काठमाडौँ, १ चैत : गृहमन्त्री रामबहादुर थापाले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न तथा धुलोधुवाँ हटाउन विद्यमान कानुन संशोधन गरेर कडा कानुन ल्याइने बताउनुभएको छ । गृह मन्त्रालयमा काठमाडौँ, ललितपुर, भक्तपुर जिल्लाभित्रका महानगरपालिका र नगरपालिकाका प्रमुख, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, तीनै जिल्लाका प्रमुख र प्रहरी प्रमुख सम्मिलित अन्तरक्रियामा गृहमन्त्रीले कानुनमा रहेको […]
काठमाडौँ– जिम्बावेमा जारी विश्वकप छनोटको प्लेअफ अन्तर्गतको खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)माथि शानदार जित दर्ता गरेको छ । एक दिवसीय मान्यता(ओडीआई)को खोजीमा रहेको नेपालले सातौँ/आठौँ स्थानका भएको खेलमा पीएनजीलाई ६ विकेटले पराजित गरेको छ । ११५ रनको सामान्य लक्ष्य पच्छ्याएको नेपालले २३ ओभरमा ४ विकेटको क्षतीमा लक्ष्य पूरा गरेको हो । दिपेन्द्र सिंह ऐरीले विजयी […]
हिजो अर्थात् मार्च १३ मा सम्पन्न पेन्सिल्भानियाको १८औं जिल्लाको प्रतिनिधिसभाको निर्बाचन सम्पन्न भएको छ र झिनो मतले डेमोक्र्याट उम्मेदवार कनर ल्याम्ब निर्बाचित हुने स्थिति देखिएको छ । २०१६ मा रास्ट्रपतिय निर्बाचनमा डोनाल्ड ट्रंपले यो क्षेत्रमा करिव २० प्रतिशतको अन्तरले हिलारी क्लिन्टनलाइ पराजित गरेका थिए । त्यस अघिका निर्बाचनहरुमा पनि रिपब्लिकन पार्टीका उम्मेदवारहरुले यो क्षेत्र सजिलै […]
बग्दाद, ३० फागुन : इराकको एउटा अदालतले इस्लामिक स्टेट्स (आइएस) समूहका सदस्यसँग विवाह गरेको अभियोगमा चारजना महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ । उक्त अदालतका प्रवक्ता अब्दुल सत्तार अलले सो कुराको जानकारी दिनुभएको छ । इराकको सर्वोच्च न्यायलयका ती प्रवक्ताका अनुसार ती महिलाले आइएस लडाकूसँग विवाह गरेका र उनीहरुलाई आवश्यक सहयोग गरेको आरोप लगाइएको छ । […]
डालस, टेक्सास। बसन्त ऋतुको अबसर पारेर डालसमा एक बिशेष सांगीतिक धमाका हुने भएको छ । “बबाल नाइट आउट स्प्रिंग ब्रेक बाश” भनेर घोषणा गरिएको यो कार्यक्रम डालसमा हुनेगरेका थुप्रै सांगीतिक कार्यक्रमहरुको एकमुस्ठ रुप हो । यसको खास बिशेषता १० जना डिजेको संयुक्त प्रस्तुति संगै पहिलो नेपाली महिला डिजेको प्रस्तुति रहनु पनि हो । बसन्त ऋतुलाई […]
वासिङटन, संयुक्त राज्य अमेरिका: २९ फागुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनलाई पदबाट हटाइएको घोषणागरेका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकी कुटनीतिज्ञ तथा विदेश मन्त्रीका रूपमा टिलरसनले गरेको कार्यका लागि धन्यवाद दिँदै उनको स्थानमा अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सिआइए) का प्रमुख माइक पोम्पेओलाई नियुक्त गरिने ट्वीटरमा जानकारी गराएका छन् । “विदेशमन्त्रीका रूपमा गरेको […]
काठमाडौँ, २८ फागुन: नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)को प्रारम्भिक अनुसन्धानबाट अवतरण असाधारण देखिएकाले आज अपराह्न भएको युएस बंगला विमान दुर्घटना भएको खुलेको छ । क्यानका महानिर्देशक सञ्जीव गौतमका अनुसार विमान दक्षिणबाट अवतरण गर्नुपर्नेमा दिशा मोडेपछि विमानस्थल टावरले सहज अवतरणका लागि आग्रह गर्दा पनि जहाजले आपत्कालीन घोषणा भने गरेको थिएन । जहाजको अवतरण असाधारण देखिएपछि विमानस्थल प्राविधिकले […]
संगीतकर्मी कल्याणकारी कोषमा सर्जक सुरेश वाग्लेको ५० हजार सहयोग गरेका छन । संगीतकार संघ नेपालमा आयोजीत एक कार्यक्रममा वाग्लेले उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन । अमेरिकाको बोष्टनमा बस्दै आएका वाग्ने गजलगृह नामक संस्थाका अध्यक्ष पनि हुन । उनका रेकर्डेड गीत गजलहरु दर्शक श्रोतामाझ आइरहेका छन । संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले […]
वाशिंटन डिसी, अमेरिका । अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रंपले अन्तत: स्टिल र आल्मुनियम आयात माथि कर लगाउने भएका छन् । अघिल्लो हप्ता मात्र उनले स्टिलमा २५% र आल्मुनियममा १०% कर लगाउने घोषणा गरेका थिए । आज व्हाइट हाउसमा आयोजित एक समारोहका बीच उनले आफ्नो रास्ट्रपति उम्मेदवार हुँदाको अबधिमा गरेका बाचा पुरा गर्नु आफ्नो कर्तब्य भएको र […]
मस्को (रसिया), २१ फागुन ःरसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपतीय निर्वाचन २०१६ मा निर्वाचनमा हस्तक्षेप गरेको भनी आरोप लागेका आफ्ना १३ नागरिकलाई अमेरिकासमक्ष सुपुर्दगी नगर्ने रसियाले जनाएको छ । तास नामक राज्य सञ्चालित रसियाली समाचार संस्थाले राष्ट्रपति पुटिनसँग हालै अमेरिकी एनबीसी टेलिभिजनलाई दिइएको एक अन्तर्वार्तामा उहाँको भनाई उद्धृत गर्दै भनेको छ, “विवादित रबर्ट मुलरको विशेष […]