प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाभियोग प्रस्ताव -कार्कीको पद निलम्बित
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाभियोग प्रस्ताव दर्ता सँगै कार्कीको पद निलम्बित भएको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रका एक सय ५७ जना सांसदले आयोग प्रमुख कार्कीविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका हुन् ।
संसद सचिवालयले बुधबार अबेर राष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक परिषद र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत प्रस्ताव दर्ता भएको बेहोरा जानकारी पठाएको छ ।
संसदमा महासचिव मनोहरप्रसाद भट्टराईको हस्ताक्षर रहेको पत्रमा संविधानको धारा १०१ को उपधारा २ बमोजिम कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको उल्लेख छ ।
महाभियोग प्रस्तावमा नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाही प्रस्तावक र एमालेका प्रमुख सचेतक भानुभक्त ढकाल समर्थकसहित एकसय ५७ सांसदको हस्ताक्षर छ ।