ताजा अपडेट

युएनएको तयारी र यसको कार्यक्रमहरु बारे अन्तिम जानकारी

युनाइटेड नेपालीज एसोसिएसनको मे २७-२८ डालसमा हुने दोश्रो सम्मेलनको तयारी पुरा भएको छ। खेलाडी, कलाकार, सहभागी एबम अतिथिहरु कतिपय आइसक्नु भएको छ भने कतिपय आउने क्रम जारी छ। यो दुइ दिन घनिभूत रुपमा कार्यक्रमहरु संचालन हुँदैछन। थुप्रै खेलकुद, फेसन शो , ट्यालेन्ट शो, फेसन सेमिनार, सामाजिक संस्थाहरुको अन्तरक्रियात्मक कार्यक्रम, स्पेलिंग बी प्रतियोगिता र सांस्कृतिक कार्यक्रम […]


‘भूकम्पमा मल्हमपट्टी’लाई उत्तम शान्ति पुरस्कार

काठमाडौँ, १२ जेठ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले गत वर्षको ‘उत्तम शान्ति पुरस्कार’ लेखक रवीन्द्र समिरलाई सुन्दर, सरल र सहज शिल्पका माध्यमद्वारा नेपाली साहित्यमा दिएको योगदानबापत उहाँको संस्मरणात्मक कृति ‘भूकम्पमा मल्हमपट्टी’ लाई प्रदान गरेको छ । गुठीद्वारा आज यहाँ आयोजित कार्यक्रममा गुठीका संरक्षिका अनामिका सिंह र सदस्य सचिव ठाकुरप्रसाद पराजुलीले ताम्रपत्रका साथ रु ५० […]


चार डिजेले दुइ दिन डालसमा धुम मच्चाउने

युनाइटेड नेपालीज एसोसिएसनको आगामी सप्ताहान्तमा हुने दोश्रो सम्मेलनको तयारी पुरा भएको छ। यसमा खेलकुद, सांस्कृतिक कार्यक्रम, ट्यालेन्ट शो, स्थानीय संघ संस्थाहरुसंगको अन्तरक्रिया, स्थानिय स्वयंसेवी संस्थाहरुका कार्यक्रमहरु, उत्प्रेरक प्रबचनहरु लगायत थुप्रै गतिला कार्यक्रमहरु आयोजना गरिएका छन्। दुवै दिन हुने सम्पूर्ण कार्यक्रमको समाप्ति पश्चात दिनलाई मैजारो गर्न र त्यो दिनभरका थकाइ बिर्साउन अमेरिकामा नेपालीबीच सर्बाधिक चर्चित रहेका […]


माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह मातहत

काठमाडौँ, ११ जेठ । सरकारले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय तहमा हस्तान्तरणकोे नीति कार्यान्वयन गर्ने भएको छ । व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०७४÷०७५ का लागि सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ । नेपालको संविधानको अनुसूचीमा माध्यमिक तह ९कक्षा १ देखि १२ सम्म० सञ्चालनको जिम्मेवारी स्थानीय तहको अधिकार क्षेत्रमा समावेश भएबमोजिम […]


प्रधानमन्त्री दाहालद्वारा पदबाट राजीनामा

काठमाडौँ, १० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । प्रधानमन्त्री कार्यालयबाट आज अपराह्न देशवासीका नाममा सम्बोधन गर्दै उहाँले आजै प्रधानमन्त्री पदबाट राजीनामा गरेको घोषणा गर्नुभयो । साथै उहाँले आफूले तत्काल राष्ट्रपतिसमक्ष राजीनामा बुझाउने घोषणा पनि गर्नुभयो । नेपालको राजनीतिमा लामो समयदेखि ‘नैतिकताको खडेरी’ पर्दैआएको पृष्ठभूमिमा आफूले नेपाली काँग्रेससँग गरेको समझदारी […]


के के हुँदैछ युएनए सम्मेलनको दुइ दिनमा ??

