गल्कोटका भविन्द्र बस्नेतको सयोजकत्वमा ब्लड डोनर्स अमेरिका सम्मेलन सम्पन्न
– नेपाली समुदायको सक्रिय सहभागिता उत्प्रेरणा, अनि सहयोगी भावनाले गर्दा लगातार ९ बर्ष देखि सयोजक को जिम्मेबारी सफल निर्बाह गर्न सफल भएको हु : सयोजक भविन्द्र बस्नेत
बी अ लाइफ सेभर बी अ ब्लड डोनर स्लोगनका साथ ब्लड डोनर्स अफ अमेरिकाको दोस्रो राष्ट्रिय सम्मेलन अमेरिकाको जर्जिया, एटलान्टामा भव्यताका साथ सम्पन्न भएको छ । मे २६ शनिबार यहाँको ह्यायात होटलमा भएको कार्यक्रमको उद्घाटन ३ सय ५९ पटक रक्तदान गरी विश्व किर्तिमान कायम गर्न सफल ८६ वर्षीय जोन सेफर्डले गर्नुभएको थियो । कार्टर वल्र्ड केयरका निर्देशक टडएब्नरलगायत अन्य विभिन्न अन्तराष्ट्रिय तथा राष्ट्रिय संघसंस्थाका प्रतिनिधीहरुको उपस्थितीबीच कार्यत्रम सम्पन्न भएको हो । कार्यक्रमको संयोजन भबिन्द्र बस्नेतले गर्नुभएको हो ।
अमेरिकाका तीस भन्दा बढी राज्यबटा बीडीए प्रमुखहरुको उपस्थिती रहेको सम्मेलनमा जर्जियामा रहेका सवैजसो नेपाली संघसस्थाका अधिकारीहरुको उपस्थितीरहेको थियो । कार्यक्रममा नेप्लिज एसोसियसन अफजर्जिया न्यागका अध्यक्ष केशव शर्मा, एनसीस् अध्यक्ष प्रल्हाद पन्त, एनआरएन जर्जिया च्यप्टरका अध्यक्ष सूर्य लम्साल अन्तराष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम विश्वकर्मा, प्रवासी नेपाली मन्चका उपाध्यक्ष यमुना भट्टराई, कवि महेश्वर पन्त र पत्रकार किरण मरहट्ठा लगायतले मन्तव्य राख्नुभएको थियो ।
सम्मेलन आयोजक समितिका संयोजक भविन्द्र बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा बीडीएका सभापति डा. नन्द रेग्मीले बिडिएले हालसम्म गरेका कामको विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँले ८ हजार ५०० पिन्ट रगत दान गरिसकेको तथ्यांक सार्वजनिक गर्नुभएको थियो । यसै कार्यक्रमको अवसर पारेर शनिवार विहान भलिवल प्रतियोगिता सम्पन्न भएको थियो भने अन्तराष्ट्रिय साहित्य समाजको संयोजकत्वमा कविता प्रतियोगिताको आयोजना गरिएको थियो ।समारोहमा विजयीहरुलाइ पुरस्कार प्रदान गरिएको थियो ।
सम्मेलनले आगामी २ बर्षको लागि डा. लीला दाहालको सभापतित्वमा नयाँ समिति चयन गरेको छ । समतिमा कार्यकारी उपाध्यक्ष रेशम घर्ती, उपाध्यक्ष संजिव श्रेष्ठ, महासचिव सतिसचन्द्र गुप्ता, उपमहासचिव संजय श्रेष्ठ कोषाध्यक्ष राम डंगोल, सहकोषाध्यक्ष कपिल अधिकारी र सदस्यहरुमा डा. नारायण खड्का, ईरा आचार्य, बालानन्द भण्डारी, महेश्वर पन्त, टिका पौडेल, शिव काफ्ले रहनुभएको छ । कार्यक्रमको सन्चालन बिजय भट्टराईले गर्नुभएको थियो । कार्यक्रम सम्पन्न भएलगतै सहभागीहरुले जर्जियाको एटलान्टामा भएको यो कार्यक्रम ऐतिहासिक सफल रहेको प्रतिक्रिया दिएका थिए ।
सामाजिक रुपमा निरन्तर लागिरहेका बाग्लुंग गल्कोट नगरपालिका ६ स्थाई घर भएका भविन्द्र बस्नेत कडा मेहनत अनि सबैको सहयोगमा यो पटक को कार्यक्रम ब्यब्य सम्पन्न भएको र बिगतमा जस्तै सबैको सहयोग अनि सक्रिय सहभागिता भएकोमा सबैलाइ हृदय देखि धन्यबाद दिन चाहन्छु : बस्नेतले बताए ।
