काठमाडौँ, १६ मङ्सिर । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रका बेथितिविरुद्ध १९ दिनदेखि आमरण अनशनरत त्रिवि शिक्षण अस्पतालका प्रा डा गोविन्द केसीको स्वास्थ्य गम्भीर बन्दै गएको छ । यस पटक त्रिविका उपकुलपति डा तीर्थ खनियाँ र चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा केपी सिंहको राजीनामाबारे सरकारसँग कुरा नमिलेपछि अनशन लम्बिँदा उहाँको स्वास्थ्य गम्भीर बन्दै गएको हो । […]
बुटवल, १६ मङ्सिर । सरकारले ५ नं प्रदेश टुक्र्याउने लगायत विषयमा ल्याएको संविधान संशोधन प्रस्तावविरुद्ध प्रदर्शनमा उत्रेका युवा र प्रहरीबीच आज दिनभर ढुङ्गा हानाहान भएको छ । राष्ट्रिय झन्डासहित स्वतःस्फुर्त रुपमा उत्रिएका केही युवाले दिउँसो अस्पताल लाइनमा रहेको माओवादी केन्द्रले बनाएको सहिद स्मारक तोडफोड गर्न खोजेपछि स्थिति तनावपूर्ण बनेको हो । प्रहरीले सुरक्षा दिए पनि […]
अग्नि चौलागाईं अमेरिका, लस एन्जलस २६ नोभेम्बर । अमेरिकाको लस एन्जलसमा निर्माणाधीन पशुपतिनाथ तथा बुद्ध मन्दिरको कार्य सम्पन्न गर्नको लागि सबैसँग आफू सक्दो सहयोग गरिदिन अनुरोध गरिएको छ । “मैले दान नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ? यहाँ नगरे कहाँ गर्ने ? सक्नेले धेरै दान गरौँ । नसक्नेले आँफु सक्दो गरौँ । […]
पोखरा, १५ मङ्सिर । मणिपाल मेडिकल कजेलका विद्यार्थीले कलेजका ‘फ्याकल्टी टिचर’ र प्रशासनको द्वन्द्वका कारण आफूहरूको पठनपाठन अवरुद्ध भएको भन्दै आज कलेजको मुख्य प्रवेशद्वारमा तालाबन्दी गरेका छन् । तलब वृद्धि, अस्थायी शिक्षकलाई स्थायी गर्ने, सट्टा बिदाको व्यवस्था जस्ता माग राख्दै गरिएको फ्याकल्टी टिचरको आन्दोलनका कारण तीन महिनादेखि आफूहरूको पढाइ हुन नसकेको भन्दै तत्काल पठनपाठनको व्यवस्था […]
अर्घाखाँची, १५ मङ्सिर । सरकारले सीमाङ्कन हेरफेरसहित संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको बिरोधमा अनिश्चितकालीन अर्घाखाँची बन्दको आह्वान गरिएको छ । पाँच नम्बर प्रदेशअन्तर्गतको पहाडी जिल्ला अर्घाखाँची टुक्र्याएर ४ नम्बर प्रदेशमा गाभेकोे भन्दै उद्योग वाणिज्य सङ्घको नेतृत्वमा आज जिल्लामा रहेका विभिन्न क्रियाशील सङ्घसंस्थाको आयोजनामा अर्घाखाँची बन्द गरिएकोे उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो […]
क्युबाका पुर्ब रास्ट्रपति फिडेल क्यास्ट्रोको हिजो ९० बर्षको उमेरमा स्वाभाविक निधन भएको छ। शुक्रबार वर्तमान रास्ट्रपति राउल क्यास्ट्रो अर्थात् उनका भाइले क्युबाको रास्ट्रिय टेलिभिजनबाट फिडेल क्यास्ट्रोको निधन भएको जानकारी गराएका हुन्। अमेरिका देखि जम्मा ९० माइल टाढाको दुरीमा रहेको क्युबा लामो समय अमेरिकासंग कुनै सम्बन्ध नरहनुमा फिडेल क्यास्ट्रोको समाजबादी चिन्तन र राष्ट्रिय अडान प्रमुख रहेको […]
सरकारको काम संविधानको कार्यान्वयन गर्नु हो, संशोधन होइन – अध्यक्ष ओली अङ्गीकृतलाई प्रमुख पद दिइँदैन, गलत हल्ला फिँजाइयो – प्रम संविधान संशोधनलगायतका विषयमा सहमति जुटाउनका लागि सत्तारुढ दलले पुनः एकपटक सबै पक्षसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसबीचको बैठकले सत्तारुढ दल, मधेस केन्द्रित दल र […]
गीतकार प्रकाश सुवेदीले संगीतकर्मीको कल्याणकारी कोषमा आर्थिक सहयोग गरेका छन । सुवेदीले संगीत रोयल्टी संकलन समाजको कार्यालयमा आयोजीत एक कार्यक्रममा कोषका लागि आफनो तर्फबाट नगद ५ हजार सहयोग गरेका हुन । सुवेदीले आफु एउटा स्रष्टा भएकोले स्रष्टाका लागि संगीतकार संघले स्थापना गरेको कल्याणकारी कोषमा सानो भए पनि सहयोग गर्न पाएकोमा गर्ब लागेको बताए । सहयोग […]
सरकारले आगामी तीन दिनभित्र संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका–संसद्मा दर्ता गराउने भएको छ । मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनसँगको सहमतिपछि सरकारले संशोधन दर्ता गराउने भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्ता साझेदार दल र गठबन्धनको बैठकले संशोधन दर्ता गर्ने सहमति गरेको थियो । दुवै पक्षबीच प्रदेश सीमाङ्कन, भाषा, राष्ट्रियसभामा प्रतिनिधित्व विषय र नागरिकतालगायत प्राविधिक […]
डालस एभरेस्ट लायन्स क्लबले गत सप्ताहन्त आइतबार सम्पन्न गरिएको आँखा शिविरमा बिभिन्न तरिकाले योगदान पुर्याउने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद व्यक्त गरेको छ। डालस लायन्स क्लबका अध्यक्ष राधाकृष्ण काफ्लेद्वारा जारी सन्देशमा प्रत्यक्ष सेवा प्रदान गर्ने डाक्टरहरु, स्वयंसेवीहरु, नेपाली समाज टेक्सास, नेपाली सांस्कृतिक तथा सांस्कृतिक केन्द्र, लायन्स पदाधिकारी र सदस्यहरुलाई हृदयदेखि धन्यवाद दिंदै आगामी दिनमा लायन्सले गर्ने यस्ता […]