मेडिसन विस्कनसिनमा पहिलो भलिबल टुर्नामेन्ट सम्पन्न
मेडिसन, विस्कनसिन। नेपाली अमेरिकन मैत्री संघ र गैर आबासिय नेपाली संघ अमेरिकाको विस्कनसिन च्याप्टरको संयुक्त आयोजनामा यहि मे महिनाको २६ र २७ गते यहाँ पहिलो बार्षिक राज्यस्तरीय भलिबल टुर्नामेन्ट भव्यतासाथ सम्पन्न भएको छ। विस्कनसिन राज्यमा रहेका नेपालीहरु र नेपाली संघ संस्थाहरुलाइ अमेरिकाको अन्य राज्यहरुमा रहेका नेपालीहरु बीच मैत्री सम्बन्ध स्थापना गर्दै नेपाली युबाहरुको खेलकुद र बिशेष गरी भलिबल क्षेत्रमा रहेको अभिरुचिलाई कायम राख्नु यो टुर्नामेन्टको मुख्य उद्देश्य रहेको थियो।
नेपाली अमेरिकन मैत्री संघका अध्यक्ष सन्तोष लामिछाने, एनआरएनए विस्कनसिनका अध्यक्ष बुद्धि सुबेदी र नेपालका पूर्व राष्ट्रिय भलिबल खेलाडी रोशन श्रेष्ठ बिशिष्ठ अतिथिहरुले टुर्नामेन्टको समुद्घाटन गर्नु भएको थियो भने कार्यक्रमको संयोजन अर्जुन खड्का र रविन्द्र उप्रेतीले गर्नु भएको थियो।
इलिनोइ, ओहायो, विस्कनसिन, क्यालिफोर्निया, मिचिगन र मिनिसोटा गरी ६ राज्यका ६ वटा टीमहरुको सहभागिता रहेको उक्त टुर्नामेन्ट प्रथम हुने ओहायोको टीमले $१५०० नगद सहित ट्रफी प्राप्त गरेको थियो भने दोश्रो हुने क्यालिफोर्नियाको टीमले $१००० नगद सहित ट्रफी प्राप्त गर्न सफल भएको थियो। खेल अबधिभर अनुशाशित एबम उत्कृस्ट प्रस्तुतिको लागि कुल अधिकारीलाइ नगद $२०० सहित ट्रफी प्रदान गरिएको थियो।
नेपाली र अमेरिकी राष्ट्रिय गानबाट कार्यक्रम शुरु गर्दै नेपालको राष्ट्रिय टीमबाट खेलेर नेपाली भलिबलको बिकासमा उल्लेख्य भूमिका खेलेबापत भलिबल खेलाडी रोशन श्रेष्ठलाइ कदर स्वरुप नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो। आगन्तुक खेलाडीहरुको लागि खाने र यातायातको उचित व्यवस्था गरिएको थियो भने आगामी बर्ष अझै भव्य र सभ्य रुपमा दोश्रो टुर्नामेन्ट गरिने संयोजक रबिन्द्र उप्रेतीले जानकारी गराउनु भएको छ।उक्त अबसरमा लिइएका केहि तस्विरहरु :