जुलाई ७ मा “द एक्स ब्याण्ड” ले डालसमा धमाका मच्चाउने

डालस, टेक्सास। डालसमा नेपालीहरुको संख्या बढेसंगै सांगीतिक रमझम पनि अत्यन्त बाक्लिंदै गएको छ। बर्षै भरी सबै जसो हप्ता नेपालबाट कोहि न कोहि आएर आफ्ना प्रस्तुति दिने गरेकै हुन्छन। मदन कृष्ण हरिबंश देखि धुर्मुस सुन्तली, रामकृष्ण ढकाल देखि सत्यस्वरुप आचार्यसम्मले यहाँ आफ्ना प्रस्तुति दिइसकेका छन्। साना देखि ठुल्ठुला ब्याण्डहरुले आफ्नो कलाको जादु डालसका नेपालीहरुलाई पस्किसकेका छन्।
यहि मेसोमा गर्मीयाम र छुट्टीको समय पारेर द एक्स ब्याण्डले डालस तताउने भएको छ। जुलाई ७ गते सनिबार हुने द एक्स ब्याण्डको उक्त कार्यक्रम अहिलेसम्म कै बृहद हुने आयोजकहरुले जनाएका छन्। डालस स्थित टोयोटा म्युजिक फेक्ट्री सम्पन्न हुन गैरहेको यो सांगीतिक कार्यक्रम साँझ ७ बजे शुरु भएर राति २ बजे सम्म अविच्छिन्न चल्नेछ भने यसमा अमेरिकामा रहेका अन्य चर्चित ब्याण्डहरु र स्थानीय ट्यालेन्टहरुको समेत ओपेनिङ्ग प्रस्तुति रहनेछ। ४००० मानिसहरु अट्ने क्षमता रहेको टोयोटा म्युजिक फेक्ट्रीमा हुन लागेको यो पहिलो नेपाली सांगीतिक कार्यक्रम हो । फ्युजन इन्टरनेसनलले नेप्सिनेको सहयोगमा यो कार्यक्रम गर्न लागेको हो।


द एक्स ब्याण्डको एक परिचय
यसको स्थापना १९९३ मा भएको हो। अहिले अमेरिकामा गर्न लागिएको यो सांगीतिक कार्यक्रम पच्चीसौं बर्षगांठको अबसरमा गर्न लागिएको हो। यो ब्याण्डमा अहिले ३ जना कलाकारहरु छन्। भोकलमा शिव मुखिया , ड्रममा सुरेन्द्र श्रेष्ठ र गितारमा सजल राज भण्डारी रहेका छन्। कुनै लामो यात्रा र सहकार्यको योजना बिना हावाको तालमा स्थापना गरिएको यो ब्याण्डले धेरै उतार चढाव व्यहोरेको छ। पहिलो एल्बम “धुँवा” बाट आफ्नो औपचारिक सांगीतिक यात्रा शुरु गरेको यो ब्याण्ड सो एल्बम असफल भएपछी झन्डै खरानी भैसकेको थियो।
यात्राको क्रममा शरद श्रेष्ठ र रमेश ज्ञवाली जस्ता कलाकारहरुको पनि आगमन र बहिर्गमन भयो । सन् १९९५ मा फेरी “फर्केर हेर्दा” नामक एल्बम निस्कियो जसमा संग्रहित गीतहरु चिया बारीमा र पल्लो डांडामा भन्ने जस्ता सुपरहिट गीतहरुबाट यसले पुनर्जीवन पायो। २००६ मा गितारबादक शरद श्रेष्ठ व्यक्तिगत कारणले ब्याण्डबाट बहिरिएपछि गीतारिस्टको कमी यो ब्यान्डमा हुन पुग्यो।तर २०११ मा सजल राज भण्डारीको आगमन संगै यो ब्यान्डले एक कुशल गीतारिस्टको अभाव कहिल्यै पनि खेप्नु परेन।
द एक्स ब्याण्डले अहिले सम्म ७ वटा एल्बम निकालिसकेको छ। पछिल्लो एल्बम “भडास” जसमा १० वटा गीत समेटिएका थिए। यसमा समेटिएको “सिमाना” शिर्षकको गीत नेपाल सरकारले प्रतिबन्ध लगायो। उक्त गीतमा नेपाल भारत सिमा मिचिएको बिषय उठाइएको थियो। यो गीत संगै द एक्स ब्याण्ड रास्ट्रबादि गीत गाउने ब्याण्ड समेत बन्न पुग्यो।
द एक्स ब्याण्ड रक ब्याण्डको रुपमा प्रस्तुत भए पनि यसले प्रस्तुत गर्ने गीतहरु लोकपप शैलीका छन्। फलस्वरूप नेपाली जनाजिव्रोमा सजिलै लोकप्रिय हुन पुग्छन । ३ मेन ब्याण्डको रुपमा २५ बर्ष सम्म अविच्छिन्न रुपमा नेपाली गीत र संगीतको सेवा गर्दै नेपालीहरुको मनमुटुमा बस्न सफल द एक्स ब्याण्डको डालसमा हुने कार्यक्रम अहिले सम्मकै ठुलो, भब्य हुनेकुरा आयोजकहरु  मध्येका एक रायन कार्कीले बताएका छन् ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907