डालसको नेपाली स्कुल केहि दिनका लागि बन्द: अमेरिकामा रास्ट्रिय संकटकाल घोषणा हुँदै

 

डालस, टेक्सास । कोरोन भाइरसको प्रभाव फैलिएर बिस्तारै स्थानीय समुदायका क्रियाकलापहरुमा असर पर्न थालेको छ । नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको सहयोगमा नेपाली समाज टेक्सासद्वारा संचालन भैरहेको नेपाली भाषा कक्षा सोहि भाइरसका कारण मार्च २२ सम्मका लागि स्थगित गरिएको छ । स्कुलका प्रिन्सिपल बिजयराज भट्टराई तथा स्कूल ब्यबस्थापनका अनुसार यो अबधि बढ्न सक्ने तर्फ इंगित गर्दै त्यस्तो भएमा बिकल्प सोंचिने जानकारी गराइएको छ ।
चीनबाट शुरु भएको यो भाइरस चीनमा नियन्त्रणमा आइसकेको दावी सुनिए पनि संसारका अरु देशहरु आक्रान्त बनेका छन् । बिस्वकै धनि र शक्तिसम्पन्न मानिने अमेरिका कोरोना भाइरस नियन्त्रणको मामिलामा निकै पछि देखिएको छ । परिक्षण गर्ने सामग्री र श्रोतहरुको अभावमा यो कति फैलिएको छ भन्ने जानकारी समेत हुने अवस्था छैन ।
अघिल्लो हप्ता सम्म केहि दर्जन मात्र कोरोना संक्रमित भेटिए अहिले यो २००० को हाराहारीमा पुगेको छ । प्रयाप्त परिक्षण हुने हो भने यो संख्या धेरै बढ्ने प्रस्ट देखिन्छ । अहिले सम्म ३१ जनाको मृत्यु भैसकेको छ जसमा अधिकांश वाशिंटन स्टेटका रहेका छन् । यहि गाम्भीर्यतालाइ ध्यानमा राखेर रास्ट्रपति डोनाल्ड ट्रंपले राष्ट्रिय संकटकाल घोषणा गर्ने जनाइएको छ । यो संगै अमेरिकाको कोरोना बिरुद्धको प्रतिरोधले मुर्त रुप लिएको छ ।
यस्तो अबस्थामा स्कुल बन्द गर्नु उचित छ । स्थानीय स्कुल डिस्ट्रिक्टहरुले मार्च महिनाको लागि स्कुल बन्द गरिएको घोषणा गरिसकेका छन् । डालस काउन्टीले ५०० जना भन्दा बढी उपस्थित हुने कार्यक्रमहरु हुन नदिने जनाएको छ भने खेलका कार्यक्रमहरु समेत बन्द गरिएको घोषणा गर्ने कम तिब्र भएको छ ।


सरकारी तबरबाट हुने यी कुराहरु बाहेक समुदायको एक जिम्मेवार सदस्यको रुपमा हामीले पनि निम्न कुराहरु पालन गर्नु उचित देखिन्छ । यो भाइरसको संक्रमणबाट बच्न आफु मात्र निरोगी भएर पुग्दैन, हाम्रो परिवार, छिमेक र समुदाय निरोगी हुनुपर्दछ ।
१) सकेसम्म सार्बजनिक सभाहरुमा नजाने, जानै पर्ने भए साबधानी अपनाउने ।
२) आफुलाई कोरोना भाइरसका लक्षण देखिएमा सतर्क हुने र अरुलाई नसरोस भनेर जांच गर्नु अघि देखि नै साबधान हुने ।
३) पटक पटक हात धुने र साबुन पानीले कमसेकम २० सेकेन्ड सम्म सफा गर्ने ।
४) घरबाहिर सकेसम्म नजाने, जानै परे किटाणुनासक झोल पदार्थ बोकेर हिड्ने ।
५) कसैसंग हात नमिलाउने बरु नमस्कारबाट अभिबादन गर्ने ।
६) रुघा खोकी, ज्वरो तथा टाउको दुखेको औषधिहरु घरमा संग्रह गर्ने ।
७) खानेकुरा तथा अन्य अत्याबस्यक सामाग्रीहरु संग्रह गर्ने तर किटाणु नासक पदार्थहरु सिमित मात्रामा खरिद गर्ने जसले गर्दा अरुलाई पनि उपलब्ध होस् ।
८) सरसफाईमा ध्यान दिने, नियमित सहि सूचना लिने तर अफबाहको आधारमा सामाजिक संजालमा नउफ्रिने ।
९) आफु बाँच्ने प्रयत्न गर्ने र अरुलाई बचाउन सहयोग गर्ने ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907