समाचार

कार्कीको सेवा सुविधा रोक्न माग गर्दै निवेदन

सर्वोच्च अदालतमा अख्यितार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले पाउँदै आएको सम्पूर्ण सेवा सुविधा रोक्न माग गर्दै पूरक निवेदन आज पेस भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले दायर गर्नुभएको निवेदनमा निलम्बित कार्कीले पाउँदै आएको सम्पूर्ण सुविधा तत्काल रोक्न माग गर्दै पूरक निवेदन पेस भएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो । नेपालको […]


अख्तियारको कार्यबाहक प्रमुख आयुक्तमा बस्न्यात

  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त दीप बस्न्यात आयोगको कार्यबाहक प्रमुख आयुक्त बन्नुुभएको छ । प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसद्मा महाभियोगका प्रस्ताव दर्ता भएकाले बस्न्यात कार्यबाहक बन्नुभएको हो । आयोगको नियमावलीमा प्रमुख आयुक्तको अनुपस्थितिमा उपस्थित आयुक्तमध्ये वरिष्ठ आयुक्तले कार्यबाहक प्रमुख हुने व्यवस्था छ । आयोगमा हाल पाँच आयुक्त छन ।


महाअभियोगको नेतृत्व काँग्रेसले लिनुपर्छः मन्त्री थापा

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गगनकुमार थापाले महाअभियोग प्रस्तावबारे राष्ट्रिय पार्टीको हिसाबले दायँबायाँ नगरी सत्यका पक्षमा निर्णय गर्नुपर्ने बताउनुभएको छ । आज देखी शुरु भएको कांग्रेस केन्द्रिय समितिको बैठकमा बोल्दै मन्त्री थापाले कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्ने बेला एउटा गम्भीर भूल भएको तर त्यसमा सबै राजनीतिक दल सहभागी भए पनि त्यो भूल सच्याउने मौका अहिले काँग्रेसलाई आएको […]


महाअभियोग प्रस्तावबारे काँग्रेसमा असन्तुष्टि

व्यवस्थापिका–संसद्को ठूलो दल नेपाली काँग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता गराएको भन्दै असन्तुष्टि जनाएको छ । सत्तारुढ प्रमुख घटक दलसँग छलफल नै नगरी एकलौटी ढङ्गवाट महाअभियोग प्रस्ताव ल्याइएको भन्दै असन्तुष्ट काँग्रेसले उक्त प्रस्तावबारे केन्द्रीय समितिमा व्यापक छलफल गरी आवश्यक निर्णय लिने भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा […]


नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको महायज्ञ सुरु : पहिलो दिन करिव १ लाख संकलन

मनोरञ्जन र परोपकारको क्षेत्रमा काम गर्दै आएको नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले आफनो भवन निर्माणका लागि काठमाण्डौमा महायज्ञ सुरु गरेको छ । काठमाण्डौको तारकेस्वर पैयाटारमा संस्थाले खरीद गरेको जग्गामा आफनै भवन निर्माणका लागि संस्थाले बिहिवार सुरु गरेको महायज्ञमा करिव १ लाख दान संकलन भएको छ । महायज्ञका प्रमुख बाचक पशुपति पौडयाल रहनु भएको छ । […]


प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाभियोग प्रस्ताव -कार्कीको पद निलम्बित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाभियोग प्रस्ताव दर्ता सँगै कार्कीको पद निलम्बित भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका एक सय ५७ जना सांसदले आयोग प्रमुख कार्कीविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका हुन् । संसद सचिवालयले बुधबार अबेर राष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक परिषद र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई […]


प्रधानमन्त्रीद्वारा ससंद्लाई जानकारी

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको अन्तिम मस्यौदा तयारीको चरणमा रहेको बताउनुभएको छ । सरकारको काम कारबाहीको रुपरेखा र भारतको गोवामा भएको ब्रिक्स बिमस्टेक आउटरिच सम्मेलनमा भाग लिने क्रममा भएका भेटवार्ता र नेपालका तर्फबाट त्यहाँ प्रस्तुत गरिएका धारणाबारेमा आज सदनलाई जानकारी गराउने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री दाहालले भन्नुभयो– “नेपालको संविधान कार्यान्वयनका लागि […]


गीतकार योगेन्द्रमणि पक्राउ

गीतकार सङ्घका अध्यक्ष योगेन्द्रमणि दाहाल रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी परिसर, ललितपुरको टोलीले मङ्गलबार बालुवाटारबाट पक्राउ गरेको हो । उनलाई उनी कार्यरत संस्था नेपाल बिटुमिन एन्ड ब्यारेल लिमिटेडको रु १२ करोड ३५ लाख हिनामिना गरेको आरोप लागेकाले पक्राउ गरिएको ललितपुरका प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो । कम्पनीबाट परेको […]


त्रिशूलीमा बस खस्दा नौ गम्भीर घाइते

  काठमाडाँैबाट भैरहवा जादै गरेको लु १ ख ७३९१ नं को रात्रि बस आज साँझ नारायणगढ–मुग्लिन सडकखण्डको दाहाखानी गाविस–६ को रिद्धिखोलानजिकै त्रिशूली नदीमा खस्दा नौजना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालका अनुसार नौ जना गम्भीर घाइतेलाई उपचारका लागि भरतपुर पठाइएको छ ।


नेपाली कांग्रेस समाजबादी पार्टी हो : रमेश रिजाल

टेक्सास, अक्टोबर १६ । जनसम्पर्क समिति वेस्ट टेक्सास च्याप्टरको आयोजनामा टेक्सासको स्टेफ़ेन्भिलमा चियापान तथा बिशेष भेटघाट समारोह आयोजना गरियो । २०३३ सालमा बिपी स्वदेश फर्केपछि दशैं तिहारको अवसर पारेर नेपाली कांग्रेसका सथिभाइहरुसंग भेटघाट तथा छलफल कार्यक्रम गर्ने प्रचलन शुरु गर्नु भएको थियो । त्यसलाई नेपाली कांग्रेसले पनि निरन्तरता दिंदै आएको छ । सोहि क्रममा बिदेशमा […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907