सार्बभौमसत्ता, लोकतन्त्र र सामाजिक सद्भावको मामिलामा कसैसंग सम्झौता हुँदैन: प्रधानमन्त्री

काठमाडौँ, १३ चैत :  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका सबै राष्ट्रसँग मित्रवत् व्यवहार गर्नु नेपालको नीति एवं सिद्धान्त भएको स्पष्ट गर्नुभएको छ ।

यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा विकासका साझेदारहरुलाई प्रधानमन्त्री निवासमा आज सम्बोधन गर्दै उहाँले नेपाल सबैको असल मित्र बन्न चाहन्छ र हामी पनि सबैलाई असल मित्रका रुपमा व्यवहार गर्छौं भन्नुभयो ।

पञ्चशीलका सिद्धान्त, असंलग्नता, संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानून तथा विश्व शान्तिका मूल्य र मान्यताबाट नेपालको परराष्ट्र सम्बन्ध निर्देशित रहेको स्पष्ट गर्दै उहाँले स्वतन्त्र परराष्ट्र नीति तथा सन्तुलित कूटनीति सञ्चालन बाह्य जगत्सँगको सम्बन्ध र सम्पर्क स्थापनाको विशिष्टता रहेको बताउनुभयो ।

कहिल्यै बाह्य शाक्तिको नियन्त्रणमा रहन नपरेको नेपाल र नेपालीका निम्ति मुलुकको सार्वभौमिकता, स्वतन्त्रता, स्वाभिमान र असंलग्नता अतिप्रिय छन् भन्दै उहाँले समावेशी लोकतन्त्र, सामाजिक–आर्थिक उन्नयनयुक्त नेपालको गरिमा विश्वमञ्चमा अभिवृद्धि नै कूटनीतिक लक्ष्य भएको स्पष्ट पार्नुभयो ।

“विधिको शासन राज्य सञ्चालनको केन्द्रमा रहने छ, भ्रष्टाचारप्रति शून्य सहनशीलता र भ्रष्टाचारमुक्त शासन व्यवस्था हाम्रो लक्ष्य हो” – प्रधानमन्त्री ओलीले भन्नुभयो । कुनै पनि गुह्य कार्यसूचीबाट नेपाली जनतालाई शोषण गर्न नपाइने तथा अस्थिरता, विभाजन चाहने शक्तिविरुद्ध सारा स्रोतसाधन उपयोग गरेर तिनलाई नेपाली जनताको भलाईका निम्ति परास्त गरिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

नेपाली समाजमा हिंसाको कुनै स्थान नरहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सम्बन्ध र सद्भावमा खलल पु¥याउन खोज्नेलाई प्रश्रय नदिइने दृढता व्यक्त गर्नुभयो ।

समावेशी शासन व्यवस्था संविधानको मर्म हो भन्दै उहाँले त्यसलाई इमान्दारीपूर्वक कार्यान्वयन गरिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । समानतामा आधारित सामाजिक न्यायबिना दिगो शान्ति र समृद्धिको कल्पनासमेत गर्न नसकिने बताउँदै प्रधानमन्त्री ओलीले विविधतायुक्त हाम्रो समाजको सामथ्र्यको स्रोत र पहिचान पनि सामाजिक विविधता भएको दोहो¥याउनुभयो ।

संक्रमणकालीन न्याय प्रक्रिया स्वच्छ एवं निष्पक्ष होस् भन्नेमा नेपाल अडिग रहेको प्रष्ट्याउँदै प्रधानमन्त्री ओलीले देशभित्र वा बाहिरबाट त्यसमा प्रभाव पारिनुहुन्न भन्नेमा सरकार गम्भीर रहेको बताउनुभयो ।

संक्रमणकालीन न्याय सम्पादनका निम्ति दुई वटा आयोग कार्यरत रहेका जानकारी दिँदै उहाँले मानवीय कानून र मानवाधिकार उल्लङ्घनका गम्भीर मुद्दामा कसैलाई पनि आममाफी नहुने दोहो¥याउनुभयो ।

अन्तर्राष्ट्रियस्तरमा शान्ति सुरक्षा कायम गर्न संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक संस्थामार्फत नेपालबाट प्रभावकारी रुपमा निरन्तर योगदान हुने बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो – “राष्ट्रसंघको सुधारमा नेपालको समर्थन छ ।”

उहाँले शान्ति, सुरक्षा, विकास, मानवाधिकारलगायत मामिलामा उक्त विश्व संस्थालाई निपूण, प्रभावकारी र उत्तरदायी बनाउनु समयको माग भएको बताउनुभयो ।

संयुक्त राष्ट्रसंघीय मानवाधिकार परिषद्को सदस्यका नाताले मानवाधिकार संरक्षणका खातिर विश्वभर नेपालले आवाज बुलन्द गर्ने र सकारात्मक परिवर्तनका निम्ति काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले परिषद्मा नेपालको भूमिका गैरराजनीतिक हुने प्रष्ट गर्नुभयो ।

छिमेकी मुलुकका जायज चासोप्रति सरकार गम्भीर रहेको प्रष्ट गर्दै उहाँले कुनै पनि छिमेकीविरुद्ध नेपाली भूमि उपयोग हुन नदिने नेपालको अडानलाई दोहो¥याउनुभयो ।

नेपालको विकासका साझेदारबाट निरन्तर प्राप्त सहयोग र समर्थनप्रति आभार व्यक्त गर्दै उहाँले नेपालको विकासका प्राथमिकता र नेतृत्वको सम्मानका साथ सरकारी संयन्त्रलाई साथमा लिएर सघाउन आग्रह गर्नुभयो ।

उहाँले छिमेकका साथै सबै मुलुकसँगको सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफू लागिपरेको बताउनुभयो ।

“भारत र चीन नेपालका निकटका छिमेकी हुन्, दुवै देशसँगको हाम्रो सम्बन्ध अति सुमधुर छ । पारस्परिक विश्वास नै हाम्रो सम्बन्धको मुख्य तत्व हो” – प्रधानमन्त्रीले बताउनुभयो । (रासस)

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907