तीन दिनभित्र संशोधन प्रस्ताव दर्ता गर्ने सहमति

सरकारले आगामी तीन दिनभित्र संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका–संसद्मा दर्ता गराउने भएको छ ।
मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनसँगको सहमतिपछि सरकारले संशोधन दर्ता गराउने भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्ता साझेदार दल र गठबन्धनको बैठकले संशोधन दर्ता गर्ने सहमति गरेको थियो ।
दुवै पक्षबीच प्रदेश सीमाङ्कन, भाषा, राष्ट्रियसभामा प्रतिनिधित्व विषय र नागरिकतालगायत प्राविधिक विषयसमेत समेटेर संशोधन प्रस्ताव दर्ता गराउने समझदारी भएको छ ।
सरकारले सत्तारुढ पार्टीसँग भएको छलफल र समझदारीका आधारमा संशोधन प्रस्ताव दर्ता गराउने सहमति भएको सत्ता नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) का सचिव वर्षमान पुनले जानकारी दिनुभयो ।
सरकारले सत्तारुढ पार्टीसँग भएको छलफलको आधारमा संशोधन प्रस्ताव संसद्मा लैजाने समझदारी भएको र अब, मस्यौदा प्रक्रिया सरकारले अघि बढाउँने उहाले बताउनुभयो ।
संविधान संशोधनबारे मोर्चासँगको छलफल अत्यन्तै सकारात्मक भएको र छिट्टै संशोधन प्रस्ताव दर्ता गराउने समझदारी भएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखकले बताउनुभयो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907