म्यूजिक संसार नेपाल प्रालीले गीतसंगीतको अनलाइन बिक्री बापत स्रष्टालाई अग्रिम रोयल्टी दिएको छ । गीतकार पुष्पा खनालको गीति संग्रह अभिनवमा रहेको यो आँखाको पानीलाई बोलको गीतको अग्रिम रोयल्टी दिएको हो । यो गीतमा सरोज कोइरालाको संगीत रहेको छ भने कोइराला र रोशनी अधिकारीले स्वर दिएका छन । म्यूजिक संसार नेपालले संस्थालाई गीत उपलब्ध गराउने स्रष्टा […]
नेपाल पोलिमर इन्स्टिच्युटको आयोजना एवम् नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट), पोखरा विश्वविद्यालय र जर्मनीको इन्स्टिच्युट अफ पोलिमरवेक्स्टफको सहआयोजनामा विश्वका विभिन्न १६ राष्ट्रका वैज्ञानिक पोखरामा चारदिने छलफलमा जुटेका छन् । अत्यन्त सूक्ष्म पदार्थको प्रयोगबाट वर्तमानको मानव जीवनलाई सहज बनाउने र हाम्रा समाजमा प्राप्त सामग्रीको उपयोगबाट मानवीय आवश्यकता पूरा गर्ने विषयमा केन्द्रित रही वैज्ञानिकले आफूले गरेका […]
हङकङमा भएको आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा दोस्रो स्थान हासिल गरेको नेपाली महिला क्रिकेट टोली आज स्वदेश फर्किएको छ । विश्वकप क्रिकेटको अन्तिम छनोट खेल्ने अवसर नपाए पनि नेपाल एसिया कप क्रिकेटका लागि भने छनोट भएको छ । डबल राउन्ड रोबिन लिगका आधारमा खेलाइएको उक्त प्रतियोगितामा नेपाली महिला टोलीले दोस्रो स्थान हात पार्दै […]
थाइल्यान्डको बैंककमा भइरहेको ३१औँ किङ्स कप सेपाकताक्रो च्याम्पियनसिपको डिभिजन एकमा नेपाल आज सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले मकाउलाई २–० ले पराजित गरी सेमिफाइनल पुगेको नेपाल सेपाकताक्रो सङ्घले जनाएको छ । नेपाल टिम रेगु स्पर्धामा सेमिफाइनलमा पुगेको हो । सोमबार भएको खेलमा नेपालले जर्मनीलाई २–० ले नै हराएको थियो । प्रतियोगिता यही कात्तिक २३ गतेसम्म […]
काठमाडाँैबाट भैरहवा जादै गरेको लु १ ख ७३९१ नं को रात्रि बस आज साँझ नारायणगढ–मुग्लिन सडकखण्डको दाहाखानी गाविस–६ को रिद्धिखोलानजिकै त्रिशूली नदीमा खस्दा नौजना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालका अनुसार नौ जना गम्भीर घाइतेलाई उपचारका लागि भरतपुर पठाइएको छ ।
रोशन घर्ति काभ्रे गाविसस्तरिय युवा क्लबको आयोजनामा टि २० क्रिकेट प्रतियोगिता यहि कार्तिक ३ गते शुरु हुने भएको छ ।काभ्रे गाविसको प्राङगणमा हुने खेलमा १० वटा टिम दर्ता भईसकेको र अन्य थप टिम पनि सहभागि रहने आयोजकले जनाएको छ । कार्यक्रमको बारेमा तालिका समेत बनाएको कल्बका को कोषाध्यक्ष एवं कार्यक्रम सयोजक हिमाल महराले जानकारी दिनुभएको […]
टेक्सास, अक्टोबर १६ । जनसम्पर्क समिति वेस्ट टेक्सास च्याप्टरको आयोजनामा टेक्सासको स्टेफ़ेन्भिलमा चियापान तथा बिशेष भेटघाट समारोह आयोजना गरियो । २०३३ सालमा बिपी स्वदेश फर्केपछि दशैं तिहारको अवसर पारेर नेपाली कांग्रेसका सथिभाइहरुसंग भेटघाट तथा छलफल कार्यक्रम गर्ने प्रचलन शुरु गर्नु भएको थियो । त्यसलाई नेपाली कांग्रेसले पनि निरन्तरता दिंदै आएको छ । सोहि क्रममा बिदेशमा […]
ब्रिक्स सम्मेलनका अवसरमा भारतको गोवामा रहनुभएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिन पिङबीच त्रिपक्षीय भेटवार्ता गरी त्रिदेशीय साझेदारीमा सहमति जनाएका छन् । ब्रिक्स र बिम्स्टेक विस्तारित सम्मेलनका अवसरमा शनिबार राति तीन देशका कार्यकारी प्रमुखबीच भएको सो भेटमा चिनियाँ राष्ट्रपति सि र भारतीय प्रधानमन्त्री मोदीले नेपालले प्रस्ताव गरेको त्रिदेशीय […]
अमेरिकामा रहेका नेपालीहरुको गायनकला लाई अगाडी बढाउन गएको बर्ष देखी सुरु भएको गायन प्रतिष्पर्धाको दोस्रो सिजन सुरु भएको छ । बर्षा बेष्ट पर्फमर सिजन २ मा यस बर्ष पनि उत्साहजनक सहभागीता रहेको सक्षम ग्रुपले जानकारी दिएको छ । अहिले अडिसन राउण्ड चलीरहेको छ । यसबर्ष नेपाल बाट बरिष्ठ संगीतकार सुरेश अधिकारीले पनि प्रतियोगीको गायन कला […]
मनोरञ्जन र परोपकारको क्षेत्रमा काम गर्दै आएको नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले आफनो भवन निर्माणका लागि काठमाण्डौमा महायज्ञ लगाउने भएको छ । कार्तिक ४ गते देखी शुरु हुने महायज्ञको अहिले तिब्रताका साथ तयारी अघि बढाइएको संस्थाले जनाएको छ । काठमाण्डौको तारकेस्वर पैयाटारमा संस्थाले खरीद गरेको जग्गामा आफनै भवन निर्माणका लागि संस्थाले लागाउन लागेको महायज्ञमा दाताहरुले […]