मष्तिष्कघातका कारण एक महिना अघि निधन भएका नेपाली समाज टेक्ससका सामाजीक कार्यकर्ता राजमणि चौधरीका परिवारलाई आर्थिक सहयोग गरिएको छ । परिवारको सहयोगका लागि खोलिएको गो–फण्डबाट संकलित तथा मधेशी समाज र नेपाली जनसम्पर्क समितिको तर्फबाट संकलित करिव ११ हजार डलर राजमणिकी पत्नीलाई हस्तान्तरण गरिएको हो । नेपाली समाज टेक्ससको पहलमा खोलिएको गो–फण्ड खातामा संकलन भएको रकम […]
डालस, मार्च २० । आइतबार साँझ एनआरएन अमेरिकाको बैठक बस्यो । बैठकले सदस्यता बन्ने क्रममा केहि अनियमितता भएको हुन सक्ने र कतिपयले अनाधिकृत रुपमा सदस्यता लिएको हुन सक्ने भएकोले एउटा समिति गठन गर्यो । समितिमा वर्तमान कार्यसमितिका सदस्य हरिहर दाहाल, सिपि पौडेल, प्रमोद सिटौला, नवराज खड्का, बिनोद तिवारी, पासांग लामा रहेका छन् । सदस्यता निर्माणको […]
डालस, मार्च १९, आइतबार । डालस एभरेस्ट लायन्स क्लबले हिजो शनिबार एक बक्तृत्वकला प्रतियोगिता सफलतापुर्बक सम्पन्न गरेको छ। ७ जना प्रतियोगी रहेको उक्त बक्तृत्वकला प्रतियोगिताको शिर्षक “डाक्टरले लेखेको औषधिको दुरुपयोग” भन्ने थियो। झट्ट सुन्दा यस्तो पनि हुन्छ र भन्ने लागे पनि प्रतियोगी युवाहरुले तथ्यांकद्वारा यो एउटा बिकराल समस्या रहेछ भन्ने स्पस्ट संदेश दिन सफल भएका […]
डालस, टेक्सास, मार्च १७, शुक्रबार। नेपाली उद्यमी ब्यबसायिहरु मिलेर डालसमा स्थापना गरिएको यति च्याप्म्बर्स अफ कमर्सको दोश्रो बार्षिक साधारण सभा आज सम्पन्न भएको छ। बेडफोर्ड स्थित माछापुछ्रे रेस्टुरेण्टमा भएको उक्त साधारण सभामा च्याम्बर्सका पदाधिकारी एबम सदस्यहरुको राम्रो उपस्थिति थियो। साधारण सभा भनेपनि सभा, सभापति, मंच, माला र भाषणको यातना यसपालिको च्याम्बर्सको कार्यक्रममा कसैले पनिभोग्नु परेन। […]
सम्पूर्ण गैर आवासिय नेपाली आमाबुवा दाजुभाइ दिदीबहिनीहरु membar drive को क्रममा विभिन्न किसिमका टिका टिप्पणी सुन्नमा आएकोले हामीसंपूर्ण च्याप्टर को ध्यानाकर्षण भएको छ l यन आर यन यन सी सी अमेरिका को केन्द्रिय समिती वाट membership verification मा च्याप्टर लाइ संलग्न गराउने निर्णय सुन्नमा आएकोले हामि सम्पूर्ण च्याप्टरहरु उक्त निर्णय को स्वागत गर्दै सत्यतत्थताको […]
काठमाडौँ, ३ चैत । नेपाल विद्युत् प्राधिकरणले माध्यामिक शिक्षा परीक्षालाई केन्द्रबिन्दुमा राखेर मुलुकभर नै विद्युत्भार कटौती पूर्णरुपमा अन्त्य गरेको छ । विगत तीनदिनदेखि परीक्षणका रुपमा विद्युत्भार कटौती अन्त्य गरेको भए पनि प्राधिकरणले भने आज साँझदेखि औपचारिक रुपमा नै विद्युत्भार कटौतीको अन्त्य गरेको जनाएको छ । काठमाडौँ, कास्की, चितवन लगायतका जिल्लामा यसअघि नै पूर्णरुपमा विद्युत्भार कटौती […]
बेनी (म्याग्दी), २ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका साविकको घार गाविस ३ र ४ मा स्थानीय महिलाको सक्रियतामा मोटरबाटो निर्माण गरिएको छ । जिल्लाको अन्य गाउँमा मोटरबाटो निर्माण गरी स्थानीय उत्पादनले बजार पाइसकेका अवस्थामा आफ्नो क्षेत्रमा भने मोटरबाटो नआएको भन्दै महिला मोटरबाटो निर्माणमा जुटेका हुन् । घार आमा समूहमा आबद्ध महिलाले श्रमदान गरेर साविकको ३ […]
काठमाडौँ, ३० फागुन । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की स्पेनको बार्सिलोनामा भएको ‘जिएसएमए मोबाइल वल्र्ड कँग्रेस’ मा भाग लिई आज स्वदेश फर्कनु भएको छ । यही फागुन १६ देखि १८ गतेसम्म भएको सम्मेलनमा भाग लिई आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले बार्सिलोनामा भएको मन्त्रिस्तरीय सो सम्मेलनमा विश्वका नयाँ प्रविधि […]
आइतबार मार्च १२, युलेस, टेक्सास। नेपालीहरुको रमाइलो पर्ब अमेरिकाको डालस नजिकैको युलेस सिटिमा आज भब्य रुपमा मनाइयो। युलेस स्थित एउटा सानो एरियामा करिब ७० घर नेपालीहरु बस्छन। उक्त समुदायको आफ्नै सानो पार्क छ। त्यसमा बर्षेनी त्यहाँका नेपालीहरुले होलीको अबसरमा कार्यक्रम आयोजना गर्दै आएका छन र यसपाली पनि होली आयोजना आज गरेका थिए। सक्रिय नेपालीहरु रहेको […]
कञ्चनपुर, २९ फागुन । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागी निधन भएका कञ्चनपुर पुनर्वास नगरपालिका–८ का गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । कञ्चनपुरको दोदा नदी किनारमा गौतमको पार्थीव शरीरमा उहाँका ७२ वर्र्षीय पिता खेमलाल गौतमले दागबत्ती दिनुभयो । गौतमको अन्त्येष्टि कार्यक्रममा कैलाली र कञ्चनपुरका हजारौँ नागरिकले स्वतःस्फूर्त सहभागिता जनाएका थिए […]