संगीतकर्मी कल्याणकारी कोषमा सर्जक सुरेश वाग्लेको ५० हजार सहयोग
संगीतकर्मी कल्याणकारी कोषमा सर्जक सुरेश वाग्लेको ५० हजार सहयोग गरेका छन ।
संगीतकार संघ नेपालमा आयोजीत एक कार्यक्रममा वाग्लेले उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन ।
अमेरिकाको बोष्टनमा बस्दै आएका वाग्ने गजलगृह नामक संस्थाका अध्यक्ष पनि हुन ।
उनका रेकर्डेड गीत गजलहरु दर्शक श्रोतामाझ आइरहेका छन ।
संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले संगीतकार संघ नेपालले स्थापना गरेकोे कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम निरन्तर रहेको संघका प्रेस सल्लाहकार लोकराज अधिकारीले जानकारी दिएका छन ।
कल्याणकारी कोषबृद्धिका लागि संगीतकार संघले बिभिन्न कार्यक्रमहरु गर्दै आएकोछ । यसैक्रममा आउदो बैसाख महिना बाट मेचिकाली अभियानको थालनी गर्दै छ । पहिलो कार्यक्रम बैसाख ७ र ८ गते काठमाण्डौमा तय भएको छ । कोषमा सहयोग गर्न चाहनेहरुले बिभिन्न स्थानबाट सोधि खोजी गर्दै सहयोग रकमको प्रतिबद्धता ब्यक्त गरेका छन । दाताहरुले प्रतिबद्धता गरेको सहयोग रकम आफू अनुकुलको समयमा हस्तान्तरण गर्ने बचन दिएका छन । दाताको सहजताका लागि म्यूजिक संसार नेपालले डोनेट बक्स समेत संचालनमा ल्याएको छ ।
नेपाली संगीत क्षेत्रका सबै बिधाका सर्जकहरुलाई सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको छ ।
अहिले सम्म ८ जना सर्जक संगीतकर्मी एकजना रंग पत्रकारको औषधी उपचारमा र ७जना सर्जकको निधनका बेला कोषबाट ३लाख १३ हजार ९सय १६ रुपैया सहयोग गरिएको संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिएका छन । कल्याणकारी कोषमा सहयोग गर्ने दाताहरुलाई संघले केहि समय अघि बिशेष सम्मान गरेको थियो । त्यस्तो सम्मानलाई निरन्तरता दिइने अध्यक्ष शेषले जानकारी दिए ।
संगीतकर्मी कल्याणकारी कोषको फागुन ४ गते सम्मको विबरण अनुसार कोषमा १० लाख ६ हजार २१२ रुपैया ८ पैसा बचत रहेको कोषाध्यक्ष हरि लम्सालले जानकारी दिएका छन ।