अख्तियारको कार्यबाहक प्रमुख आयुक्तमा बस्न्यात
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त दीप बस्न्यात आयोगको कार्यबाहक प्रमुख आयुक्त बन्नुुभएको छ ।
प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसद्मा महाभियोगका प्रस्ताव दर्ता भएकाले बस्न्यात कार्यबाहक बन्नुभएको हो । आयोगको नियमावलीमा प्रमुख आयुक्तको अनुपस्थितिमा उपस्थित आयुक्तमध्ये वरिष्ठ आयुक्तले कार्यबाहक प्रमुख हुने व्यवस्था छ । आयोगमा हाल पाँच आयुक्त छन ।