डाक्टर केसीका माग तत्काल पूरा गर्न माग गर्दै काठमाडौंमा र्याली
आमरण अनसनमा बसेका वरिष्ठ चिकित्सक प्राध्यापक डाक्टर गोविन्द केसीका माग तत्काल पूरा गर्न माग गर्दै काठमाडौंमा र्याली निकालिएको छ ।
माइतीघर मण्डलाबाट निकालिएको र्याली नयाँबानेश्वरमा पुगेर टुंगिएको थियो । र्यालीमा स्वतःस्फूर्तरुपमा सयौं सर्वसाधारण सहभागी थिए ।
र्यालीमा सहभागी भएकाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीलाई कारवाही गरि अख्तियारको मर्यादा कायम राख्न माग गरेका थिए ।