शिव प्रधानको औपन्यासिक कृति ‘रुदिना’ सार्वजनिक

काठमाडौं । उपन्यासकार शिव प्रधानको औपन्यासिक कृति ‘रुदिना’ सार्वजनिक भएको छ । शुक्रबार एक समारोहका बीच प्रमुख अतिथि वरिष्ठ आख्यानकार परशु प्रधानले रुदिनाको लोकार्पण गर्नुभयो ।

नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा ‘रुदिना’ लोकार्पण गर्दै आख्यानकार परशु प्रधानले ‘शिव प्रधानको कृतिले अरुलाई पनि प्रेरणा दिने बताउँदै या कृति मुलतः हङकङको आइडी सङ्घर्ष हो भन्नुभयो ।

प्रा.डा. गोविन्दमानसिंह कार्कीले ‘रुदिना’मा उत्तरआधुनिकतावाद र यौन मनोविज्ञानको प्रयोग रहेको बताउनुभयो । कृतिले विदेशमा बस्ने नेपालीहरूको पीडा बोलेको साहित्यकार तर्कना शर्माले बताउनुभयो । सर्जंक शिव प्रधानका यसअघि दुई पुस्तक प्रकाशित भइसकेका छन् ।

नेपाल स्रष्टा समाजका अध्यक्ष विधान आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका संरक्षक पवन आलोक, उपन्यासकार शिव प्रधान, महासचिव पुष्पा खनाललगायतले बोल्नुभएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907