महाअभियोगको नेतृत्व काँग्रेसले लिनुपर्छः मन्त्री थापा
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गगनकुमार थापाले महाअभियोग प्रस्तावबारे राष्ट्रिय पार्टीको हिसाबले दायँबायाँ नगरी सत्यका पक्षमा निर्णय गर्नुपर्ने बताउनुभएको छ ।
आज देखी शुरु भएको कांग्रेस केन्द्रिय समितिको बैठकमा बोल्दै मन्त्री थापाले कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्ने बेला एउटा गम्भीर भूल भएको तर त्यसमा सबै राजनीतिक दल सहभागी भए पनि त्यो भूल सच्याउने मौका अहिले काँग्रेसलाई आएको धारणा राख्नु भएको छ । कार्कीको नियुक्ति जति अपवित्र तर उनका कर्म कर्तुत त्योभन्दा बढी अपवित्र भएको भन्दै मन्त्रि थापाले सत्यको पक्षमा उभिएर काँग्रेसले प्रस्तावलाई समर्थन हैन नेतृत्व नै गर्नु पर्ने बिचार राख्नु भएको छ ।
आजको बैठकमा आठ सदस्यले मात्र आफ्नो धारणा राखेका थिए । बैठक शुक्रबार विहान ११ बजे पुनः बस्ने छ ।