किम जोंग उनको चीन भ्रमणले बिस्वभर तरङ्ग

बेइजिङ, १४ चैत ९:  मङ्गलबार अपरान्ह्सम्म उत्तर कोरियाली नेता किम जोङ उनको बारेमा बेखबर जस्तो रहेको बताउने चीनले उहाँको भ्रमणको पुष्टि गरेको छ ।

भ्रमणमात्र नभएर उहाँ र चिनियाँ राष्ट्रपति सि चिनफिङबीच राजधानी बेइजिङमा भेटवार्ता नै भएको चिनियाँ समाचार समिति, सिन्ह्वाले बुधबार जनाएको छ ।

बुधबार चिनियाँ सरकारी समाचार समिति, सिन्ह्वाले किम बेइजिङमा रहनुभएको र उहाँको भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सिले उहाँलाई बेइजिङस्थित ग्रेट हल अफ चिनियाँ पिपुल्स काँग्रेसमा विशेष सम्मान र स्वागत गर्नुभएको बताएको छ ।

गएको आइतबारदेखि नै किम चीनको भ्रमणमा रहनुभएको पनि खुलेको छ । तर त्यसलाई चीनले भने मङ्गलबार अपरान्ह्सम्म पनि स्वीकार गरेको थिएन ।

उत्तर कोरियाली नेता किम वा उक्त देशका अर्का कुनै उच्च सरकारी अधिकारी चीन भ्रमणका क्रममा बेइजिङ पुगेको भन्ने बारेमा आएको समाचार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा च्युनिङले हल्लामात्र भन्नुभएको थियो ।

उहाँले विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा भन्नुभयो– यदि त्यस्तो भ्रमणको समाचार भएको भए हामीले औपचारिक रुपमा नै विज्ञप्ति प्रकाशन गरेर जानकारी दिइसक्ने थियौँ, त्यस्तो केही होइन र यसबारेमा मलाई केही थाहा पनि छैन ।

यसअघि मङ्गलबार नै विश्वका सञ्चारमाध्यमले उत्तर कोरियाली नेता किम सुटुक्क बेइजिङ पुग्नुभएको समाचार सार्वजनिक गरेका थिए । यसलाई चीनले लुकाएको उनीहरुले भनेका थिए ।

यो समाचार पहिलो पटक जापानी सञ्चारमाध्यमले सार्वजनिक गरेका थिए । ती मिडियाले उत्तर कोरियाली नेता किम रेल चढेर सुटुक्क चीनको राजधानी बेइजिङ पुगेको समाचार प्रकाशन, प्रशारण गरेका थिए ।

बेइजिङ् र यसको आसपासमा उत्तर कोरियाको जस्तो देखिने रेल पुगेको उनीहरुको भनाई थियो । त्यो समाचारको चीनले भने खण्डन गरेको थियो । तर मङ्गलबार रातिसम्म यो पुष्टि पनि भएको छ ।

यसलाई चिनियाँ मिडियाले नै पुष्टि गरेका छन् । केही दिनको भ्रमणपछि मात्र चीनको सिन्ह्वा समाचार संस्थामार्फत उत्तर कोरियाली नेताले बेइजिङ भ्रमणको पुष्टि गरिएको हो ।

उत्तर कोरियाली नेता किमले सन् २०११ मा सत्ता सम्हालेयता यो उहाँको पहिलो विदेश भ्रमण हो । तर यसलाई औपचारिक भ्रमण भने भनिएको छैन ।

चिनियाँ कम्युनिष्ट पार्टीको आमन्त्रणमा उहाँ बेइजिङ् पुग्नुभएको बताइएको छ । उहाँको सम्मानमा चिनियाँ राष्ट्रपति सिले मङ्गलबार राति बेइजिङमा रहेको ग्रेट हल अफ पिपुल्समा रात्रि भोजको आयोजना गर्नुभएको थियो ।

वार्तामा के विषयमा कुराकानी भयो ?

चिनियाँ राष्ट्रपति सि जिनपिङ र उत्तर कोरियाली नेता किम जोङ उनबीच बेइजिङमा छलफल भएको समाचार आएको छ । यसलाई चीन सरकारले नै पुष्टि गरेको छ ।

सात वर्षपछि पहिलो पटक विदेश भ्रमणमा गएका उत्तर कोरियाली नेता किम र चिनियाँ राष्ट्रपति सिबीच भएको वार्ता नै यतिखेर विश्वका मिडियाको चासोको विषय भएको छ ।

हालैमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच भेटवार्ता हुने भनी समाचार आएको थियो । उहाँहरुबीच आमी मे महिनाको सुरुवातामा वार्ता हुने बताइएको छ ।

त्यसैगरी उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा पछिल्लो पटक सुधार आएको नै ठानिएको छ । यी दुई देशबीच पनि आगामी माहिना उच्चस्तरीय बैठकको आयोजनाको तयारीको समाचार आएको हो ।

संयुक्त राज्य अमेरिकासँग आफ्नो परमाणु र ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमबारे उत्तर कोरियाले सो वार्ता गर्न लागेको भनिएकोमा उक्त वार्ताको अघि यो भ्रमण भएकोले विश्वमा नै चासो बढेको हो ।

यसबीचमा अमेरिकी राष्ट्रपतिले पनि उत्तर कोरियासँग वार्ता गर्नुअघि चीन र जापानसँग पनि छलफल गर्ने बताउनुभएको थियो । आगामी वार्ताहरूमा बेइजिङको भूमिकाको खोजी भइ नै रहेको थियो ।

यसै सन्दर्भमा उत्तर कोरियाली नेता किमले चीनको भ्रमण गरेबाट अब भने चीनको भूमिकाको झनै बढी मात्रामा खोजी हुने अनुमान गरिएको छ ।

त्यस वार्तामा आपसी हितका विविध पक्षमा मात्र कुराकानी भएको सिन्ह्वाले जनाएको छ । सिन्ह्वाले सो भेटमा सुरुमा चिनियाँ राष्ट्रपति दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएकोमा किमले बधाई दिनुभयो र राष्ट्रपति सिले धन्यवाद दिनुभएको थियो ।

त्यस्तै राष्ट्रपति सिले पहिलो विदेश भ्रमणका रुपमा बेइजिङ आएकोमा नेता किमलाई धन्यवाद दिनुभएको सिन्ह्वाले जनाएको छ ।

त्यसैगरी उक्त भेटकाक्रममा कोरियाली प्रायद्वीपमा जारी रहेको अवस्थाका बारेमा पनि कुराकानी भएको बताइएको छ ।

त्यस बारेमा के कुराकानी भयो र परमाणु उत्पादन र परीक्षणका बारेमा उत्तर कोरियाको केही प्रतिबद्धता आयो या आएन भन्ने बारेमा भने केही बताइएको छैन ।

त्यसैगरी अमेरिका र उत्तर कोरियाका साथै उत्तर र दक्षिण कोरियाको आसन्न वार्ताका बारेमा पनि के कस्तो कुराकानी भए भन्ने बारेमा पनि केही बताइएको छैन । रासस÷एएफपी÷सिन्ह्वा

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907