समाचार

द्धिपक्षीय उच्चस्तरीय भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ मोडमा पुगेको छ :भारतीय राजदुत राय

नेपालका लागि भारतीय राजदुत रञ्जित रायले पछिल्लो समय नेपाल र भारत दुवैको तर्पmबाट भएका उच्चस्तरीय द्धिपक्षीय भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा पुगेको विश्वास व्यक्त गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै राजदुत रायले पछिल्लो समय द्धिपक्षीय उच्चस्तरीय भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपेको स्पष्ट पारेका छन् । उनले अघि थपे,‘पछिल्ला उच्चस्तरीय भ्रमणले […]


नेपाली समाज टेक्सासको दशैं सांस्कृतिक कार्यक्रम सार्बजनिक

यसपाली पनि दशैँ ढोकैमा आइपुग्यो । अक्टोबर ११ मंगलबार यस बर्षको दशैँ छ । तर यो उमेरमा र यो ठाउँमा दशैँ एउटा औपचारिकता मात्र भएको छ । दशैको महत्व सानोमा हुँदा निकै हुन्थ्यो । नयाँ लुगा लाउन पाइने, मिठो खान पाइने हुँदा दशैंको रौनक अर्कै हुन्थ्यो । मौसम पनि कति राम्रो हुन्थ्यो भने मन त्यसै […]


विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्बाट पारित विभिन्न छ विधेयक आज प्रमाणीकरण गर्नुभएको छ । संसद्का विभिन्न बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका ती विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको हो । प्रमाणीकरण भएका विधेयकमा ‘विशेष आर्थिक क्षेत्रको स्थापना, सञ्चालन र व्यवस्थापन गर्न बनेको विधेयक, २०७३’, ‘कर्मचारी सञ्चय कोषलाई […]


डालसमा नाटक प्रदर्शन

हिजो आइतबार अक्टोबर २।  ३ वटा कार्यक्रममा उपस्थित भैयो। त्यसै थुप्रै कार्यक्रम हुने डालसमा दशैंमा झन् ठुलो चाप हुन्छ। बिहान ७ बजे उठे पछि बेलुकी १० बजे सम्म ती तीनवटा कार्यक्रममा पुग्न भ्याएँ। सबै कार्यक्रम रमाइला थिए। सबै कार्यक्रम केहि न केहि सिक्ने खालका थिए। अनि गल्ति कमजोरी बाट पाठ सिक्नु पर्ने खालका थिए । […]


उपाध्याय र पौडेल राजदूतमा अनुमोदित

संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतको नाम आज अनुमोदन गरेको छ । विशेष समितिको बैठकले भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्याय र चीनका लागि प्रस्ताव गरिएका लीलामणि पौड्याललाई अनुमोदन गरेको हो । बैठकले न्यायपरिषद् सदस्यमा रामप्रसाद सिटौलालाई पनि अनुमोदन गरेको संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो ।


वीपी राजमार्गमा ठूला सवारीलाई रुटपरमिट दिएको छैन :मन्त्री लेखक ‘‘ढुक्क हुनुहोस दशैंमा घर जान समस्या हुँदैन’’

भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखकले विपी राजमार्गमा ठूला सवारी चलाउने निर्णय नभएको स्पष्ट पारेका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री लेखकले वीपी राजमार्गमा ठूला सवारी चलाउन रुटपरमिट सरकारले नदिएको बताएका हुन् । उनले अघि थपे,‘वीपी राजमार्गमा अहिले १८ सिट क्षमता भएका माईक्रो तथा हाईस मात्रै चल्ने गर्छन, सरकारले ठूला […]


डाक्टर केसीका माग तत्काल पूरा गर्न माग गर्दै काठमाडौंमा र्‍याली

आमरण अनसनमा बसेका  वरिष्ठ चिकित्सक प्राध्यापक डाक्टर गोविन्द केसीका माग तत्काल पूरा गर्न माग गर्दै  काठमाडौंमा र्‍याली निकालिएको छ । माइतीघर मण्डलाबाट निकालिएको र्‍याली नयाँबानेश्वरमा पुगेर टुंगिएको थियो । र्‍यालीमा स्वतःस्फूर्तरुपमा सयौं सर्वसाधारण सहभागी थिए । र्‍यालीमा सहभागी भएकाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीलाई कारवाही गरि अख्तियारको मर्यादा कायम राख्न माग गरेका […]


पहिरोमा पुरिएर तिनको मृत्यु

सिन्धुपाल्चोक राम्चेमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका दुईको शव आज प्रहरीले फेला पारेको छ । सिन्धुपाल्चोक राम्चेका चन्द्रकान्त तिमल्सिनाका कान्छा छोरा उद्धब तिमल्सिना र उनको श्रीमती सम्झनाको शव फेला पारेको हो । गएराति २ बजे गएको पहिरोमा दुबै बेपत्ता भएका थिए । पहिरोले पुरिएको ठाउँवाट दुबैको शव आज प निकालिएको छ । पहिरोमा परेर चन्द्रकान्तका […]


संविधान कार्यान्वयन सुरुभयो : प्रधानमन्त्री

 प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयन प्रक्रिया सुरुभएको बताउनुभएको छ ।  बाढी तथा पहिरो अति प्रभावित क्षेत्रको अनुगमन पछि प्रधानमन्त्री दाहालले बहानेमा आज बाढिपहिरो प्रभावितलाई सम्बोधन गर्दै ७ प्रदेशमा उच्च अदालत स्थापनाले संविधान कार्यान्वयन प्रक्रिया सुरु भएको बताउनुभयो । “संविधान कार्यान्वयनका लागि अहिलेको सरकार लागिपरेको छ ।”प्रधानमन्त्री दाहालले भन्नुभयो–“संविधान कार्यान्वयनसँगै मधेस आन्दोलन र राष्ट्रिय आन्तरिक एकताका […]


विशेष सुरक्षा योजनाः कुकुर परिचालनदेखि मोटर गस्ती

बडादसैँ, तिहार छठ पर्वका समयमा राजधानीको सुरक्षा व्यवस्थालाई त्रुटिरहित र मजबुत बनाउन प्रहरीले तीन चरणको सुरक्षा योजना अवलम्बन गर्ने भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले दिएको जानकारी अनुसार चाडपर्वमा जनतालाई सुरक्षा दिलाउन र विदेशबाट घर फर्कने एवम् काठमाडौँ उपत्यकाबाट गन्तव्यमा जाने यात्रु समेतलाई पूर्ण सुरक्षाको सुनिश्चितता दिलाउन सुरक्षा रणनीति तय गरिएको छ । परिसरका […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907