नेपाली भाषा, साहित्य, कला, सँस्कृतीको लागि कार्यरत र आफ्नो नेपाली पन र मनको आभासका लागि संसार भर कार्यरत अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिड़्गटन डि.सी. मेट्रो कमिटीको सन २०१७ – २०१९ कार्यकालको निर्वाचनसम्पन्न भएकोछ । सँस्थाको बिधान बमोजिम प्रकाशित निर्बाचन कार्यक्रम अनुसार ३ जनाको निर्वाचन समितिले (मनकुमारी थापा, डा. अनिल सुवाल र पत्रकार सुजित अर्जेल) निर्वाचन […]
जेनेभा, १० फागुन । संयुक्त राष्ट्रसङ्घले सिरियासँगको शान्ति वार्ताका लागि काम भइरहेको जनाएको छ । सो संस्थाले उक्त वार्ताका लागि आगामी २३ फेब्रुअरीमा मध्यस्थतालगायतका बारेमा तयारी भएको जनाएको हो । सिरियामा शान्ति वार्ताको तयारी भएको छ । यसका लागि आगामी २३ फेब्रुअरीमा मध्यस्थकर्ताहरुको बैठक बस्ने भएको छ । सो प्रयोजनका लागि जेनेभामा सिरियाली शान्ति वार्ता […]
काठमाडौँ, १० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा स्थानीय तहको निर्वाचन गराउने विषयमा आम सहमति जुटेको छ भने संविधान संशोधन प्रक्रिया छलफलमा लान विपक्षी दल लचक देखिएका छन् । बैठकको अन्तिम समयमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जानकारी दिएर अनुपस्थित भए पनि उपस्थित सबै दलले आगामी वैशाख ३१ निर्वाचन घोषणा भएकामा स्वागत […]
आज फेब्रुअरी २०, सोमबार हो । अर्थात् फेब्रुअरी महिनाको तेश्रो सोमबार । यो दिनलाई रास्ट्रपति दिनको रुपमा १८७९ देखि शुरु गरिएको थियो । तत्कालिन कांग्रेसले वाशिंटन डिसीको लागि मात्र बिदा घोषणा त्यति बेला गरे पनि १८८५ मा त्यो राष्ट्रब्यापी गरियो र अमेरिकाभर समय क्रममा राष्ट्रको लागि योगदान दिने रास्ट्रपतिहरुको सम्मानमा रास्ट्रपति दिवस मनाउन थालियो । […]
बेइजिङ, ९ फागुन । चीनले ब्रिक्स राष्ट्रको आगामी सम्मेलनको आयोजनाका लागि दक्षिण अफ्रिकालगायतका ब्रिक्स सदस्य राष्ट्रहरसँग समन्वय र सहयोग गर्ने जनाएको छ । चिनियाँ विदेशमन्त्री वाङ यिले दक्षिण अफ्रिकाका विदेशमन्त्रीसँगको भेटवार्ताका क्रममा सो धारणा राख्नुभएकोे हो । हाल चीनको भ्रमणमा रहनुभएका दक्षिण अफ्रिकाका विदेशमन्त्री माइते एन्कोना मासाबाने र चिनियाँ विदेशमन्त्रीबीच सोममार चिनियाँ राजधानी बेइजिङ्मा भेटवार्ता […]
काठमाडौँ, ९ फागुन । सरकारले आगामी वैशाख ३१ गते आइतबार एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने भएको छ । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लामो समयदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन गराउने मिति तय गरेको हो । निर्वाचनका लागि अर्थ मन्त्रालयले रु १० अर्ब २९ करोड ६३ लाख ७६ हजार ७७५ रकम उपलब्ध गराउने निर्णयसमेत […]
फलेवास (पर्वत), ९ फागुन । मर्मतका लागि बन्द गरिएको मुलुककै पहिलो केबुलकार मोडेलको कुस्मा बलेवा यान्त्रिक पुल तीन सातापछि सञ्चालनमा आएको छ । यान्त्रिक पुलको लट्ठामा प्राविधिक समस्या देखिएका कारण गत माघ १७ गतेदेखि बन्द गरिएको यान्त्रिक पुल आइतबारदेखि नियमित रुपमा सञ्चालनमा आएको हो । पुलले हरेक डेढ–दुई वर्षमा मसिनो लट्ठा परिर्वतन गर्दै आएको छ […]
डालस, १९ फेब्रुअरी । शनिबार अर्थात् फेब्रुअरी १८ का दिन अमेरिकाको दक्षिणी राज्य टेक्सासको डालसमा करिब एक हजार सात सयजनाले विरोध जुलुस प्रदर्शन गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रवेश गरेलगत्तै सात मुस्लिम बहुल राष्ट्रहरुः इराक, इरान, सिरिया, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरुलाई आगामी तीन महिनासम्म र सबैखालका आप्रवासी तथा शरणार्थीहरुलाई आगामी […]
डोनाल्ड ट्रंपले रास्ट्रपतिको रुपमा सपथ ग्रहण गरेको एक महिना पुग्न लागेको छ। उनका कतिपय निर्णयहरु र भनाइहरुले उनि कतै तानासाही हुने बाटोमा त छैनन् भन्ने प्रश्न जन्माएको छ। उनको अभिव्यक्ति मात्र होइन उनका क्रियाकलाप समेत त्यता तर्फ निर्देशित देखिन्छन। स्वदेशमा मात्र होइन अरु देशहरुसंग समेत युद्ध नजिकिंदै गएको प्रतित हुन थालेको छ। संसारमा थुप्रै देशहरु […]
इलाम, ८ फागुन । इलामलाई सन् २०१७ सम्ममा घरभित्रको धुवाँ प्रदूषणमुक्त जिल्ला घोषणा गर्ने लक्ष्य लिइए पनि हालसम्म २२ हजार घरधुरीमा मात्र सुधारिएको चुलो निर्माण भएको छ । जिल्ला विकास समितिको २१ औँ जिल्ला परिषद्ले जिल्लालाई नै घरभित्रको धुवाँ प्रदूषणमुक्त जिल्ला घोषणा गर्ने लक्ष्यका साथ सुधारिएको चुलो निर्माण कार्यलाई तीव्र रूपमा अघि बढाउने निर्णय गरेको […]