ताजा अपडेट

एक अर्ब ११ करोडको आलु उत्पादन

नुवाकोट, २१ चैत नुवाकोटमा यस वर्ष रु एक अर्ब ११ करोड मूल्य बराबरको आलु उत्पादन भएको छ । बर्खे र हिउँदे दुई याममा उत्पादित ७४ हजार २०४ मेट्रिक टन आलु बिक्री गरेर जिल्लाका किसानले उक्त रकम आर्जन गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिनुभयो । “अघिल्लो वर्षको भन्दा आलु लगाउने क्षेत्रफल […]


संघीयता खारेज गर्नुपर्छ: चित्रबहादुर केसी

काठमाडौँ, १९ चैत : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता कार्यान्वयनमा चुनौति देखिएकाले त्यसलाई खारेज गनुपर्र्ने माग गर्नुभएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधानअनुसार प्रादेशिक संरचनामा बढेको खर्च धान्न मुस्किल रहेको उल्लेख गर्दै देशको आर्थिक अवस्था कमजोेर रहेको अवस्थामा अहिले मुलुकमा संघीयता कार्यान्वयन हुन नसक्ने बताउनुभयो । अध्यक्ष केसीले प्रादेशिक व्ययभारको कारणले […]


युसुफ मलाला पाकिस्तान फर्किन, सुरक्षा व्यवस्था कडा

इस्लामावाद, १८ चैत : नोबेल शान्ति पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युशुफजाइका लागि पाकिस्तानमा कडा सुरक्षाको प्रबन्ध गरिएको समाचार छ । उहाँलाई तालिबानहरुको धम्कीका कारण यस्तो सुरक्षा दिइएको पाकिस्तान सरकारले स्पष्ट गरेको छ । उहाँ हाल पाकिस्तान हुनुहुन्छ । उहाँ आफ्नो गृहनगर पुग्ने पनि कार्यक्रम रहेको छ । पाकिस्तानी तालिबानहरुले ६ वर्षअघि उहाँलाई गोली हानी […]


डालस एभरेस्ट लायन्स क्लबले अप्रिल ८ मा पदयात्रा गर्दै

लेखनाथ गौतम, डालस टेक्सास । अमेरिकाको टेक्सास जति नेपालीहरुको जमघटको केन्द्र बन्दै छ, यहाँ संघ संस्थाहरुको संख्या पनि बढ्दै गएको छ । संघ संस्थाहरुको संख्या बढे संगै तिनका गतिबिधिहरु पनि बढ्दै गएका छन् । केहि संस्थाहरुको उद्देश्य अमेरिकामै रहेका नेपालीहरुको सहयोग गर्ने रहेको छ भने अधिकांश संस्थाहरु आफ्नो मातृभूमिको लागि केहि गर्ने उद्देश्य अनुरुप स्थापना […]


एसईई परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न

भक्तपुर, १७ चैत : कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षा आज सम्पन्न भएको छ । यही चैत ८ गतेदेखि शुरु भएको एसईई परीक्षाको प्राविधिक धारतर्फ बाहेकको सम्पूर्ण परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो । देशभरका एक हजार ९५६ परीक्षा केन्द्रबाट चार लाख […]


अर्थतन्त्रका संरचनात्मक समस्याको समाधानका लागि सरकारको अपिल

काठमाडौँ, १६ चैत: सरकारले लामो समयदेखि थिग्रिएर रहेका अर्थतन्त्रका संरचनात्मक समस्याको समाधान कुनै एक पक्षको पहलबाट सम्भव नभएको भन्दै सहयोगको अपिल गरेको छ । देशको वर्तमान आर्थिक स्थिति सम्बन्धमा अर्थमन्त्री डा युवराज खतिवडाले जारी गर्नुभएको श्वेतपत्रबारे जानकारी दिन आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहयोगको अपेक्षा गरिएको हो । अर्थमन्त्री डा खतिवडाले भन्नुभयो, “मुलुकको अर्थतन्त्रमा […]


भरतपुर महानगरपालिकाद्वारा करमा अत्यधिक वृद्धि

चितवन, १५ चैत: भरतपुर महानगरपालिकाले दुई हजार प्रतिशतसम्म कर बढाएपछि त्यसको सर्वत्र विरोध भएको छ । कर बृद्धि अस्वभाविक रूपले नगर्न व्यवसायीले आग्रह गर्दै आएपनि महानगरपालिकाले यसअघिको कर न्यून भएको भन्दै दुई हजार प्रतिशतसम्म कर बढाएको हो । महानगरपालिकाले ज्यासल वा आरन राखी काँस, पित्तल तामाको भाडा बनाउनेलार्ई रू ५०० बाट बढाएर रू १० हजार […]


कुकर्मको परिणाम : इयुको आदेश

युरोपियन युनियनले नेपालका खस आर्यलाई अलग पहिचान नदिन सरकारलाई सुझावात्मक आदेश दिएको छ । यो आदेशले नेपाली समाज र पूरै राजनीतिलाई तरंगित तुल्याएको छ । निर्वाचन पर्यवेक्षणको आवरणमा गत मंसिरमा सम्पन्न निर्वाचनका विषयमा केही टिप्पणी गर्दै इयुका तर्फबाट यस्तो आदेश आएको हो । यसप्रसंगमा निर्वाचनका विषयमा समेत प्रश्न उठाइएको छ । निर्वाचनका सन्दर्भमा ०७० मा […]


किम जोंग उनको चीन भ्रमणले बिस्वभर तरङ्ग

बेइजिङ, १४ चैत ९:  मङ्गलबार अपरान्ह्सम्म उत्तर कोरियाली नेता किम जोङ उनको बारेमा बेखबर जस्तो रहेको बताउने चीनले उहाँको भ्रमणको पुष्टि गरेको छ । भ्रमणमात्र नभएर उहाँ र चिनियाँ राष्ट्रपति सि चिनफिङबीच राजधानी बेइजिङमा भेटवार्ता नै भएको चिनियाँ समाचार समिति, सिन्ह्वाले बुधबार जनाएको छ । बुधबार चिनियाँ सरकारी समाचार समिति, सिन्ह्वाले किम बेइजिङमा रहनुभएको र […]


सार्बभौमसत्ता, लोकतन्त्र र सामाजिक सद्भावको मामिलामा कसैसंग सम्झौता हुँदैन: प्रधानमन्त्री

काठमाडौँ, १३ चैत :  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका सबै राष्ट्रसँग मित्रवत् व्यवहार गर्नु नेपालको नीति एवं सिद्धान्त भएको स्पष्ट गर्नुभएको छ । यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा विकासका साझेदारहरुलाई प्रधानमन्त्री निवासमा आज सम्बोधन गर्दै उहाँले नेपाल सबैको असल मित्र बन्न चाहन्छ र हामी पनि सबैलाई असल मित्रका रुपमा व्यवहार गर्छौं भन्नुभयो । पञ्चशीलका सिद्धान्त, […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907