प्रेस काउन्सिल नेपालले महिलाका सम्बन्धमा समाचार सम्प्रेषण गर्दा अवलम्बन गर्नुपर्ने आचारसंहिताका विषयमा विस्तृत व्यवस्था गर्नका लागि निर्देशिका बनाउन चार सदस्यीय कार्यदल गठन गरेको छ । काउन्सिलका सदस्य शुभेच्छाविन्दु तुलाधरका संयोजकत्वमा गठित कार्यदलका सदस्यमा अधिवक्ता सुरेन्द्र भण्डारी, नेपाल पत्रकार महासङ्घका सचिव सङ्गीता खड्का र सदस्य सचिवमा काउन्सिलका दीपक खनाल रहनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गगनकुमार थापाले महाअभियोग प्रस्तावबारे राष्ट्रिय पार्टीको हिसाबले दायँबायाँ नगरी सत्यका पक्षमा निर्णय गर्नुपर्ने बताउनुभएको छ । आज देखी शुरु भएको कांग्रेस केन्द्रिय समितिको बैठकमा बोल्दै मन्त्री थापाले कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्ने बेला एउटा गम्भीर भूल भएको तर त्यसमा सबै राजनीतिक दल सहभागी भए पनि त्यो भूल सच्याउने मौका अहिले काँग्रेसलाई आएको […]
व्यवस्थापिका–संसद्को ठूलो दल नेपाली काँग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता गराएको भन्दै असन्तुष्टि जनाएको छ । सत्तारुढ प्रमुख घटक दलसँग छलफल नै नगरी एकलौटी ढङ्गवाट महाअभियोग प्रस्ताव ल्याइएको भन्दै असन्तुष्ट काँग्रेसले उक्त प्रस्तावबारे केन्द्रीय समितिमा व्यापक छलफल गरी आवश्यक निर्णय लिने भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा […]
मनोरञ्जन र परोपकारको क्षेत्रमा काम गर्दै आएको नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले आफनो भवन निर्माणका लागि काठमाण्डौमा महायज्ञ सुरु गरेको छ । काठमाण्डौको तारकेस्वर पैयाटारमा संस्थाले खरीद गरेको जग्गामा आफनै भवन निर्माणका लागि संस्थाले बिहिवार सुरु गरेको महायज्ञमा करिव १ लाख दान संकलन भएको छ । महायज्ञका प्रमुख बाचक पशुपति पौडयाल रहनु भएको छ । […]
हिजो अक्टोबर १९ बुधबार फक्स न्युज रास्ट्रपतिय बहस लस भेगसमा सम्पन्न भयो। डेमोक्रेटिक पार्टीको तर्फबाट हिलारी क्लिन्टन र रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रंपले भाग लिए। दुवै पक्षले आफ्ना एजेन्डाहरु प्रस्तुत गर्दै बिपक्षिका एजेन्डाले कसरि मुलुक बर्बाद हुन्छ भनेर तर्क राखे। शुरुमा दुवै जना शान्त देखिए पनि बिस्तारै माहोल तातिन थाल्यो। डोनाल्ड ट्रंपले हिलारीलाइ फोहोरी आइमाई भनेर […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाभियोग प्रस्ताव दर्ता सँगै कार्कीको पद निलम्बित भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका एक सय ५७ जना सांसदले आयोग प्रमुख कार्कीविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका हुन् । संसद सचिवालयले बुधबार अबेर राष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक परिषद र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई […]
हे अगत्स्य मुनि मैले सारा संसार, सत्य, त्रेता, द्वापर अनि कलियुगको बारेमा पनि बताइसकें। कलिमा मान्छे कसरी बिचलित हुनेछ र संसार ध्वस्त हुनेछ भन्ने पनि तपाईंलाइ सविस्तार बर्णन गरिसकें। अब बाँकी सुन्न के इच्छा छ, भन्नुहोस। कुमार जी का यस्ता बचन सुनेर अगत्स्य मुनि भन्नु हुन्छ, हे कुमार तपाईंले मलाई धन्य बनाउनु भयो। मैले संसाररुपी […]
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको अन्तिम मस्यौदा तयारीको चरणमा रहेको बताउनुभएको छ । सरकारको काम कारबाहीको रुपरेखा र भारतको गोवामा भएको ब्रिक्स बिमस्टेक आउटरिच सम्मेलनमा भाग लिने क्रममा भएका भेटवार्ता र नेपालका तर्फबाट त्यहाँ प्रस्तुत गरिएका धारणाबारेमा आज सदनलाई जानकारी गराउने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री दाहालले भन्नुभयो– “नेपालको संविधान कार्यान्वयनका लागि […]
हङकङमा भएको आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा दोस्रो स्थान हासिल गरेको नेपाली महिला क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही रु २५ हजार दिने घोषणा गरेको छ । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले टोलीलाई बधाइ ज्ञापन गर्दै प्रोत्साहन स्वरुप उक्त रकम दिने घोषणा गर्नुभएको हो । उहाँले एसिया कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरेमा […]
गीतकार सङ्घका अध्यक्ष योगेन्द्रमणि दाहाल रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी परिसर, ललितपुरको टोलीले मङ्गलबार बालुवाटारबाट पक्राउ गरेको हो । उनलाई उनी कार्यरत संस्था नेपाल बिटुमिन एन्ड ब्यारेल लिमिटेडको रु १२ करोड ३५ लाख हिनामिना गरेको आरोप लागेकाले पक्राउ गरिएको ललितपुरका प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो । कम्पनीबाट परेको […]