चिन्तामणि योगीज्युको आतिथ्यमा हुने समर क्याम्पमा दर्ता खुला

डालस, टेक्सास। नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रले यहि जून ३० तारिख शनिबार देखि जुलाई ८ तारिख आइतबार सम्म एक सार्थक कार्यक्रम गर्ने भएको छ। समर क्याम्प नाम दिइएको उक्त कार्यक्रम चर्चित गुरु चिन्तामणि योगीको प्रमुख आतिथ्य र सहभागितामा हुनेछ। नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको भवन अर्भिंगमा ९  दिन चल्ने उक्त क्याम्प भर्खर हुर्कंदै गरेका नेपाली बालबालिकाहरुको समग्र विकासको लागि आयोजना गरिएको नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका अध्यक्ष श्री रमेश पोख्रेलले जानकारी गराउनु भएको छ।


प्रबाशी नेपालीहरुको ठुलो चुनौती भनेको आफ्ना बालबालिकाहरुलाई कसरी हाम्रो समाज, संस्कृति र धर्म प्रति जोडी राख्न सकिन्छ भन्ने नै हो। अविभावकहरुको सानो हेलचक्र्याईले मात्र पनि हाम्रा बालबालिकाहरु हाम्रो सामाजिक दायराबाट फुत्किने र त्यसले परिवार र समाजले पश्चात्ताप गर्नु पर्ने अवस्था आउन सक्छ। तर बेलैमा हाम्रा र राम्रा कुरा सुन्ने, हाम्रा राम्रा मानिसहरुको संगत गर्यो भने त्यो भयबाट पक्कै मुक्त हुन सकिन्छ।नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रले गरेका धेरै राम्रा कामहरुमध्ये त्यहि उद्देस्य प्राप्तिमा लक्षित यो अत्यन्त उदाहरणिय काम हो।

यो कार्यक्रम निम्न माध्यमिक कक्षासम्म पढ्ने बिद्यार्थीहरुको लागि आयोजना गरिएको हो। यो अबसरमा बालबालिकाहरुलाई नैतिक शिक्षा, आध्यात्मिक शिक्षा, हाम्रो धर्म र सांस्कृतिक शिक्षा प्रदान गरिनुका साथै शारीरिक व्यायामको लागि फुटबल र मनोरन्जनको लागि नाचगानको व्यवस्था पनि छ। त्यस्तै मौका परेको बेला आफ्ना कुरा निर्धक्क राख्न सक्ने बनाउन बक्तृत्वकला सिकाइनेछ। यी सम्पूर्ण कुराको एउटा गतिलो प्याकेज तपाईं हाम्रा बालबालिकालाई प्रदान गरिनेछ। ५ देखि १३ बर्ष उमेरका बालबालिकाहरुका लागि शुल्क $१०० मात्र छ भने १४ बर्ष देखि माथिका बालबालिकाहरुको लागि स्वयंसेवीको रुपमा $५० तिरेर सहभागी हुन सक्ने व्यवस्था गरिएको छ। त्यस्तै पढाईको अबधिभर खानपिन र अन्य पढाईका सामग्री समेतनेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रले नै व्यवस्था गर्नेछ। यो क्याम्प बिहान ९ देखि ४ बजेसम्म जारी रहनेछ ।

आध्यात्मिक, सांस्कृतिक, नैतिक र धार्मिक सामाग्रीहरुको अध्यापन र प्रबचन गुरु चिन्तामणि योगीले गर्नुहुनेछ । त्यसबाहेक आबस्यकता अनुसार अन्य सान्दर्भिक व्यक्तित्वहरुले समेत बिद्यार्थीहरुलाई उत्प्रेरणा दिनुहुनेछ। हाम्रा बालबालिकाहरुको लागि केहि सिकाउन पठाउने हो भने यो भन्दा अर्को राम्रो ठाउँ हामीसंग यहाँ उपलब्ध छैन। श्रब्यदृश्य सामाग्रीहरु र पुस्तकहरु सिकाइका माध्यम रहनेछन।

त्यसैले आफ्ना बालबालिकाहरुको आध्यात्मिक र नैतिक बिकासको लागि यो क्याम्पमा आफ्ना बालबालिकाहरुलाइ भर्ना गर्न नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रले अनुरोध गरेको छ। सिट सिमित रहेकोले इच्छुक अभिभावकहरुलेनेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका जुनसुकै पदाधिकारीहरु वा सिधै मन्दिरमा गएर जानकारी लिन सकिने कुरा महासचिव सुरेश पोख्रेलले जानकारी गराउनु भएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907