संगीतकर्मीको कल्याणकारी कोषमा गीतकार प्रकाश सुबेदीले थपे सहयोग
गीतकार प्रकाश सुवेदीले संगीतकर्मीको कल्याणकारी कोषमा आर्थिक सहयोग गरेका छन । सुवेदीले संगीत रोयल्टी संकलन समाजको कार्यालयमा आयोजीत एक कार्यक्रममा कोषका लागि आफनो तर्फबाट नगद ५ हजार सहयोग गरेका हुन । सुवेदीले आफु एउटा स्रष्टा भएकोले स्रष्टाका लागि संगीतकार संघले स्थापना गरेको कल्याणकारी कोषमा सानो भए पनि सहयोग गर्न पाएकोमा गर्ब लागेको बताए । सहयोग रकमको चेक बुझदै संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेषले रकम सानो ठूलो भन्दा नि मनै देखीको सहकार्य र सहयोग नै ठूलो भएको भन्दै सुबेदीप्रति आभार ब्यक्त गरे । शेषले कुनै पनि स्रष्टा भोकै बस्न नपर्ने , औषधी उपचारमा कठिनाई नहुने,मर्दा पर्दा स्रष्टालाई आर्थिक सहजताका लागि कोषलाई बढाउदै लैजाने योजना अनुसार स्थापना भएको कोषमा सहयोग रकम थपिदै गएको बताए । कोषबाट बिरामी परेका स्रष्टालाई औषधी उपचारका लागि सहयोग दिने क्रम पनि शुरु भैसकेको उनले बताए । केहि दिन पहिले झरनाको चिसो पानी गीतका स्रष्टा क्यान्सर पीडित निरज कुमारलाई उपचार खर्च हस्तान्तरण गरिएको थियो ।