साधारण जनताको हातमा मोबाइल बैंकिङ्ग सेवा कहिले ?

काठमाडौं, पुस २० गते ।
नेपालमा करिब ४० प्रतिशत जनताको हातमा बैंकिङ्ग सेवा पुगे पनि इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग र एजेन्सी बैंकिङ्गजस्ता सेवा निकै कम जनताले प्रयोग गर्ने गरेका छन् । तसर्थ बैंकिङ्ग सेवाका आधुनिक प्रविधि सर्वसाधारण जनताको हातमा पुग्ने कुरा निकै चुनौतीपूर्ण रहेको छ ।
उक्त कुरा नेपाल सहभागीमूलक कार्य समूह ९नेपान० द्वारा आज राजधानीमा आयोजित एक छलफल कार्यक्रममा विज्ञहरूबाट व्यक्त गरिएको हो ।

‘नेपालमा मोबाइल बैंकिङ्गको अवधारणा र यसको सेवामा प्रयोग हुने एप्स तथा सेवाप्रदायकहरू’ विषयक छलफल कार्यक्रमका मुख्य प्रस्तोता यास्मिन गौतम तथा सीमा केसीले आफ्ना कार्यपत्र प्रस्तुत गर्दै अहिलेको समयमा प्राप्त प्रविधिको उच्चतम सदुपयोग गर्दै मानिसको अमूल्य समय तथा अनावश्यक खर्च बचाउने खालका स्मार्ट तौरतरिकाको प्रयोग बढाउनमा नेपाल सरकार, निजी क्षेत्र तथा नागरिक समाजका सदस्यले समेत जोड दिनुपर्ने कुरा बताउनुुभयो । ‘सहरी क्षेत्रमा समेत धेरै जनालाई आधुनिक एप्सबारेमा थाहा छैन र प्रयोगप्रति रुचि पनि छैन, यसो हुनुमा सही ज्ञान र जानकारीको अभाव हुनु हो, बैंकहरूको पहल कम हुनु होे’, बैंकिङ्ग एप्स विशेषज्ञ यास्मिन गौतमको भनाइ थियो ।
नेपान घरमा सम्पन्न सो १३४औं मासिक छलफल कार्यक्रमको अध्यक्षता नेपानका अध्यक्ष झविन्द्र भण्डारीले गर्नुभएको थियो भने छलफलको सहजीकरण कार्यकारी निर्देशक उषा अर्याल दाहालले गर्नुभएको थियो । नेपानका निवर्तमान अध्यक्ष चेतनाथ कणेल, तोया गौतम, विनोद तिमल्सेना, प्रमोद उपाध्याय, लालबहादर ओली, दिवेश सायमी, हरि ज्ञवाली, टीकादास श्रेष्ठ, श्रीबास साखः, आशिष पाठकलगायतले मोबाइल बैंकिङ्ग तथा ईसेवा, फोनपे, एफवान सफ्ट आदि सेवाका बारेमा आआफ्ना विचार, अनुभव र जिज्ञासा राख्नुभएको थियो । ‘विकासमा डिजिटल युग आइरहेको सन्दर्भमा यस्ता छलफल विकासकर्मीका लागि पनि निकै उपयोगी हुने लाग्यो’, निवर्तमान अध्यक्ष चेतनाथ कणेलको भनाइ थियो ।
करिब डेढ दर्जन सहभागी रहेको उक्त कार्यक्रमको अन्त्यमा अध्यक्ष भण्डारीले प्रस्तोताहरूलाई प्रशंसापत्रका साथ सम्मान एवम् धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907