काठमाडौँ, २६ वैशाख । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एलइडी बल्ब खरिदमा अनियमितता भएको पुष्टि भए आफू झुण्डिन तयार रहेको बताउनुभएको छ । “जनतालाई उज्यालो बाड्नु अपराध हो, विद्युत्भार कटौती अन्त्य गर्नु अपराध हो, उद्योग व्यवासाय फस्टाउँछु भन्नु गलत काम हो रु गलत काम गर्ने मनसाय राखेको भए मैले अर्बौं कमाउन सक्थे, एलइडी […]
काठमाडौँ, २१ वैशाख । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ आज ललितपुरको चक्रबही पु¥याइएको छ । रथ वैशाख १७ गते वैशाख शुक्ल चतुर्थीका दिनदेखि ललितपुरको पुल्चोकबाट तान्न सुरु गरिएको थियो । वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिन गोदान गरी भोलिपल्ट अर्थात् वैशाख शुक्ल चतुर्थीका दिनदेखि रथ तान्ने परम्परा छ । पहिलो दिन रथ […]
काठमाडौँ, १९ वैशाख । मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय न्यायिक आयोग (आइसिजे) ले नेपाल सरकार र सत्तारुढ दललाई प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन आग्रह गरेको छ । आयोगका प्रमुख म्याट पोलार्डले आज जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव फिर्ता लिई स्वतन्त्र न्यायापालिका र शक्तिपृथकीकरणको उचित अभ्यास गर्न आग्रह गरिएको छ । विज्ञप्तिमा प्रधानन्यायाधीश […]
चितवन, १९ वैशाख । भरतपुर महानगरपालिकामा प्रमुख तीन दलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख पदमा नेपाली काँग्रेसका तर्फबाट दिनेश कोइराला, नेकपा (एमाले)का तर्फबाट देवीप्रसाद ज्ञवाली र माओवादी केन्द्रका तर्फबाट रेणु दाहालले उम्मेदवारी दर्ता गर्नुभएको हो । उपप्रमुख पदमा नेपाली काँग्रेसका तर्फबाट पार्वती शाह, नेकपा (एमाले)का तर्फबाट दिव्य शर्मा आचार्य, माओवादी केन्द्रका तर्फबाट सुरेन्द्र […]
पथरी (मोरङ), १९ वैशाख । मोरङ भन्नासाथ आम नेपालीले समथर भूभागको कल्पना गर्छन् । धान फल्ने फराकिला खेत र फाँटिलो भूभाग सबैको मस्तिष्कमा उपस्थित हुन्छ । त्यही मोरङ जिल्लाका केही गाविसमा स्वास्थ्य, शिक्षा र सडकको पहुँच पुगेको छैनभन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर उत्तरी मोरङको विकट पहाडी गाउँ सिंहदेवीका अधिकांश गाउँमा ६ महिना मात्र […]
काठमाडौँ, १७ वैशाख । उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले आज आफ्नो पदबाट राजिनामा दिनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई संवोधन गर्दै आज दिइएको राजिनामापत्रमा आजकै मितिबाट राजिनामा दिएको उल्लेख छ । पत्रमा आफूले राजिनामा दिनुको कारण भने उहाँले उल्लेख गर्नुभएको छैन । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणी खनालले उपप्रधानमन्त्री निधिको राजिनामालाई प्रधानमन्त्रीले अस्वभाविक रुपमा लिनुभएको प्रतिक्रिया […]
काठमाडौँ, १७ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसद् सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता भएको छ । महाअभियोग प्रस्तावमा नेपाली काँग्रेसका सांसद मीनबहादुर विश्वकर्मा मुख्य प्रस्तावक र नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक टेकबहादुर बस्नेत मुख्य समर्थक हुनुहुन्छ । सो प्रस्ताव सत्ता साझेदार दुबै दलका २४९ सांसदको हस्ताक्षरसहित आज दिउँसो ४ बजे सचिवालयमा दर्ता गरिएको हो । […]
काठमाडौँ, १६ वैशाख । वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी सातु सर्वत खाएर अक्षय तृतीया पर्व मनाइँदैछ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षयअर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ […]
एनआरएन अमेरिकाको सदस्यता निर्माण सकियो तर सदस्यता निर्माण प्रक्रियामा भएका चलखेलको कथा सकिएको छैन। आफ्नो पक्षमा केहि गलत हुँदा जुँगा मुसारेर जाँड खाएर बस्ने तर अरुको पक्षमा प्रक्रिया दुरुपयोग गरिंदा धोती खोलेर बिरोधमा सडकमा उत्रिने दोहोरो चरित्रधारी अगुवाहरु जुन संगठनका नेता हुन्छन, त्यहाँ गतिलो अपेक्षा गर्न सक्ने कुरै भएन। त्यसैले यहाँ लफ़डै लफडा छ। सदस्यता […]
काठमाडाँै, १४ वैशाख । राष्ट्रिय मानव अधिकार आयोगले आसन्न स्थानीय तह निर्वाचनको अनुगमन गर्ने भएको छ । आयोगले निर्वाचनअघि, निर्वाचनको समय र निर्वाचनपछि गरी तीन चरणमा मानवाधिकारको सुनिश्चितता सम्बन्धमा देशव्यापी रूपमा अनुगमन गर्ने आयोगका प्रवक्ता मोहना अन्सारीले जानकारी दिनुभयो । अनुगमनका लागि आयोगले यसै हप्तादेखि मानवाधिकार अधिकृतको टोली अनुगमनका लागि खटाउने भएको छ । उहाँले […]