फेब्रुअरी १५, वाशिंगटन डिसी । स्वस्थानी ब्रतकथामा सतीदेवीले आफ्नै पिताको यज्ञ कुण्डमा हाम फालेर देह त्याग गर्छिन । त्यो कुरा भगवान शिवले थाहा पाउँछन् र दक्ष प्रजापतिको घर पुग्छन । त्यहाँ पुगे पछि आफ्नी प्राणभन्दा प्यारी सतीदेवीको प्राण पखेरु उडेको र सोको कारण दक्षप्रजापतिले महायज्ञमा निम्तो नगरेको थाहा पाए पछि क्रुद्ध हुन्छन र यज्ञ ध्वस्त […]
इटहरी, ४ फागुन । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वदेशी तथा विदेशी युरोलोजी विशेषज्ञको टोली आउने भएका छन् । प्रतिष्ठानको सर्जरी विभागअन्तर्गत युरोलोजी डिभिजनले यही फागुन ५ मा नेपाल एसोसियसनको तीनदिने अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा ती विशेषज्ञ आउने भएका हुन् । प्रतिष्ठानले आयोजना गर्ने उक्त कार्यक्रममा भारत, चीन, अमेरिका, टर्की, सिङ्गापुर, थाइल्याण्ड, म्यानमार, बङ्गलादेश, फिलिपिन्स […]
फेब्रुअरी १४, वाशिंटन डिसी । सोमबार मात्र रास्ट्रपति ट्रंपका सुरक्षा सल्लाहकारले रसियन राजदुत संग कुरा गरेको र उक्त कुराकानीमा के कुरा भएको थियो भनेर ढांटे पछि राजिनामा दिन बाध्य भएका थिए । त्यसको २४ घण्टा नबित्दै न्यु योर्क टाइम्सले फेरी अर्को सनसनीपूर्ण समाचार प्रकाशन गरेको छ । आज अमेरिकाको पुर्बी तटको समय अनुसार साढे नौ […]
यतिबेला अमेरिकामा रहेका नेपालीहरु जुन महिनामा हुन लागेको एनआरएन अमेरिकाको चुनावको माहोलमा छन् । उम्मेदवारीको लर्को संगै सदस्यताको लागि आबेदन पनि खुलेको छ । उम्मेदवारहरु आफ्ना सामाजिक संजालका मंचहरुमा सदस्यता लिनको लागि आग्रह गरिरहेका छन् । करिब साढे दुइ लाख नेपालीहरु भएको अमेरिकामा गत निर्बाचनमा १० हजार सदस्य बनेका थिए । त्यसमध्य कतिपय सदस्यताको लागि […]
काठमाडौँ, ३ फागुन । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालको नयाँ संविधान समावेशी प्रजातन्त्रको विश्वकै नमुना रहेको बताउनुभएको छ । बेल्जियमस्थित नेपाली दूतावास र युरोपियन इन्स्टिच्युट फर एसियन स्टडिजद्वारा आज ब्रसेल्समा आयोजित ‘नेपालमा समावेशी प्रजातन्त्र र आर्थिक रुपान्तरण’ विषयक अन्तरक्रियामा उहाँले भन्नुभयो– “नेपालले शान्तिवार्ताबाट द्वन्द्वको समाधान गरी संविधान सभाबाटै निर्माण गरेको नयाँ संविधान समावेशी प्रजातन्त्रको विश्वकै […]
फेब्रुअरी १३, वाशिंगटन डिसी। ३ हप्ता अघि मात्र सपथ लिएका रास्ट्रपति डोनाल्ड ट्रंपका सुरक्षा सल्लाहकार माइकल फ्लिनले आफ्नो पदबाट राजिनामा दिएका छन्। उनि र रसियाका राजदुत संगको टेलिफोन बार्ताको बारेमा प्रश्न उठे पछि विवाद शुरु भएको थियो। विवाद आए पछि पनि उनले बास्तविकता लुकाएर रास्ट्रपति र उपरास्ट्रपतिलाइ समेत झुठो विवरण पेश गरेका थिए। यसबारेमा केहि […]
फेब्रुअरी १३, क्यालिफोर्निया, अमेरिका । क्यालिफोर्नियाको ओरोभिल सहरस्थित ओरोभिल बाँधबाट पानी पोखिएर हज्जारौं बासिन्दा प्रभावित भएका छन् । अमेरिकाको सबभन्दा अग्लो स्थानमा रहेको उक्त बाँधले क्यालिफोर्निया राज्यको दोश्रो ठुलो मानब निर्मित तालको निर्माण गरेको छ । उक्त मानब निर्मित तालमा दुइवटा बढी भएको पानी बग्ने स्थान बनाइएको छ तर यति बेला यी दुबैमा समस्या देखिएको […]
सिकागो फेब्रुअरी १३ सिकागोल्यान्ड नेपाली फ्रेन्ड्शिप सोसाइटीको आयोजनामा आज सन्स्थाको अफिस रहेको चर्च हलमा ३ छुट्टाछुट्टै विषयको अन्तर्कृया सम्पन्न भयो । सीप बिना अमेरिकामा राम्रो रोजगारी प्राप्त गर्न र सुबिधायुक्त जीवनयापन गर्न गाह्रो छ । डिभी परेर वा अन्य तरिकाबाट अमेरिका आएका नेपालीहरु धेरै जसो न्युनतम ज्यालामा काम गर्ने र बल्लबल्ल जीवन गुजारा गर्ने गरेका […]
ब्रसेल्स, १ फागुन । युरोपियन युनियन (ईयू) ले उत्तर कोरियाले आइतबार गरेको क्षेप्यास्त्र परीक्षणको कडा शब्दमा आलोचना गर्दै यस्ता उत्तेजनात्मक गतिविधि ईयूका लागि अस्वीकार्य भएको जनाएको छ । ईयूले लगातार रुपमा उत्तर कोरियाले गरेका हतियार परीक्षण संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को हतियारसम्बन्धी सङ्कल्प प्रस्तावको अर्को उल्लङ्घनको घटना भएको बताएको छ । ईयूको कूटनीतिक मामिला हेर्ने बाह्य […]
(नारायण अधिकारी) चितवन, १ फागुन । जनमुक्तिका लागि भन्दै सशस्त्र द्वन्द्वमा होमिएका महिला योद्धाले अब देशमा शान्ति कायम भई देशलाई समृद्धितर्फ लैजानुपर्ने बताएका छन् । एक्काइस वर्षअघि आजैका दिनदेखि युद्ध मैदानमा गएका उनीहरुले तत्कालीन समयमा देखेका सपना पूरा नभए पनि जनताले शान्ति पाउनुपर्ने बताएका छन् । शान्ति सम्झौतापछि प्रमाणीकरणका क्रममा स्वेच्छिक अवकाश लिएका देशभरका पूर्वजनमुक्ति […]