वास्तवमा मानवसेवाको जिउँदो इतिहास बनेका, ८६ बर्षीय जोनको उपस्थितीले हाम्रो कार्यक्रम सोह्र श्रृगांरले सजिएर मण्डपमा बसेकी बेहुली जस्तै सुन्दर बनेकी थिइन । जोन स्वयं पनि हाम्रो सेवाभाव र मानव जिवनप्रतिको योगदान देखेर हर्षविभोर भएका थिए । जब उनले मानब जीवनरक्षाको लागी नेपालीहरुको यो संस्थाले गर्न कुनैपनि कार्यमा आफ्नो पुर्णसहयोग रहने बताए तब हलमा तालिको फोहोरा फुटेको थियो । कार्यक्रममा कार्टर व्लड केयरका टड एब्नर लगायत अन्य राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो । सम्मेलन सफल बनाउन अमेरीकाका ३० वटा राज्यहरुबाट प्रतिनिधिहरु भेला भएका थिए । कार्यक्रमको एक सवल पक्ष विजयराज भट्टराइको कुशल उद्घोषण पनि थियो । बिडिएका अध्यक्ष डा. नन्द रेग्मिले रक्तदानबारे प्रेरणादायी मन्तव्य दिनुभयो । कार्यक्रममा १६५ पटक रगतदान गर्नुभएका अजय सत्यालले दिनुभएका मन्तब्यले सबैको मन छोयो । नेप्लीज एसोसीएसन अफ जर्जीयाका अध्यक्ष केशब शर्मा, एनआरएनए जर्जीया च्याप्टर अध्यक्ष सुर्य लम्साल, एनसीसीए जर्जीयाका अध्यक्ष प्रल्हाद पन्त, अनेसासका अध्यक्ष पदम विश्वकर्मा, पत्रकार किरण मरहट्ठा, प्रवासी मंचका उपाध्यक्ष यमुना भट्टराइ र कवि महेश्वर पन्तले बिडिएले मानवसेवामा निर्वाह गरेको भूमीकाको बारेमा जोडदार मन्तब्य दिनुभयो ।
यो सम्मेलनको अर्को शसक्त पक्ष भनेको अतिरिक्त क्रियाकलाप थियो जस अन्तर्गत भलिवल प्रतियोगीता र कविता प्रतियोगीता सम्पन्न भएको थियो । अनेसासले संयोजन गरेको कविता प्रतियोगीताका विजयीलाइ समारोहमा पुरस्कृत पनि गरिएको थियो । सम्मेलनको समापनमा आयोजीत विविध संस्कृतिक कार्यक्रमले सहभागीहरुलाइ पुनर्ताजगी प्रदान गरेको थियो भने नेप्लिज एसोसीएसन अफ जर्जीयाले आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका थिए ।
संगै उनले भने : म सम्मेलन आयोजक समितिको अध्यक्षको हैसियतले नवनिर्वाचित टिमलाइ सफल कार्यकालको शुभकामना दिन चाहन्छु । मलाइ विश्वास छ अति योग्य साथिहरुको यो टिमले बिडिएलाइ नयाँ उचाइमा लैजाने छ ।
अमेरिकाभर रहेका नेपाली रक्तदाताहरुको छाता संगठन, बिडिएको यो सम्मेलनले मानवसेवामा हाम्रो समर्पण र योगदानलाइ उज्यालो बनाउने मामिलामा एक गहिरो छाप छोडेको मैले महसुस गरेको छु । यो सम्मेलनको दौरान मलाइ सहयोग गर्नुहुने, बिडिए अध्यक्ष लगायत कार्यसमितिका सम्पुर्ण साथिहरु, बिडिए जर्जीयाका साथीहरु, न्याकका साथिहरु र विभिन्न स्थानिय र राष्ट्रिय संघ संस्थाका मित्रहरुप्रति वहाँहरुले गर्नुभएको अतुलनिय सहयोगका लागी हार्दिक आभार व्यक्त गर्दछु । रक्तदान जिवनदान भन्ने मुलमन्त्रका साथ हामी यो पवित्र कार्यमा होमिएका छौ जसलाइ आगामि दिनमा यहाँहरुको थप साथ र सहयोगले अझ प्रभावकारि बनाउने सकिने छ भन्ने विश्वास लिएको छु ।साभार: सेतोपरेवा डट कम