अन्तराष्ट्रिय पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाइयो फोटो फिचर
प्रतिलिपि अधिकार ऐन र नियमावलीको पूर्ण कार्यान्वयनको अबस्थामा राज्यको कुल ग्राहस्थ उत्पादनमा उल्लेख्य बृद्धिहुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन ।
अप्रिल २३ तारिख अर्थात अन्तराष्ट्रिय पुस्तक तथा प्रतिलिपि अधिकार दिवसका अबसरमा राजधानीमा आयोजीत एक कार्यक्रमका सहभागीले पछिल्ला दिनमा प्रतिलिपी अधिकारका बारे सचेतना बढदै गएको पनि बताएका छन ।
दिवशका अबसरमा नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघ,प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालय, र नेपाल प्रज्ञा प्रतिष्ठान द्धारा आयोजीत साहित्यमा मनोबिज्ञान, प्रकाशनमा प्रबिधिको प्रयोग र प्रतिलिपि अधिकार बिषयक प्रबचन कार्यक्रममा प्रा डा मुरारी प्रसाद रेग्मी र रजिष्ट्रार राजेन्द्र सिग्देलले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बर्ष पुस्तक २०१७ का रुपमा रानीबारी आख्यानलाई उत्कृष्ट ठहर गर्दै लेखक कृष्ण गौतमलाई र प्रकाशक सांग्रीला पुस्तक प्राली लाई नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघका तर्फ बाट पुरस्कृत गरिएको थियो । पदम प्रसाद सिवाकोटीको अध्यक्षता र प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा, उपकुलपति विष्णुविभु घिमिरे, संस्कृति मन्त्रालयका सह सचिव भरतमणी सुबेदी ,लगायतको उपस्थिति थियो ।
राष्ट्रसंघीय शैक्षिक, बैज्ञानिक तथा साँस्कृति संघ युनेस्केको आव्हानमा सन् १९९५ देखि अप्रिल २३ तारिखका दिन यो दिवस विश्वभर मनाउन थालिएको हो ।
यसअघि स्पेनका पुस्तक व्यापारीहरुले सन् १९२३ मा अप्रिल २३ को दिनलाई पुस्तक दिवसका रुपमा मनाएका थिए ।
यस्तै सन् १९२५ देखि प्रेमी प्रेमिकाबीच पुस्तक उपहार दिने चलन बसेपछि दिवसले विश्वव्यापी रुप लिन थालेको हो । नेपालमा भने केही वर्ष अघिदेखि मात्र यो दिवस मनाउन थालिएको हो ।
सर्जकको अनुमति बिना नक्कल गर्न, उत्पादन गर्न र बिक्री वितरणमा रोक लगाउने कानूनको रुपमा नेपालमा प्रतिलिपी अधिकार ऐन २०५९, प्रतिलिपी अधिकार नियमावली २०६१ कार्यान्वयनमा छ ।
अप्रिल २३ तारिख विश्व प्रशिद्ध नाटककार विलियम शेक्सपियरको निधन भएको दिन पनि हो ।