समाचार

चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न आह्वान

काठमाडाँै, ३० मङ्सिर । चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले नेपालमा प्रकृतिका अनुपम विशेषता भएको उल्लेख गर्दै चिनियाँलाई नेपाल भ्रमण गर्न आग्रह गर्नुभएको छ । नेपाली दूतावासले आज चीनमा आयोजना गरेको पर्यटन व्यावसायीसँगको अन्तक्र्रिया कार्यक्रममा उहाँले शाक्यमुनि बुद्धको जन्मस्थल र विश्वका सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटरभन्दा सातवटा अग्ला र १४ वटा संसारकै उच्च हिमाल […]


सभामुख घर्ती स्वदेश फिर्ता

काठमाडौँ, २९ मङ्सिर । सभामुख ओनसरी घर्तीमगर संयुक्त अरब इमिरेट्सको भ्रमण पुरा गरी आज स्वदेश फर्कनुभएको छ । अन्तरव्यवस्थापिका सङ्घ(आइपियु) र अरब इमिरेट्सको संसद्को संयुक्त आयोजनामा सम्पन्न विश्वभरका महिला सभामुखको सम्मेलन अबुधावी घोषणापत्र जारी गर्दै सम्पन्न भएको सभामुख घर्तीले जानकारी दिनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग साँझ कुराकानी गर्दै उहाँले ८० देशका प्रतिनिधि र ३६ […]


प्रधानमन्त्री तथा मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौँ, २९ मङ्सिर । सरकारले बहालवाला प्रधानमन्त्री तथा मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज २०७३ साल साउन २० गते गठित मन्त्रिपरिषद्मा रहेका सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालको पैतृक सम्पत्तिमा तीन तोला सुन र चितवनमा एक कट्ठा जमिन रहेको छ । त्यसैगरी उपप्रधान […]


पुटिन अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पसँग ‘भेट्न तयार’

मस्को (रसिया), २८ मङ्सिर । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आफू अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पसँग कुनै समयमा भेट्ने तयारीमा रहेको बताउनुभएको छ । सञ्चारकर्मीद्वारा रसियाली राष्ट्रपति पुटिनलाई ट्रम्पसँग भेट्नसक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा पुटिनले हामी कुनै समयमा भेट्न तयार छौँ । हाम्रोतर्फंबाट कुनै समस्या छैन, भन्नुभएको कुरा क्रेमलिनद्वारा मङ्गलबार सार्वजनिक गरिएको अन्तरवार्ताको प्रतिलिपिमा जनाइएको छ । […]


समस्याको निकासका लागि सबै दल जिम्मेवार बन्नुपर्ने – नेता कोइराला

पोखरा, २८ मङ्सिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकको विद्यमान समस्याको निकासका लागि सबै राजनीतिक दल जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस कास्कीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो – “देश समस्यामा रुमल्एिको छ, यसको निकासका लागि सबै दलको एकताबद्ध प्रयास आवश्यक छ ।” केन्द्रीय सदस्य डा कोइरालाले एक […]


चर्चित गायीका सुनिता दुलाल द्धारा कल्याणकारी कोषमा १० हजार हस्तान्तरण :अमेरिकामा रहेका गीतकार टेकु क्षेत्री द्धारा ५० डलर सहयोग

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषलाई चर्चित गायीका सुनिता दुलालले १० हजार रुपैया हस्तान्तरण गर्नु भएको छ । रकम हस्तान्तरण पछि गायीका दुलालले आफ्नो वेभ साइट मार्फत संगीतकर्मीहरुलाई अफ्ठ्यारो पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कोषमा आफूले सकेको सहयोग गरेको उल्लेख गर्दै गायनको सफलता पछाडी संगीतकारको ठूलो हात रहेकोले गायक गायिकाहरुले सकेको सहयोग […]


महावीर पुनले डालसका दानवीरहरु संग अन्तरक्रिया गर्ने

डालस, टेक्सास । राष्ट्रिय अनुसन्धान केन्द्र निर्माणको लागि अहोरात्र खटिनु भएका सामाजिक अभियन्ता तथा म्यागासेसे पुरस्कार बाट पुरस्कृत ब्यक्तित्व महावीर पुन यतिबेला अमेरिकाको यात्रामा छन । त्यही मौका पारेर टेक्सासको अग्रणी नेपाली संस्था नेपाली समाज टेक्सासले पनि महावीर पुनसंग एक बिशेष अन्तरक्रियात्मक कार्यक्रम घोषणा गरेको छ । भोली अर्थात डिसेम्बर १३ गते बेलुकी ६ बजे […]


सामाजिक सद्भाव दरिलो बनाउनु सबैको कर्तव्य होः राष्ट्रपति

काठमाडौँ, २८ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमार्फत सम्पूर्ण जनताको अधिकार सुनिश्चित गरी समृद्ध राष्ट्र निर्माणमा अगाडि बढ्न उधौली पर्वले उत्प्रेरणा मिलोस् भन्ने शुभकामना दिनुभएको छ । किरात जातिको महान् पर्व उधौली पर्वका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किरात जाति नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख शान्ति र समृद्धि, आपसी […]


निर्वाचनको विकल्प छैनः नेता नेम्वाङ

काँकडभिट्टा ९झापा०, २७ मङ्सिर । नेकपा ९एमाले०का नेता सुवास नेम्वाङले मुलुकको सङ्कटलाई निकास दिन निर्वाचनको विकल्प नभएको बताउनुभएको छ । संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान तथा २९ आँै लक्ष्मी पाण्डेको स्मृति दिवसका उपलक्ष्यमा नेकपा एमाले झापा क्षेत्र नं ३ द्वारा आज पृथ्वीनगरमा आयोजित सभामा उहाँले संसद्भित्र प्रवेश गरेको संविधान संशोधनको मुद्दा अनावश्यक भएको टिप्पणी गर्नुभयो […]


नेपाल जर्नीको फंड रेजिंग डिनर भव्य रुपमा संपन्न

डिसेम्बर १०, डालस, टेक्सास। नेपाल जर्नीको फंड रेजिंग कार्यक्रम आज यहाँ भव्य रुपमा संपन्न भयो। नेपाल समाज टेक्सासको समेत प्रत्यक्ष संलग्नतामा भएको उक्त कार्यक्रम अपेक्षा गरे भन्दा बढ़ी मानिसहरुको उपस्थिति सहित संपन्न भएको छ। कार्यक्रममा लाइब्रेरी स्थापनार्थ सहयोगको अनुरोध गरिएको थियो जसमा १० हजार डलर भन्दा बढीको सहयोग घोषणा गरिएको थियो। कार्यक्रममा जापानबाट आउनु भएका […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907