डालस, फेब्रुअरी ११, शनिबार। इन्द्रेणी सांस्कृतिक संघले आज यहाँ एउटा छुट्टै अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गर्यो। हाम्रो संस्कार सुधारको कति आबस्यक छ भन्ने बारेमा उक्त अन्तरक्रिया केन्द्रित थियो। नेपालबाट आउनु भएका सेवानिवृत प्राध्यापक धरणी प्रशाद गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमका प्रमुख बक्ता समेत गौतम नै हुनुहुन्थ्यो। इन्द्रेणी सास्कृतिक संघका अध्यक्ष तारा भुषालको सभापतित्वमा सम्पन्न […]
कोहलपुर (बाँके), २९ माघ । स्थानीय विकास मन्त्री हितराज पाण्डेले बालविवाह रोक्नका लागि ‘बिहेवारी २० वर्ष पारि’ नारालाई कार्यान्वय गर्र्नुपर्ने बताउनुभएको छ । टिटिहिरिया गाविसलाई पहिलो बालमैत्री गाविस घोषणा गर्दै मन्त्री पाण्डेले मुलुकलाई बालमैत्री बनाउन बालविवाहलाई रोक्न सो नारालाई व्यवहारमा उतार्न जरुरी रहेको बताउनुभयो । “अन्य गाविस र नगरपालिकाले पनि अनुशरण गर्नुपर्छ,” उहाँले भन्नुभयो । […]
मुम्बई (भारत), २८ माघ । इजिप्टकी ‘विश्वकै सबैभन्दा बढी वजन भएकी महिला’ शल्यक्रियामार्फत आफ्नो वजन घटाउन भारतीय सहर मुम्बई आउनुहुने भएको छ । उहाँको हाल ५०० किलोग्राम तौल रहेको छ । एमान अहमद अब्देल अती, ३६, लाई इजिप्टको विदेशमन्त्रीको पहलमा भिषा प्रदान गरिएपछि यही शनिबार उहाँ मुम्बई आइपुग्ने बताइएको छ । अब्देल अतीलाई ल्याउनु एक […]
रत्ननगर (चितवन), २८ माघ । कोसीटप्पु वन्यजन्तु आरक्षबाट चितवन निकुञ्जमा दुर्लभ वन्यजन्तु अर्ना ल्याउने पहिलो चरणको काम सम्पन्न भएको छ । चितवन राष्ट्रिय निकुञ्जकाअनुसार पहिलो चरणमा कोसीबाट १२ वटा र जावलाखेलको चिडियाघरबाट तीन गरी १५ वटा अर्ना ल्याएर छाडिएपछि पहिलो चरणको अर्ना ल्याउने काम सम्पन्न भएको हो । निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत […]
डोनाल्ड ट्रंप फेरी पराजित भएका छन् । सान फ्रान्सिस्को स्थित ९ औं पुनराबेदन अदालतले ७ वटा देश माथि लगाएको अस्थायी बन्देज लगाउने उनको आदेश गैर कानुनी रहेको भन्दै सियाटल स्थित अदालतले रद्ध गरेको आदेशलाई निरन्तरता दिएको छ । अर्थात् उनले ७ वटा देशका नागरिक माथि बन्देज लगाउने आदेश गैर कानुनी भएको जनाउंदै उनको कार्यकारी आदेश […]
काठमाडौँ, २७ माघ । नेपाल विद्युत् प्राधिकरणले औद्योगिक फिडरबाहेक अन्य क्षेत्रमा आजदेखि लागू हुनेगरी विद्युत्भार कटौती अन्त्य गरेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले अनौपचारिक रुपमा विगत एक सातादेखि चितवनलाई विद्युत्भार कटौती अन्त्य गरिएको जानकारी दिनुभयो । उहाँले भारतबाट थप विद्युत् आयात भएपछि चितवनलाई पनि सहजरुपमा विद्युत् उपलब्ध गराउन सकिएको बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल […]
(राजु विश्वकर्मा) लहान, २७ माघ । माध्यमिक शिक्षा परीक्षा(एसइइ)को तयारीमा रहेकी अञ्जनीकुमारी ठाकुर अचेल बिहान ६ नबज्दै विद्यालय पुग्छिन् । केही दिनअघिसम्म बिहान घरायसी कामकाजमा आमाबुबालाई सघाउँदै आएकी ठाकुरलाई अचेल भने बिहान ६ नबज्दै विद्यालय पुग्न हतार हुन्छ । सप्तरीको भगवतपुरस्थित बुद्धिलाल मुनर माविमाकक्षा १० मा अध्ययनरत ठाकुर भन्छिन् – “यस वर्षको एसइइमा सहभागी हुने […]
नेपाली सीप र लगानीमा खोलिएको सामाजिक सञ्जाल सगुन डटकमले पहिलोपटक सर्वसाधारणबाट दुई करोड डलर (नेरु करिब दुई अर्ब) बराबरको लगानी उठाउन सेयर निष्कासन गरेको छ । आजदेखि संसारको जुनसुकै स्थानबाट जो कोही व्यक्तिले पनि सगुनमा कम्तीमा २९९ डलर लगानी गरी सेयरधनी हुनसक्ने सगुन नेपाल च्याप्टरले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । सगुनले ‘ग’ […]
आज फेरी ट्रंपले ट्विट गरे । अनाबस्यक, झुठ र क्षणिक आबेगमा उनले बिगत लामो समय देखि ट्विटरको प्रयोग गर्दै आएका छन् । अमेरिकी रास्ट्रपति भए पछि पनि उनले आफ्नो ट्विटर एकाउन्टको दुरुपयोग जारी राखेका छन् । आज उनले आफ्नी छोरी इभाङ्काको ब्यबशाय प्रबर्धन गर्न र इभाङ्काको ब्यबशायमा धक्का दिने कम्पनीको बिरुद्ध ट्विट गरेर एउटा रास्ट्रपतिको […]
काठमाडौँ, २५ माघ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन सन् २०१७ को अन्त्यमा नेपालमा हुने तय भएको छ । आज सम्पन्न बिम्स्टेक सदस्य राष्ट्रका विदेश मन्त्रालयका सचिवको बैठकका छलफल तथा निर्णयका बारेमा जानकारी गराउँदै परराष्ट्र सचिव शङ्करदास बैरागीले २०१७ को अक्टोबर वा नोभेम्बरमा शिखर सम्मेलन गर्न […]