ताजा अपडेट

बाइस स्थानीय तह थपियो

काठमाडौँ, ८ जेठ । सरकारले १२ वटा जिल्लामा २२ वटा स्थानीय तह थप्ने निर्णय गरेको छ । यो सँगै स्थानीय तहको सङ्ख्या ७६६ पुगेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको सङ्ख्या पुनरावलोकन गर्न गठित कार्यदलको सुझावका आधारमा सरकारले उक्त निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । […]


बलेवा विमानस्थल सञ्चालन गर्ने नवनिर्वाचित नगरप्रमुखको प्रतिबद्धता

फलेवास (पर्वत), ८ जेठ । हालै निर्वाचित पर्वतको कुश्मा र बागलुङ नगरपालिकाका प्रमुखले विगत दुई दशकभन्दा अघिदेखि बन्द भएको बलेवा विमानस्थल सञ्चालन गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् । नवनिर्वाचित नगरप्रमुखको सम्मानमा कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले आइतबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै ती जनप्रतिनिधिले धौलागिरिको भविष्य निर्माण गर्नका लागि बलेवा विमानस्थलको महत्वपूर्ण भूमिका रहेको […]


कैलाली घटनाका मुद्दा फिर्ता लिने निर्णयविरुद्ध रिट

काठमाडौँ, ७ जेठ । कैलालीको टीकापुर घटनाका आरोपितको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल सरकार लगायतलाई विपक्षी बनाई अधिवक्ता कपिलदेव ढकाल, नेपाल सरकारका पूर्वसचिव द्वारिकानाथ ढुङ्गेल, डा जगदीशचन्द्र बरालले संयुक्तरुपमा मुद्वा दायर गर्नुभएको हो । रिट निवेदनमा कानुनी शासनको मूल सिद्धान्त नै आकर्षित […]


युएनए मा हुने फेसन शो अमेरिका बसेर नेपाल हेर्ने अवसर हो: डिजाइनर सुबेच्छा भडेल

हामीलाई लाग्छ, सामान्य मान्छेहरु फेसन गर्दैनन् । फेसन गर्ने काम मोडेलहरुको हो । फिल्मका कलाकारहरु पनि फेसन गर्छन । उनीहरु फरक ठाउँमा फरक लुगामा प्रस्तुत हुन्छन । उनीहरु मौसम अनुसार, परिवेश अनुसार, जिउ अनुसार, हैसियत अनुसार पोशाक परिवर्तन गर्छन । अहिले संसारभर फेसनको ठुलो बजार छ । कलेजमा फेसनको पढाई हुन्छ । पहिले पहिले एउटै लुगाले आधा जिन्दगी जान्थ्यो । घरमा र बाहिर हिंडडुल […]


रोल्पाली महिला सिलाइकटाइबाट आत्मनिर्भर बन्दै

रोल्पा, ६ जेठ । श्रीमान्ले अर्की टिपेर हिँडेपछि जङ्कोट– ४ रोल्पाकी तिलकुमारी घर्ती बेसाहारा बनिन् । दुई वर्षे काखे बालक च्यापेर दिनरात घरको काम गरे पनि उनलाई घरका सदस्यले समेत वास्ता गर्न छाडे । मन बुझाउने कुनै उपाय नभएपछि बाध्य भएर उनी छोरा च्यापेर कोर्चवाङमा रहेको माइत गइन् । आफँै आत्मनिर्भर कसरी हुनेभन्ने चिन्ता थियो […]


सदगुरुसंग पत्रकार बाल जोशीको सुन्नै पर्ने एक अन्तरबार्ता


टेक्सासमा नेपाल अमेरिका पत्रकार संघले सांगीतिक साँझ गर्ने

अमेरिका । अमेरिकामा तेस्रो नेजा नाईट नामक सॉगितिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । उत्तर अमेरिकामा वस्ने नेपालीमूलका पत्रकारहरूको छाता संगठन नेपाल अमेरिका पत्रकार संघ, नेजाले नेजा नाईट नामक सॉगितिक कार्यक्रमको आयोजना गर्न लागेको हो । घटना – दुर्घटनामा पर्ने पत्रकारहरूको सहयोगार्थ आपतकालिन कोषको लागी नेजाले आगामी जुन १७ तारिखमा आयोजना गर्न लागेको जनाएको […]


मिस नेपाल क्यालिफोर्निया २०१७ आयोजना हुँदै

संवाददाता महाशक्ति देश अमेरिका ज्ञान, विज्ञान र आधुनिकताको उच्चतम प्रयोग हुने भुमि हो । विश्वभरका मानिसहरुको सपनाको संसार हो । त्यसैले त प्रतिभाशालि युवा युवतिको विश्वभरवाट यहीँ ओइरोलाग्छ । करिव १८ देखि ३० वर्ष उमेर समुहका प्रतिभाशालि नेपाली युवा युवती पनि राम्रो शिक्षा र उज्जोल भविस्यका लागि यहाँ संघर्ष गरिरहेका छन् । आधिकारिक तथ्यांक नभएपनि करिव […]


यो सम्मेलन नेपाली युबाहरुको उन्नति पथको कोशेढुंगा हो:पासांग लामा

यहि मे २६ देखि २८ सम्म डालसमा हुन गैरहेको युएनएको दोश्रो सम्मेलनको तयारी बारे संस्थाका अध्यक्ष पासांग लामा संग गरिएको संक्षिप्त कुराकानी: -युएनएको दोश्रो सम्मेलन आउनै लागिसक्यो, केकस्तो तयारी भएको छ ? युएनएको सम्मेलनको दिन आउन करिव एक हप्ता र केहि दिन बाँकी छ । संयोजकको माध्ययमबाट हरेक क्षेत्रमा काम भैरहेको छ । खेलकुद, फोरमहरु, […]


यो आफ्नो शरीर प्रतिको गर्व र क्षमता प्रतिको आत्मबिस्वास हो:  नगमा श्रेष्ठ

नगमा श्रेष्ठ नेपाली ग्ल्यामर दुनियाँमा चिर परिचित नाम हो । पिता जयराज श्रेष्ठ र माता चण्डिका श्रेष्ठको  कोखबाट जन्मेकी नगमा कलेज देखि नै ग्ल्यामरको दुनियाँमा प्रवेश गरिन। पुर्बाञ्चल बिस्वबिधयालयबाट बिबिए गरेकी नगमा नेपाल र अन्तररास्ट्रीय स्तरमा भएका बिभिन्न खालका सुन्दरी प्रतियोगिताहरुमा सहभागी भैसकेकी छिन। २००९ मा मिस कलेज बनेर सुन्दरी प्रतियोगितामा यात्रा शुरु गरेकी नग्मा अन्तररास्ट्रीय प्रस्तिस्पर्धामा नेपालबाट […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907