प्रबाशमा रहेर बिभिन्न क्षेत्रमा दक्षता हाँसिल गर्दै सो ठाउंमा प्रभाव देखाउन सफल नेपालीहरुलाइ एक ठाउंमा भेला पारी उनीहरु बिच अन्तरक्रियाद्वारा नेपाल र नेपालीहरुको हितमा केहि नयाँ योजना र विचार तयार गर्ने उद्देश्यले बिज्ञ सम्मेलन आयोजना गर्न लागिएको सर्बबिदितै छ । अमेरिकाका बिभिन्न राज्यहरुमा बसोबास गर्ने सम्बद्ध क्षेत्रमा राम्रो सफलता प्राप्त गरेका व्यक्तिहरु उपस्थित हुने यो […]
– नेपाली समुदायको सक्रिय सहभागिता उत्प्रेरणा, अनि सहयोगी भावनाले गर्दा लगातार ९ बर्ष देखि सयोजक को जिम्मेबारी सफल निर्बाह गर्न सफल भएको हु : सयोजक भविन्द्र बस्नेत बी अ लाइफ सेभर बी अ ब्लड डोनर स्लोगनका साथ ब्लड डोनर्स अफ अमेरिकाको दोस्रो राष्ट्रिय सम्मेलन अमेरिकाको जर्जिया, एटलान्टामा भव्यताका साथ सम्पन्न भएको छ । मे २६ […]
अमेरिकाको रास्ट्रपतिमा डोनाल्ड ट्रंपले सपथ लिएको दिन देखि शुरु भएको “मी टू” आन्दोलन अहिले पनि जारी छ। ट्रंपको आफ्नो जीवनकालमा एक ब्यापारीको रुपमा महिलालाई हेर्ने दृस्टीकोण निकै तल्लो स्तरको थियो। उनले महिलाहरुलाई बस्तु ठान्थे र पैसावाला र ठुलाबडाले जे गरेपनि हुन्छ भन्ने धारणा राख्थे। पैसाकै भरमा उनले धेरैलाई बोल्न बन्द गराएका थिए। उनी रास्ट्रपतिमा निर्बाचित […]
सुमन कार्की, अमेरिका। गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एन.आर.एन.ए) अमेरिकाद्वारा अमेरिकामा अध्ययनरत जेहेन्दार र नेतृत्व क्षमता भएका नेपाली विद्यार्थीहरूलाई लक्षित स्थापित गरिएको “युथ लिडरशिप अवार्ड २०१८” को चार जना बिजेताहरु घोषणा भएका छन्। बिजेता हुनेहरुमा नर्थ-र्इस्टबाट शिष्टता पौडेल, साउथ रिजनबाट पुजन दहाल, मिड-वेस्टबाट अशिम बिक्रम अधिकारी र वेस्टबाट गणेश सापकोटा रहेका छन। शिष्टता पौडेल […]
डालस, टेक्सास। नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रले यहि जून ३० तारिख शनिबार देखि जुलाई ८ तारिख आइतबार सम्म एक सार्थक कार्यक्रम गर्ने भएको छ। समर क्याम्प नाम दिइएको उक्त कार्यक्रम चर्चित गुरु चिन्तामणि योगीको प्रमुख आतिथ्य र सहभागितामा हुनेछ। नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको भवन अर्भिंगमा ९ दिन चल्ने उक्त क्याम्प भर्खर हुर्कंदै गरेका नेपाली […]
अघिल्लो चोटी सरकारमा हुँदा लालबाबु पण्डितको थेगो थियो, नेपालमा जागिर खाँदा खाँदै विदेशको बसोबासको स्थायी प्रमाणपत्र लिनेहरुको जागिर खाइ दिन्छु। धेरैलाई ठिकै पनि लग्यो, नेपालको जागिर खाँदै पद ओगट्दै बिदेशमा बस्न हुन्न। आफु काम गर्न सकिन्न भने पद ओगट्न हुन्न भन्ने कुरा ठिकै पनि थियो। धेरैले उनको प्रशंशा गरे। सोहि कामको कारण अहिले उनले मन्त्री […]
डालस, टेक्सास। डालसमा नेपालीहरुको संख्या बढेसंगै सांगीतिक रमझम पनि अत्यन्त बाक्लिंदै गएको छ। बर्षै भरी सबै जसो हप्ता नेपालबाट कोहि न कोहि आएर आफ्ना प्रस्तुति दिने गरेकै हुन्छन। मदन कृष्ण हरिबंश देखि धुर्मुस सुन्तली, रामकृष्ण ढकाल देखि सत्यस्वरुप आचार्यसम्मले यहाँ आफ्ना प्रस्तुति दिइसकेका छन्। साना देखि ठुल्ठुला ब्याण्डहरुले आफ्नो कलाको जादु डालसका नेपालीहरुलाई पस्किसकेका छन्। […]
डालस, टेक्सास । युनाइटेड नेपालिज एसोसियसनको तेश्रो सम्मेलन गत आइतबार सम्पन्न भयो । सम्मेलनको उद्देस्य नेपाली युबाहरुलाई अमेरिकाको मुलधारमा समाहित गर्न आबस्यक पुर्बधार निर्माण गर्नु हो । खेलकुद ती पुर्बाधारहरु मध्ये एक महत्वपूर्ण क्षेत्र हो । सो अबसरमा फुटबल, भलिबल, क्रिकेट, बास्केटबल जस्ता खेलहरुको आयोजना गरियो । अमेरिकाका बिभिन्न राज्यहरुबाट खेलाडीहरु आए, आफ्नो कुशलता प्रदर्शन […]
मेडिसन, विस्कनसिन। नेपाली अमेरिकन मैत्री संघ र गैर आबासिय नेपाली संघ अमेरिकाको विस्कनसिन च्याप्टरको संयुक्त आयोजनामा यहि मे महिनाको २६ र २७ गते यहाँ पहिलो बार्षिक राज्यस्तरीय भलिबल टुर्नामेन्ट भव्यतासाथ सम्पन्न भएको छ। विस्कनसिन राज्यमा रहेका नेपालीहरु र नेपाली संघ संस्थाहरुलाइ अमेरिकाको अन्य राज्यहरुमा रहेका नेपालीहरु बीच मैत्री सम्बन्ध स्थापना गर्दै नेपाली युबाहरुको खेलकुद र […]
डालस, टेक्सास । अन्तररास्ट्रिय नेपाली साहित्य समाज टेक्सासले नयाँ कार्यसमिति पाएको छ । अध्यक्ष बासु शर्मा, संस्थापक अध्यक्ष भिम कार्कीको उपस्थितिमा हालै बसेको साहित्य प्रेमीहरुको भेलाले साहित्यकार युवा कपिल अधिकारीको अध्यक्षतामा उक्त कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा निर्मला राई, महासचिवमा सुमन कार्की, सचिवमा पवन लामिछाने र कोषाध्यक्षमा प्रदिप गिरी रहनुभएको छ । त्यस्तै […]