कोरोना भाइरस प्याण्डेमिक घोषणा र अमेरिकी सरकारको कमजोर रणनीति

बिस्व स्वास्थ्य संगठनले कोरोना भाइरसको आतंकलाई प्याण्डेमिक अर्थात् बिस्वभर खतरनाक रुपमा फैलिरहेको रोगको रुपमा घोषणा गरेको छ । गत जनवरी ३० मा मात्र उक्त संगठनले यो रोगको महामारीका कारण जनस्वास्थ्य आपतकालीन अबस्थाको घोषणा गरेको थियो । यतिबेला सवालाख मान्छेमा कोरोना भाइरसको संक्रमण भएको छ भने ४५ सय भन्दा बढीको ज्यान गैसकेको छ । चीन लगायत जापान, कोरिया, इटाली, इरान र अमेरिका मुख्य रुपमा यो भाइरसको केन्द्रबिन्दुमा छन् भने छिटफुट रुपमा करिव ५ दर्जन देशहरुमा फैलिएको छ ।
चीनले शुरुमा यो रोगलाई लुकाउन प्रयत्न गर्नाले अन्य देशहरुमा सरेको ती देशहरुको आरोप छ । समयमै यसबारे जानकारी भएको भए चीनसंगको सिमा र आवतजावत शुरुमै बन्द गर्न सकिन्थ्यो र अन्त्यत्र फैलिन बाट रोक्न सकिन्थ्यो भन्ने भनाइलाइ अन्यथा भन्न मिल्दैन । रोगको महामारी सार्बजनिक भए पछि चीनले १० दिनमै अस्पताल निर्माण, उपचार र रोकथाममा निकै सफलता समेत प्राप्त गरेको छ । जापानले पनि प्रयत्न गर्दै सफलता हासिल गरेको छ भने कोरियाले पनि आफ्नो सम्पूर्ण शक्ति त्यसैमा लगाएर नागरिकहरुको स्वास्थ्य प्रतिको सम्बेदनशिलता प्रदर्शन गरेको छ ।


यस्तै इटालीले आफ्नो एक तिहाइ जनसंख्यालाई क्वरेण्टाइनमा राखेको छ । सबै देशहरुले आफ्नै तरिकाले यो भाइरसको बिरुद्ध लडे पनि अमेरिका जस्तो धनि र शक्तिशाली देशको हालत भने चित्तबुझ्दो छैन । जनस्वास्थ्यमा खासै असजिलो नभएको तर्क गर्दै बक्तब्यबाजी गरे पनि ट्रंप प्रशासनले कोरोना भाइरससंग जुध्न कुनै ठोस कदम चालेको छैन । न त यसको उपचारको लागि साधन र श्रोत नै जुटाउन सकेको छ । ठुला ठुला अस्पतालहरु समेत धेरै बिरामीहरुको जांच गर्न र संक्रमितहरुलाई छुट्टै राख्ने व्यवस्था गर्न असमर्थ छन् । यसले अमेरिकी जनतामा चिन्ता थपेको छ ।
सबैलाई थाहा छ, यो रोगको नियन्त्रण गर्न सबभन्दा पहिले यसको पहिचान गर्नु पर्छ । पहिचान गर्न व्यक्तिको परिक्षण गर्नुपर्छ । तर २१ मिलियन स्वास्थ्य कर्मचारी मात्र भएको देशमा करिव एक मिलियन परिक्षण सामग्री उपलब्ध भएको सरकारले जनाएको छ । रोगीहरुको पहिचान र उपचारमा संलग्न स्वास्थ्य कर्मचारीलाइ समेत परिक्षणको लागि प्रयाप्त सामग्री नभएको अबस्थामा ३०० मिलियन अमेरिकी जनताको लागि आबस्यक स्वास्थ्य सेवा पुग्न सक्छ भन्ने सोंच्नु आफैलाई घातक हुनसक्छ ।
सबभन्दा राम्रो साबधानी
ठुलो संख्यामा मान्छे बिरामी भए भने अमेरिकाका कुनै पनि ठाउँमा उपचार गर्ने थलोको अभाव हुनेछ औषधि र परिक्षण सामग्रीको कुरा त परे जाओस । ट्रंप प्रशासन जनस्वास्थ्यमा भन्दा बजारको अंक र नोभेम्बरमा हुने चुनावमा बढी केन्द्रित देखिन्छ । सूचना लुकाएर अमेरिकामा केहि भएको छैन भन्ने प्रयास ट्रंप प्रशासनले गर्दैछ । यस्तोमा आफ्नो मात्र होइन समुदायका सबै व्यक्तिहरुको स्वास्थ्य र आबस्यकतालाइ ख्याल गर्दै डर र त्रासमा होइन ढुक्कसाथ यो भाइरसबाट बच्न र आइपरेमा सामना गर्न तयारी गर्नु नै अहिलेको आबस्यकता हो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907