अनेसास टेक्सासको कमाण्ड कपिल अधिकारीको हातमा

डालस, टेक्सास ।
अन्तररास्ट्रिय नेपाली साहित्य समाज टेक्सासले नयाँ कार्यसमिति पाएको छ । अध्यक्ष बासु शर्मा, संस्थापक अध्यक्ष भिम कार्कीको उपस्थितिमा हालै बसेको साहित्य प्रेमीहरुको भेलाले साहित्यकार युवा कपिल अधिकारीको अध्यक्षतामा उक्त कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा निर्मला राई, महासचिवमा सुमन कार्की, सचिवमा पवन लामिछाने र कोषाध्यक्षमा प्रदिप गिरी रहनुभएको छ ।
त्यस्तै समितिको सदस्यहरुमा वासु पुष्प अधिकारी, गोपाल प्रसाद भण्डारी, नेत्र अर्याल, अच्युत रिजाल, इश्वरी रिजाल, महिप उपाध्याय, चम्पा पाण्डे, इन्दिरा भुषाल, सरोज तुम्वाहाम्फे, , भगवती पौडेल, नगेन्द्र इगंमांग र जुविन राजभण्डारी रहनुभएको छ ।


नेपालीहरु लाहुरे हुने चलन संगै नेपाली भाषाको बिस्वब्यापिकरण शुरु भएको हो । दोश्रो बिस्वयुद्धमा बर्मामा लडेको सिपाही होस् वा भारतमा सामान्य काम गरेर खान बिदेसिएको नेपाली होस्, उनीहरुले आफ्नो भाषा निरन्तर जगेर्ना गरेका छन् । चाहे सयौं बर्ष अघि भुटानमा गएको नेपाली होस्, उनीहरुले आफ्नो भाषा कहिल्यै भुलेनन् । नेपालीहरु जहाँ गए, त्यहाँ आफ्नो भाषा लगे, भेष लगे, संस्कृति लगे । अहिले पनि नेपालीहरु संसारभर नेपाली भाषालाई जीवित राख्दै त्यसको उपादेयता पुस्टि हुने काम गर्दैछन ।
अन्तररास्ट्रिय नेपाली साहित्य समाजको स्थापना बिधिबत रुपमा वाशिंटन डिसीमा जुन २२ १९९३ मा दर्ता भए पछि भएको हो । तर यसको जन्म भने बिधान परिषद्को गठन गरिएको दिन जनवरी ११, १९९१ भएको हो । अहिले यसका ३२ वटा देशमा रास्ट्रिय शाखा र अन्य धेरै शहरहरुमा उपशाखाहरु संचालित छन् । नेपाल बाहिर छरिएर रहेका साहित्यकारहरुलाई एकै थलोमा जुटाएर नेपाली भाषाको प्रबर्धनमा समाजले उल्लेख्य भूमिका खेलेको छ । अमेरिकामा रहेका च्याप्टरहरु मध्ये डालस च्याप्टर सक्रिय मानिन्छ ।
बिगतमा डालसमा धेरै साहित्यिक कार्यक्रमहरु संचालन भएका छन् । अब फेरी च्याप्टरले एक उर्जावान युवा नेतृत्वमा पाएको छ । आफ्नो ब्यबसायिक क्षेत्रमा राम्रो सफलता प्राप्त गर्नु भएका अधिकारी समाजसेवाको क्षेत्रमा समेत निकै सक्रिय हुनुहुन्छ । भनेर होइन गरेर देखाउनु पर्छ भन्ने मान्यता राख्ने र प्रचारबाजी भन्दा काम गरेर समाजमा राम्रो छाप छोड्नु पर्छ भन्ने अधिकारीको नेतृत्वमा अनेसास टेक्सास च्याप्टरले नेपाली भाषाको बिकासमा उल्लेख्य भूमिका निर्बाह गर्नेमा आशाबादी रहँदै उहाँको सफल कार्यकालको शुभकामना समेत कामना गर्दछौं ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907