समाचार

नेपाली समाज टेक्सासले स्वास्थ्य शिविर भव्य रुपमा सम्पन्न गर्यो

दिसेम्बेर ४ शनिबार, डालस, टेक्सास। नेपाली समाज टेक्सासको आयोजनामा आज यहाँ स्वास्थ्य शिबिर सम्पन्न भयो। बिगत लामो समय देखि डाक्टर संजीव श्रेष्ठको सक्रियता र दिनेस शर्माको संयोजकत्वमा यस्तो खाले शिबिर संचालन हुँदै आएको छ। बिभिन्न कारणले डाक्टरको पहुँच नपुगेका नेपाली नागरिकलाई प्रदान गरिने यो सेवा नेपाली समाज टेक्सासको सबभन्दा लोकप्रिय र प्रभावकारी कार्यक्रम हो। यसले […]


एकता समाजले आज साधारण सभा गर्दै

अग्नि चौलागाईं अमेरिका, लस एन्जल्स ४ डिसेम्बर l अमेरिकाको क्यालिफोर्निया राज्य स्थित लसएन्जल्समा सन् २००९ मा स्थापित भै सामाजिक सेवामा समर्पित हुँदै आएको नेपाल अमेरिका एकता समाजको वार्षिक साधारण सभा आज डिसेम्बर ४ तारिख आइतबार आर्टेसिया सहरमा हुने भएको छ l साधारण सभा साँझ सात बजे देखी तारा हिमालयन कुजिन आर्टेशियामा हुने तय भएको जानकारी […]


संगीतकर्मी कल्याणकारी कोषलाई लोकप्रीय गायक हेमन्त शर्माले १० हजार दिने

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषलाई लोकप्रीय गायक हेमन्त शर्माले १० हजार रुपैया दिने हुनुभएको छ । नेपाली संगीतकर्मीको हितका लागि स्थापना गरेको यो कोष बृद्धिका लागि आफनो तर्फबाट पनि रकम थप्न पाएकोमा गायक हेमन्त शर्माले प्रशन्नता ब्यक्त गर्नु भएको छ । प्रस्तोता समाज नेपालका अध्यक्ष समेत रहेका शर्माले नेपाली संगीतकर्मी हरुका लागि […]


नेपाली समाज टेक्सासको कानुन ब्यबसायी बिनोद रोक्का संग अन्तरक्रिया सम्पन्न

डिसेम्बर ३, डालस, टेक्सास। गत बर्ष नेपालमा विनाशकारी भुकम्प गयो। हजारौंको ज्यान गयो, लाखौँ घाइते भए, लाखौँ घरबार बिहिन बने। बैशाख १२ २०७२ मा गएको उक्त विनाशकारी भुकम्प पछि संसार रोयो। सहायताको ओइरो लाग्यो। अमेरिकाले सोहि कारण सो समयमा अमेरिकामा रहेका नेपालीहरुको लागि एक बिशेष कार्यक्रमको घोषणा पनि गर्यो। घर फर्किन समस्या हुने वा घरमा […]


संशोधन विरुद्धको आन्दोलन सफल हुन्छ: अध्यक्ष ओली

काठमाडौँ, १८ मङ्सिर । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले संविधान संशोधन प्रस्ताव विरुद्धको आन्दोलनमा आफ्नो पार्टीले विजय प्राप्त गर्ने बताउनुभएको छ । सुखानी सहिद स्मृति प्रतिष्ठान नेपालको १२ औं साधारणसभाको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेनिकट युवा संघ र अनेरास्ववियुले देशव्यापी थालेको आन्दोलनमा अन्य जनसंगठनको पनि ऐक्यवद्धता सुरु भएको र बुटवललगायतका स्थानमा आन्दोलनको […]


डा केसीको अनशन आज पनि जारी, सहमतिपत्रमा आइतबार हस्ताक्षर हुने विश्वास

काठमाडौँ, १८ मङ्सिर । विगत २१ दिनदेखि अनशनरत डा गोविन्द केसीको अनशन तोडाउने सरकारी प्रयास शनिबार पनि सफल हुन सकेन । शिक्षामन्त्री धनीराम पौडेल र स्वास्थ्यमन्त्री गगन थापाको उपस्थितिमा दिनभर भएको वार्तामा पनि निष्कर्ष निस्किएन । चिकित्साशास्त्र अध्ययन संस्थानको डीनमा डा जेपी अग्रवालको नियुक्ति भइसक्दा पनि डा केसीले त्रिविका उपकुलपति प्रा डा तीर्थ खनियाँको राजीनामामा […]


जन्मदिनको अबसर पारी संगीतकार बिपिन आचार्यले १० हजार दिए कल्याणकारी कोषलाई

संगीतकार संघ नेपालले स्थापना गरेको कल्याणकारी कोषमा संगीतकार  बिपिन आचार्य र गायीका माण्डबी त्रिपाठीले १० हजार रुपैया रुपैया दिने हुनुभएको छ । संगीतकार बिपिन आचार्यले आफनो जन्मदिनका अबसर पारी आज सहयोग रकमको घोषणा गर्नु भएको हो । संघका प्रेस सल्लाहकार लोकराज अधिकारीका अनुसार सहयोग रकम आइतबार हस्तान्तरण गरिने छ । संगीतकार आचार्य बुवा तिर्थराज आचार्य […]


कल्याणकारी कोषमा गायीका बिन्दु परियार र संगीत संयोजक सुदीप सागरले १० हजार रुपैया दिने

संगीतकार संघ नेपालले स्थापना गरेको कल्याणकारी कोषमा गायीका बिन्दु परियार र संगीत संयोजक सुदीप सागरले १० हजार रुपैया दिने हुनुभएको छ । यो जोडीले नेपाली संगीतकर्मीको हितका लागि स्थापना गरेको यो कोष बृद्धिका लागि आफनो तर्फबाट पनि रकम थप्न पाएकोमा प्रशन्नता ब्यक्त गरेको छ । कोष स्थापनाका लागि खेलिएको देउसी भैलोमा पनि निरन्तर सहभागी भएको […]


डाक्टर केसी संगको वार्ता निष्कर्षविहीन,शनिबार पुनः बस्ने

काठमाडौँ, १७ मङ्सिर । डा गोविन्द केसीले उठाएका मागलाई सम्बोधन गर्न आज राति अबेरसम्म भएको वार्ता निष्कर्षविहीन भएको छ । राति अबेरसम्म शिक्षा मन्त्रालयमा भएको त्रिपक्षीय वार्ताबाट निष्कर्ष ननिस्किएपछि शनिबार बिहान ९ बजे पुनःवार्ता हुने गरी आजको वार्ता स्थगित भएको हो । वार्ताबारे जानकारी दिँदै शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले डा केसीले उठाएका वरिष्ठताका आधारमा […]


विशाल जनप्रदर्शन

बुटवल, १७ मङ्सिर । सरकारले ५ नं प्रदेश विभाजन गरी संविधान संशोधन प्रस्ताव दर्ता गरेको विरुद्धमा आज बुटवलमा विशाल जनप्रदर्शन गरिएको छ । पाँच नम्बर प्रदेशका विभिन्न जिल्लाका नेता कार्यकर्ताको सहभागिता रहेको विरोध प्रदर्शनमा हजारौँले सहभागिता जनाएका थिए । नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्रसहित अन्य दलका नेता कार्यकर्तादेखि आम जनसमुदायको विरोध प्रदर्शनमा सहभागिता रहेको […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907