समाचार

भुटानी शरणार्थी स्वदेश फर्किन पाउनुपर्ने नेपालको अडान

काठमाडौँ, १६ फागुन । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालमा बाँकी रहेका भुटानी शरणार्थी स्वदेश फर्किन पाउनुपर्ने नेपालको अडान दोहो¥याउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ३४ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी हाल जेनेभामा रहनुभएका मन्त्री डा महतले आज शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायुक्त फिलिपो ग्रान्डीसँगको भेटका क्रममा ती शरणार्थी आफ्नो देशमा नफर्कँदासम्म तथा […]


२०१६ मा जर्मनीमा शरणार्थी उपर तीन हजार पाँच सय आक्रमण

बर्लिन, १६ फागुन । जर्मनीमा प्रकाशित एक नयाँ प्रतिवेदन अनुसार शरणार्थी तथा उनीहरु बसोवास गरिरहेका शरणार्थी शिविरहरुमा सन् २०१६ मा तीन हजार पाँच सय भन्दा बढी आक्रमणका घटना भएका पुरानो र विश्वसनीय मानिएको स्थानीय समाचार पत्र डचे बेलेले जनाएको छ । जर्मनीको गृह मन्त्रालयद्वारा प्रकाशित एक प्रारम्भिक प्रतिवेदन अनुसार दुई हजार ५४५ आप्रवासीमाथि व्यक्तिगत रुपमा […]


टेक्सासबाट गौरी जोशी एनआरएन अमेरिकाको अध्यक्षमा उम्मेद्वारी: राम पोखरेलको चुनौती कायमै

फेब्रुअरी २६, आइतबार, डालस, टेक्सास। यो हप्ता व्यस्त तरिकाले बित्यो। शनिबारको दिन डालसमा बस्ने नेपालीहरुको आस्था र मिलनको केन्द्र पशुपतिनाथ तथा बुद्ध मन्दिरको उद्घाटन भयो। दिनभर त्यसैमा बित्यो। आइतबार फेरी अर्को महत्वपूर्ण कार्यक्रम थियो। समाजसेवी गौरी राज जोशीको उम्मेद्वारी घोषणा कार्यक्रम। एनआरएन अमेरिकाको अध्यक्ष पदमा उम्मेदवार औपचारिक रुपमा घोषणा गर्ने कार्यक्रम। एक्लै, दुइजना, तीन जना […]


चुनावी राजनीति र चुनावको भविष्य

लामो रस्साकस्सीपछि बल्ल स्थानीय चुनावको मिति घोषणा भयको छ। ०४६ सालको परिवर्तन यता नेपालमा दुई वटा मात्र स्थानीय निकायको निर्वाचन हुन सके। पछिल्लो पटक बिक्रम सम्बत २०५४ मा स्थानीय चुनाव भएको हो। बिक्रम सम्बत २०५९ मा अर्को चुनाव हुनुपर्नेमा २०७३ पुग्दासम्म पनि हुन सकेको छैन। नयाँ संविधान अनुसार अर्को वर्षको मंसिरसम्म स्थानीय, प्रदेश र केन्द्रीय […]


टेक्सासको डालसमा पशुपतिनाथ तथा बुद्ध मन्दिरको भब्य उदघाटन

फेब्रुअरी २५, शनिबार। अमेरिकाको दोश्रो ठुलो राज्य टेक्सासको डालस फोर्ट वर्थ एरियामा स्थित अर्भिंग सिटिमा आज एक भब्य समारोहका बीच नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र द्वारा निर्मित पशुपतिनाथ तथा बुद्ध मन्दिरको समुद्घाटन सम्पन्न भयो। मन्दिर नजिकै रहेको फन एसियाको पार्किङ्ग देखि शुरु भएको पदयात्रा पन्चे बाजा, धिमे बाजा र अन्य झाँकी सहित सयौंको संख्यामा उपस्थित […]


चीनले नेपालको विकासका लागि धेरै महत्व दिएको छःराजदूत

काठमाडौँ, १३ फागुन । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले नेपाल–चीन प्राचीनतम सम्बन्धलाई नयाँपन दिएर दुई देशको आर्थिक, सामाजिक विकास गर्नुपर्ने आँैल्याउनुभएको छ । नेपाल–चीन हिमालयमैत्री समाजले यहाँ आज आयोजना गरेको अन्तक्र्रियामा उहाँले नेपाल आत्मनिर्भर भएर अघि बढ्नका लागि चीनको सहयोगको अपेक्षा गर्नुभयो । कार्यक्रममा नेपालका लागि चीनका राजदूत यु होङले चीन सरकारले नेपालको विकासका […]


महा शिवरात्रि आज नेपालभर भब्य रुपमा मनाइंदै

काठमाडौँ, १३ फागुन । महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज नेपालभर मनाइँदैछ । हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक महादेवको पूजा–आराधना गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व असोज शुक्ल अष्टमीको रातको कालरात्रि, श्रीकृष्ण जन्माष्टमीको रातको मोहरात्रि र लक्ष्मीपूजाको रातको सुखरात्रि […]


एनआरएन अमेरिकाको अध्यक्षमा टेक्सासबाट राम पोखरेलको उम्मेद्वारी

फेब्रुअरी २३, डालस, टेक्सास। एनआरएन अमेरिकाको आगामी २०१७-२०१९ को चुनाव नजिकिंदै छ। संगसंगै उम्मेदवार घोषणा हुने क्रम पनि तिब्र छ। बिशेष गरी अध्यक्ष पदमा थुप्रै उम्मेदवारहरुको लर्को लागेको छ। एक कक्षा पास गरे पछि दुइ कक्षामा पढ्ने हो, एक कक्षा फेरी दोहोर्याएर पढ्ने कुरा हुन्न भन्ने विचार राख्ने वर्तमान अध्यक्ष केशव पौडेल देखि उहाँकै कार्यसमितिमा […]


सेना दिवस मनाउँदै

(नारायणप्रसाद न्यौपाने) काठमाडौँ, १२ फागुन । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्गका रुपमा रहेको नेपाली सेनाले शिवरात्रिका अवसरमा शुक्रबार मुलुकभर सेना दिवस मनाउँदै छ । सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टँुडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुनेछ । नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई […]


चुनावको मिति घोषणासँगै डडेल्धुरावासी हर्षित

डडेल्धुरा, १२ फागुन । नेपाल सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै डडेल्धुराका स्थानीयवासी खुसी हुनाका साथै घोषणाको स्वागत गरेका छन् । दुई दशकपछि हुन लागेको स्थानीय निकायकोे चुनावको मिति घोषणा भएको भन्दै डडेल्धुरावासी खुसी भएका हुन् । झन्डै दुई दशकपछि स्थानीय जनप्रतिनिधि पाउनुका साथै नेपालको संविधान कार्यान्वयन हुने भन्दै जिल्ला सदरमुकामदेखि गाउँगाउँका स्थानीयवासी खुसी […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907