नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले काठमाण्डौमा महायज्ञ लगाउने
मनोरञ्जन र परोपकारको क्षेत्रमा काम गर्दै आएको नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले आफनो भवन निर्माणका लागि काठमाण्डौमा महायज्ञ लगाउने भएको छ । कार्तिक ४ गते देखी शुरु हुने महायज्ञको अहिले तिब्रताका साथ तयारी अघि बढाइएको संस्थाले जनाएको छ । काठमाण्डौको तारकेस्वर पैयाटारमा संस्थाले खरीद गरेको जग्गामा आफनै भवन निर्माणका लागि संस्थाले लागाउन लागेको महायज्ञमा दाताहरुले दिने स्वैच्छिक दान संकलन गरिने संस्थाका अध्यक्ष रामशरण बानियाले जानकारी दिनु भएको छ । संस्थाको मात्रृभूमि समन्वय समतिका अध्यक्ष गणेश जिसीको संयोजनमा अहिले यज्ञस्थलको सरसफाई देखी अतिथिहरुको ब्यबस्थापन र अन्य तयारी भैरहेको छ । महायज्ञका प्रमुख बाचक पशुपति पौडयाल रहनु भएको छ । संस्थामा देश भित्र र बाहिर रहेका परोपकारी मन भएका नेपालीहरु आबद्ध छन । झण्डै ४ सय सदस्य रहेको संस्थाले बिभिन्न सामाजीक परोपकारी काम गर्दै आएको सचिव रामजी शर्माले जानकारी दिनु भएको छ । संस्थाले संस्थाको आफनै भवन बनाउन आयोजना गरिएको महायज्ञमा सहभागी हुन र संस्थाको गतिबिधीलाई सहयोग गर्न सबैलाई अपिल पनि गरेको छ ।