काठमाडौ, २५ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार आउँदो तीन वर्षभित्र नेपाललाई अतिकम विकसित राष्ट्रको सूचीबाट विकासोन्मुख राष्ट्रमा उक्लिने ध्येयमा केन्द्रित रहेको बताउँदै सबै छिमेकी मित्र राष्ट्रहरुको सहयोग र साथ हासिल गरिने धारणा व्यक्त गर्नुभएको छ । बेलायतको तल्लो सदन हाउस अफ कमन्सका सांसद निजेल इभान्सको नेतृत्वमा नेपाल भ्रमणमा रहेको बेलायती सांसदहरुको प्रमण्डलसँग […]
काठमाडौँ, २४ वैशाख: महानगरीय प्रहरी परिसरले जागिर लगाई दिने भन्दै धर्म परिवर्तन गराउन खोज्ने तीन जनालाई पक्राउ गरेको छ । परिसरले नागार्जुन–४ मा चितवनकी लक्ष्मी भट्टराईलाई जागिरको प्रलोभन देखाएर धर्म परिवर्तन गराउन खोज्ने कास्कीकी सुमित्रा गौली, काठमाडौँकी राधिका महर्जन र चितवनकी फुलदेवी भट्टराईलाई वैशाख २१ गते पक्राउ गरी आज सार्वजनिक गरेको हो । जागिर लगाई […]
म बाग्लुंग जिल्ला गल्कोटको बासिन्दा जुन ठाउँ राजनीतिक रुपमा बढी सक्रिय र जागरुक मानिन्छ । बिशेष गरी नेपाल कम्युनिस्ट पार्टी मसालका नेता चित्रबहादुर केसीले आफ्नै बाउले बनाएका तमसुक च्यातेर राजनीतिमा लागे पछि गल्कोट झन् राष्ट्रिय राजनीतिको समेत वरिपरि घुमिरह्यो । एकीकरण अघि गल्कोट एघार गाबिस मिलेर बनेको एक राज्य थियो । धेरै पहिलेको कुरा नगर्दा […]
बिपक्षीसंग १५ दिन भित्र लिखित जवाफ माग्यो गत चैत २३ गते भएको संगीत उत्पादक समाजको चुनाबमा धाँधली भएको भन्दै संगीत ब्यबसायीहरु हरुले दायर गरेको मुद्धामा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको छ । सङ्गीत उत्पादक समाजमाको नव निर्बाचीत कार्यसमिती लाई दैनिक काम कार्यबाहिमा रोक लगाउन माग गर्दै अन्तरिम आदेशको माग दाबी सहित […]
लसएन्जलस – हलिउड निर्देशक जेम्स क्यामरुन निर्देशित फिल्म ‘अवतार’को प्रदर्शनले विश्वभरमै ठूलो सफलता पायो । फिल्मलाई दर्शकले निकै रुचाए। यो फिल्मको हाल दोस्रो भागको सुटिङ भइरहँदा निर्देशक क्यामरुनले फिल्मको चारवटा नयाँ भाग पनि बनाउने योजना खुलाएका छन्।समाचार अनुसार छायांकनरत फिल्मको दोस्रो भाग २०२० सम्ममा रिलिज गर्ने निर्माण पक्षको योजना छ । दोस्रो भागको छायांकन भइरहँदा […]
जोधपुर । उत्तरी भारतको एउटा विशेष अदालतले धर्मगुरू आशारामलाई १६ वर्षीया बालिकाको बलात्कार मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतका न्यायाधीस मधुसुधन शर्माले ७७ बर्षीय धर्मगुरू आशाराममाथि करिब पाँचबर्ष पहिले उनकै अनुयायी परिवारकी एक १६ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपबारे विचाराधीन रहेको मुद्दाको फैसला सुनाएका हुन्। ख्यातिप्राप्त एक धर्मगुरू गुरमितराम रहिमलाई भारतीय अदालतले यौनहिंसामा सम्लग्न […]
प्रतिलिपि अधिकार ऐन र नियमावलीको पूर्ण कार्यान्वयनको अबस्थामा राज्यको कुल ग्राहस्थ उत्पादनमा उल्लेख्य बृद्धिहुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन । अप्रिल २३ तारिख अर्थात अन्तराष्ट्रिय पुस्तक तथा प्रतिलिपि अधिकार दिवसका अबसरमा राजधानीमा आयोजीत एक कार्यक्रमका सहभागीले पछिल्ला दिनमा प्रतिलिपी अधिकारका बारे सचेतना बढदै गएको पनि बताएका छन । दिवशका अबसरमा नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा […]
नेपाली संगीतकारहरुको छाता संस्था संगीतकार संघ नेपालले सुरु गरेको मेचिमहाकाली सांगीतिक अभियानको काठमाण्डौ संस्करण भब्य रुपमा सम्पन्न भएको छ । काठमाण्डौको आर्मी अफिसर्स क्लवमा भएको कार्यक्रमको उदघाटन प्रमुख अतिथि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । शुभ बहादुर सुनामको नेतृत्वमा रहेको बाद्यवादक टोलीको सांगीतिक धूनबाट सुरु भएको ‘मेची महाकाली सांगीतिक अभियानको पहिलो प्रस्तुती नबराज […]
अप्रिल २२, डालस । ब्लड डोनर्स अफ अमेरिकाले आगामी आइतबार अप्रिल २९ गते एक बृहद रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । ब्लड डोनर्स अफ अमेरिका टेक्सास शाखाका अध्यक्ष श्री शिव काफ्लेले नेपाली समाज टेक्सासको सहकार्य र कार्टर ब्लड केयरको सहयोगमा उक्त “मेगा ब्लड ड्राइभ” गर्न लागिएको जनाउनु भएको छ । रक्तदान कार्यक्रम डालस नजिकै […]
प्लनो टेक्सास अमेरिका !!! नेपाली हरू को नया वर्ष २०७५ को उपलक्ष्यमा शुभकामना आदन प्रदान कार्यक्रम भव्य रूप मा टेक्सास को प्लनो मा सम्पन्न गरेका छन । हाम्रो नेपाली समाज को आयोजना मा आयोजित शुभकामना आदन प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम समेत को आयोजना गरिएको हाम्रो नेपाली समाज प्लनो का अध्यक्ष केशव रेग्मी ले जानकारी […]