कोरोना भाइरस सम्बन्धि जान्नैपर्ने केहि तथ्यांकहरु

कोरोना भाइरसले संसार आतंकित छ । आतंकको कारणमा कतिपय सत्यता छ भने कतिपय भ्रम पनि छ । सार्बजनिक समारोहहरु स्थगित गरिएका छन् । यात्रा स्थगित गरिएका छन् । बिद्यालय बन्द गरिएको छ । इटालीले आफ्ना ६ करोड मान्छेलाई आफ्नै घरभित्र बन्द गर्ने घोषणा गरेको छ । चीनले उहान प्रान्त बन्द गरेको धेरै भैसक्यो । कोरोना भाइरसको त्रास कै कारण तेल बजार ठप्प भएको छ भने शेयर बजारमा भारी गिरावट आएको छ ।
तर के कोरोना भाइरस यसरी फैलिए झैं खतरनाक छ त ? के हामी हाम्रो दैनिकीमा आमुल परिबर्तन गर्नु पर्ने अवस्था हो त ? बास्तवमै डराउनु पर्ने हो वा सजगता अपनाउंदा सुरक्षित भइन्छ ? यी र यस्तै प्रश्नहरुको सेरोफेरोमा कोरोना भाइरस संग सम्बन्धित तथ्यहरु मैले संकलन गरेको छु । आउनुहोस यो भाइरसको वास्तविकता के हो, बुँदागत रुपमा चर्चा गरौँ ।


१) यो बिल्कुल नयाँ भाइरस हो । COVID -19 पहिला देखि रहेको भन्दा फरक हो । पुरानो कोरोना भाइरसले यति धेरै जोखिम उत्पन्न गरेको थिएन । त्यो भाइरस सामान्य रुघाखोकी मा सिमित हुन्थ्यो । तर यो नयाँ कोरोना भाइरस छिटो सर्ने मात्र नभई मान्छेको मृत्यु हुने तहमा परिणत हुन्छ ।
२) यो भाइरस जनावरहरुमा पाइन्छ । कोरोना भाइरस एउटा भाइरसहरुको समुहको नाम हो जसको आकार क्राउन अर्थात मुकुटको जस्तो हुन्छ । जनावरहरुमा पाइने थोरै मात्र यस्ता भाइरसहरु मानिसहरुमा सर्ने खालका हुन्छन । अहिले फैलिएको भाइरस त्यस्तै थोरै मध्यको हो ।
३) यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्छ । चीनको हुबेइ प्रान्तको वुहान भन्ने ठाउंबाट यो फैलिएको हो । यो अत्यन्त छिटो र सजिलो सर्छ भने मानिसको शरीरमा लामो समयसम्म रहन सक्छ । यसले कति लामो समय सम्म असर गर्छ भन्ने कुरा भने व्यक्ति पिच्छे फरक पर्छ । रोग संग लड्ने शक्ति कम भएकाहरुलाई बढी असर गर्छ र ढिला निको हुन्छ भने त्यो शक्ति बढी भएकाहरुलाई कम असर गर्नुको साथै निको पनि छिटो हुन्छ ।
४) कोरोना भाइरस लागेका मान्छेहरु मध्य अधिकांशमा ज्वरो आउने, रुघाखोकी लाग्ने, शरीर दुख्ने तथा सास फेर्न गाह्रो हुने मुख्य लक्षणहरु हुन् । तर सबैमा यी लक्षणहरु नदेखिन सक्छन । त्यसको लागि कोरोना भाइरस पत्ता लगाउने बिधि भनेको परिक्षण नै हो ।
५) हामीले खानेकुरामा कुनै भाइरस छ कि भनेर चिन्ता लिनु पर्दैन । अमेरिकामा रहेका बिभिन्न एजेन्सीहरुले नागरिकहरुको स्वास्थ्यमा जोखिम हुने मासु वा अन्य कृषि जन्य उत्पादनमा कडाइ गर्ने गर्छन । बजारमा उपलब्ध मासु, तरकारी एबम फलफूलहरु निर्धक्कसंग खाँदा हुन्छ जसमा मासु भने अलि राम्रो संग पकाउन सिफारिस गरिएको छ ।
६) आफ्ना घरपालुवा जनावरहरुसंग नियमित जस्तै व्यवहार गर्दा फरक पर्दैन । यदि कसैमा कोरोना भाइरस लागेको छ भने त्यस्ता व्यक्तिहरु भने जनावर देखि पनि टाढै बस्नु पर्छ । भिडभाडमा सकेसम्म नजानु नै वेश हुन्छ । मान्छेको जाति अनुसार फरक व्यवहार गर्नु हुँदैन । कोरोना प्रभावित क्षेत्रबाट भर्खर आएको वा त्यस्ता व्यक्तिहरुको सम्पर्कमा रहेको व्यक्ति बाहेक अन्य सबैमा यसको प्रभाव समान हुन्छ । रोगले जातभात नभन्ने हुनाले कुनै जातिविशेषको आधारमा फरक व्यवहार गर्नु राम्रो होइन ।
७) यो भाइरसले अहिलेसम्म करिव ४००० व्यक्तिहरुको ज्यान लिएको छ भने एकलाख भन्दा बढीमा संक्रमित भएको छ । बृद्ध बृद्धाहरुमा यसको बढी नकारात्मक असर देखिएको छ भने जति उमेर कम भयो त्यसको असर कम हुँदै गएको छ । यो कोरोना भाइरस लागे पनि अधिकांशलाइ निको हुने हुँदा आतंकित हुन भने जरुरी छैन, यद्यपि सजग हुन र आफुलाई जुनसुकै परिस्थितिको लागि पनि तयार पार्नु भने जरुरी छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907