नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको महायज्ञ सुरु : पहिलो दिन करिव १ लाख संकलन
मनोरञ्जन र परोपकारको क्षेत्रमा काम गर्दै आएको नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले आफनो भवन निर्माणका लागि काठमाण्डौमा महायज्ञ सुरु गरेको छ । काठमाण्डौको तारकेस्वर पैयाटारमा संस्थाले खरीद गरेको जग्गामा आफनै भवन निर्माणका लागि संस्थाले बिहिवार सुरु गरेको महायज्ञमा करिव १ लाख दान संकलन भएको छ । महायज्ञका प्रमुख बाचक पशुपति पौडयाल रहनु भएको छ । महायज्ञ औपचारीक रुपमा सुरु गर्नु पुर्व कलश यात्रा गरिएको थियो । संस्थामा देश भित्र र बाहिर रहेका परोपकारी मन भएका नेपालीहरु आबद्ध छन । झण्डै ४ सय सदस्य रहेको संस्थाले बिभिन्न सामाजीक परोपकारी काम गर्दै आएको छ । आज श्रद्धालु भक्तजन ,स्थानिय संगै संस्थाका सदस्यहरुबाट सो रकम संकलन भएको हो । स्थानिय र उपस्थित सबैले संस्थाको गतिबिधीलाई प्रसंशा गर्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन । ६ गते सम्म चल्ने महायज्ञमा पुराण बाचन संगै आकर्षक अभिनय , नृत्य र गीत संगीतले श्रद्धालुको मन जितेको छ ।