मे २३, डालस, टेक्सास। युनाइटेड नेपालीज एसोसिएसनको दोश्रो सम्मेलन आउन ४ दिन बाँकी रहंदा यसको लागि आबस्यक सम्पूर्ण तयारी सकिएको छ। खेलकुदमा युबाहरुको सक्रियता र हौसला बढाउन नेपाली क्रिकेट टीमका कप्तान पारस खड्का डालस आइपुग्नु  भएको छ। चर्चित लोक गायक हेमन्त राना पनि डालस आइपुग्नु भएको छ भने नन्दिता केसी, सोनी राजभण्डारी, नगमा श्रेष्ठ, सुबेच्छा […]


म्यानचेस्टर आक्रमणमा सम्लग्न रहेको आशङ्कामा एक व्यक्ति पक्राउ

म्यानचेस्टर (बेलायत), ९ जेठ । बेलायतमा सोमबार राति भएको म्यानचेस्टर क्षेत्रमा भएको आतङ्कवादी आक्रमणमा सम्लग्न रहेको आशङ्कामा एक २३–बर्षिय यूवकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको यहाँको प्रहरीले मङ्गलबार जनाएको छ । सोमबार साँझ आयोजित सङ्गीतमय बनिरहेको साँझलाई कार्यक्रमकोे अन्तमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै स्थानीय समयानुसार राति १०ः३५ बजे म्यान्चेस्टर सङ्गीतस्थल परिसरमा भयानक आवाजसहित […]


युएनएको दोश्रो सम्मेलनमा दाताहरुको उत्साह: ७० हजार डलर भन्दा बढी संकलन

डलास(टेक्सस) ।युनाइटेड नेपलिज एशोसिएशनको आसन्न दोस्रो सम्मेलनका लागि विभिन्न क्षेत्रवाट सहयोगको क्रम बढेको छ । डलासमा मे २६ देखि २८ सम्म हुने सम्मेलनका लागि हालसम्म ७० हजार सहयोग जुटेको आयोजक संस्थाका अध्यक्ष पासाग लामाले बताउनुभयो । झण्डै १ लाख ५० हजार खर्च अनुमान गरिएको सम्मेलनमा विभिन्न व्यवसायिक प्रतिष्ठान तथा व्यक्तिगत ढंगवाट व्यवसायीहरुले सहयोग गरिरहनु भएको […]


लायन राजेन थापा गभर्नरमा निर्वाचित

संवाददाता लायन राजेन थापा आज विहान नेभाडा राज्यको रेनोमा  संपन्न निर्वाचनवाट लायन्स क्लव डिस्ट्रिक्ट ४ सी ३ को गभर्नरमा निर्वाचित हुनु भएको छ । आवश्यक संख्या भन्दा धेरै मत प्राप्त गरि उहाँ लायान इअर २०१७–२०१८ को लागि डिस्ट्रिक्ट गभर्नरमा निर्वाचित हुनु भएको हो । यसै वर्ष लायन्स क्लव स्थापनाको सयौ वर्ष पुराहुने भएकाले उहाँले सतवार्षिकी […]


नेवा: अर्गनाइजेशनद्वारा लस एन्जल्समा रक्तदान कार्यक्रमको आयोजना

अग्नि चौलागाईं, लस एन्जल्स, २१ मे । आज नेवा: अर्गनाइजेशन साउदर्न क्यालिफोर्निया च्याप्टरको आयोजनामा श्रीपशुपतीनाथ तथा बुद्ध मन्दिरमा रक्तदान कार्यक्रमको आयोजना भएको छ । रक्तदान गर्न ८० जना उपस्थित भएकोमा ३५ जनामात्र दान गर्न सफल भएका थिए ।अगस्ट २०१२ देखि हरेक तीन महिनाको फरकमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । “आफ्नो संस्कृति संरक्षणका लागि […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907