काठमाडौँ, ७ फागुन । उपत्यकाका प्रमुख नदी सफाइ गरी १७ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको १९७औँ हप्तामा आज मीनभवन पुलदेखि कोटेश्वर महादेव मन्दिरसम्मको वाग्मती क्षेत्रमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य नारायण श्रेष्ठले जानकारी दिनुभयो । सफाइमा अधिकार सम्पन्न […]
ह्याम्प्टन कोर्नर्स (न्युयोर्क), ६ फागुन । सडकमा छर्ने नून (रोड सल्ट) उत्पादन गर्ने संयुक्त राज्य अमेरिकाको एउटा ठूलो कम्पनीका कामदार खानीको सुरुङ्गभित्र धमाधम काम गर्दै अमेरिकाका बढी से बढी सडक अझै हिउँले ढाकून भनी परमेश्वरसँग पुकारा पनि गरिरहेका छन् । कारण जति बढी हिउँ प¥यो त्यत्ति नै बढी रोड सल्टको माग आउँछ र मारामार काम […]
वासिङटन (अमेरिका), ६ फागुन । अमेरिकी नौसेनाका पूर्वप्रमुख रोवर्ट हावार्डले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने भनी गरेको घोषणालाई अस्वीकार गर्नुभएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । हावार्डलाई सेनाका अवकाश प्राप्त जनरल मिखाएल फ्लिनको ठाउँमा सुरक्षा सल्लाहकारका रुपमा नियुक्त गरिएको थियो । फ्लिनले अमेरिकाका लागि रसियाली राजदूतसँगको सम्बन्ध लगायतका प्रकरणमा राजीनामा दिनुभएको थियो । […]
१७ फेब्रुअरी, वाशिंगटन डिसी। जनवरी २७ २०१७ मा रास्ट्रपति ट्रंपले एक अध्यादेश जारी गरे। उक्त अध्यादेशमा शरणार्थीहरु माथि पूर्ण प्रतिबन्ध लगाइयो अर्थात् संसारका कुनै देशबाट पनि शरणार्थी अमेरिकाले नल्याउने निर्णय गरियो। त्यस्तै ७ वटा मुस्लिम बाहुल्य देशहरुमा कुनै खाले भिसा जारी नगर्ने भन्ने उक्त अध्यादेशको मर्म थियो।उक्त अध्यादेश पछि अमेरिका लगायत कतिपय मुलुकका बिमानास्थलमा आप्रबासी, […]
काठमाडौँ, ५ फागुन । सरकारले साहसिक विश्व पृथक धाविका मीरा राईलाई रु ३० लाख सहित सम्मान गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को निर्देशनमा युवा तथा खेलकुद मन्त्रालयले राईलाई विशेष सम्मान गर्न लागेको होे । राईलाई प्रशिक्षण दिने प्रशिक्षक धुवविक्रम मल्ललाई पनि रु तीन लाखसहित सम्मान गर्ने मन्त्रालयले योजना बनाएको खेलकुदमन्त्री दलजित श्रीपाइलीले जानकारी दिनुभयो […]
मस्को (रसिया), ५ फागुन । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले रसियाली गुप्तचर निकायलाई अमेरिकी समकक्षी निकायसँग सहकार्य गर्दै आतङ्कवादविरुद्धको अभियानलाई मजबुत पार्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । अमेरिकाको विशेष सेवा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो)ं सदस्य राष्ट्रसँगको कुराकानीलाइृ पुनःस्थापित गर्नु हामीहरुको पारस्परिक चासोको विषय भएको छ । रसियाली राष्ट्रपति पुटिनले रसियाली सङ्घीय सुरक्षा ब्युरो (एफएसबी) सँगको […]
फेब्रुअरी १५, वाशिंगटन डिसी। वर्तमान अमेरिकी रास्ट्रपति र प्रशासनले लिएको नीतिले अमेरिकाको आगामी दिन कस्टकर हुँदै जाने खतरा देखिएको छ। बिशेष गरी आप्रबासी माथि यो प्रशासनले असहिष्णु नीति लिन्छ भन्ने त्रासका कारण आप्रबासीहरुमा खैलाबैला मच्चिएको छ भने ट्रंपको महिला प्रतिको बोली र ब्यबहारले महिलाहरुले पनि आफुलाई अपमानित गरेका छन्। त्यसैको फलस्वरूप ट्रंप रास्ट्रपति भएको दिन […]
कुनै पनि पत्रकार मित्रहरु कलाकार नबनुन न बिकाउ नै l सानै देखि नै लेख रचना प्रती बिशेष रुचि भएर हो की किन हो अथवा आफु पत्रकार बन्न लेखन शैली मा शब्द चयन को तारतम्य मिलाउन नसकेर हो पत्रकारहरु प्रती अगाध आदर सन्मान गर्न मन लाग्छ l हुन पनि एउटा पत्रकार आफ्नो जीवनको पर्वाह नगरी कठिन भन्दा कठिन परीस्थिती […]
फेब्रुअरी १५, वाशिंगटन डिसी । स्वस्थानी ब्रतकथामा सतीदेवीले आफ्नै पिताको यज्ञ कुण्डमा हाम फालेर देह त्याग गर्छिन । त्यो कुरा भगवान शिवले थाहा पाउँछन् र दक्ष प्रजापतिको घर पुग्छन । त्यहाँ पुगे पछि आफ्नी प्राणभन्दा प्यारी सतीदेवीको प्राण पखेरु उडेको र सोको कारण दक्षप्रजापतिले महायज्ञमा निम्तो नगरेको थाहा पाए पछि क्रुद्ध हुन्छन र यज्ञ ध्वस्त […]
इटहरी, ४ फागुन । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वदेशी तथा विदेशी युरोलोजी विशेषज्ञको टोली आउने भएका छन् । प्रतिष्ठानको सर्जरी विभागअन्तर्गत युरोलोजी डिभिजनले यही फागुन ५ मा नेपाल एसोसियसनको तीनदिने अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा ती विशेषज्ञ आउने भएका हुन् । प्रतिष्ठानले आयोजना गर्ने उक्त कार्यक्रममा भारत, चीन, अमेरिका, टर्की, सिङ्गापुर, थाइल्याण्ड, म्यानमार, बङ्गलादेश, फिलिपिन्स […]