समयलाई सुन्दर चित्रात्मक शैलीमा प्रस्तुत गरेकी थिइन । आफ्नो नातिको स्नेहमा डुबेर कवि काशीराज आचार्यले पञ्चचामर छन्दमा कार्यक्रमलाई मुग्ध पारेका थिए । कवितामा नातिको बाल्यकाल, प्रेम र महत्व बात्सल्य भावका सुखद् अनुभूतिका रूपमा आएका थिए ।
यसै गरी सुमन सङ्गमले एक्ट्रे कविता, समयसँग जुधेर विदेश बसेका नेपालीको पनि स्वदेश फर्कने निर्णायिकी भावनालाई चेतनाथ कणेलले, विजयध्वज थापाले कोरोनाको हाउगुजीले मान्छे मान्छेमा परेको त्रास, राजनीतिप्रतिको वितृष्णा र भ्रष्टचारको विद्रोह, पतिपत्नीबिचको प्रेममा भएको शङ्कालुपना र विरोधाभाषलाई देवा अधिकारीले, कवि तथा समाजका अध्यक्ष श्री आचार्यले अफ्ना गजल र कविताबाट समसामयिक विसङ्गतिमाथि प्रहार गरे ।
छुवाछुत कवितामा कोरोना समयको विद्रोह गर्दै समयका बन्देजलाई मानसिक वाचिक तथा दृश्यात्मक माध्यमले उलङ्घन आह्वान सहितको सुन्दर भावना अभिव्यक्त गरेका थिए कवि त्रिभुवनचन्द्र वाग्लेले । चित्कार शीर्षकको कवितामा कवि देविका तिमिल्सिनाले भुईँमान्छे र भुइँमान्छेका दिनहीन व्यथाहरूलाई बिम्बात्मक रुपमा व्यक्त गरेका थिए । कवि शशी थापा पण्डितले उमार्दै आशाका गीतहरु मार्फत कोरोनामय यो समयमा जीवनले भोगेका दुःख र आशावादी भावना व्यक्त गरेकी थिइन ।
यसैगरी नरेन्द्रबहादुर श्रेष्ठले विसङ्गति र विकृतिहरूले विथोलेपछि कविताहरू मौन रहेका कुरा सुन्दर, व्यञ्जनात्मक अभिव्यक्तिमा प्रस्तुत गरेका थिए । कवि सीता कणेलले नारीशक्ति कवितामा नारीलाई उपमा र उपमेयले सुन्दर पार्दै नारीको महत्व व्यक्त गरेकी थिइन । समसामायिक परिस्थितिलाई पौराणिक पात्रका माध्यमद्वारा अभिव्यक्त सुन्दर गजल प्रस्तुत गरेका थिए साहित्यकार पुष्पप्रसाद लुइँटेलले । प्रमुख अतिथि श्री शर्माले दान तथा सेवाको नाममा देखिएका विकृतिलाई मुक्तकद्वारा व्यङ्य गरेका थिए ।
कार्यक्रममा सहभागी सम्पूर्ण कविहरुले अत्यन्तै सुन्दर र सान्दर्भिक कविता, गजल, मुक्तक र लघुकथा प्रस्तुत गरेर कार्यक्रमलाई स्मरणीय बनाएका निष्कर्ष निकालिन् कवि तथा समीक्षाक श्री रञ्जना निरौलाले । यो कार्यक्रमलाई कोरोनामय बन्देज समयको पनि इन्टरनेटका माध्यमबाट लोभलाग्दो छविचित्रात्मक उपलव्धि मान्न सकिन्छ भन्ने उनको धारणा रह्यो ।
दोस्रो चरणः नेपाल र अमेरिकाका कविको गुणात्मक वाचन
यसै गरी लगत्तै अर्को चरणमा गिरएको काव्य पाठमा नेपालबाट विधान आचार्य (ललितपुर), पवन आलोक, काशीराज आचार्य, राजेन्द्र शलभ, मोमिला, राधिका कल्पित, सुमन थापा, (काठमाडोँ), प्रकट पगेनी शिव (पोखरा), धनराज गिरी (चितवन), राधा भट्टराई (इटहरी) तथा नेपालबाट गई हाल अमेरिकाका विभिन्न राज्यका सहरमा बसोबास गरी अएका कविहरू सर्वश्री गेपाल रेग्मी, प्रेम सङ्ग्रौला, नीरा शर्मा, अमृता नेपाल अदिको उपस्थिति थियो ।
यस श्रृङ्खलामा कविहरूले मानवका अन्तर्वैयक्तिक सम्बन्ध, मानवीय व्यवहारमा देखा पर्ने श्रृङ्गारिकता, लैङ्गिक विषमता, प्रकृति, समसामयिक राजनीतिक र सामाजिक विषय आदिका सुन्दर कविताहरू वाचन गरेका थिए । यस गोष्ठीका लागि स्थानीय समयको अनुकूलता नभए पनि कविहरू इच्छुक प्रतिनिधि कविहरूको जमघटले कार्यक्रम उच्चकोटिको भएको थियो ।
अमेरिकाबाट संयोजनमा सघाउने कवि श्री रेग्मीले यस्ता गोषठीबाट विदेशमा रहेर नेपाली साहित्यको श्रीवृद्धिका लागि लागिपरेका साहित्यकार र नेपाली भूमिमै बसी लेखिरहेका साहित्यकाबारका बीचमा अन्तर्क्रिया भई दुवै पक्षलाई लाभ हुने बताउनु भयो । साथै सो अवसरका यस्ता भर्चुअल गोष्ठीहरू एक नियमित अन्तरालमा गरिरहनुपर्ने आवश्यकता औँल्याइयो ।