मेचिमहाकाली सांगीतिक अभियानको काठमाण्डौ संस्करण भब्य रुपमा सम्पन्न:वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानलाई अजर अमर सम्मान

नेपाली संगीतकारहरुको छाता संस्था संगीतकार संघ नेपालले सुरु गरेको मेचिमहाकाली सांगीतिक अभियानको काठमाण्डौ संस्करण भब्य रुपमा सम्पन्न भएको छ ।
काठमाण्डौको आर्मी अफिसर्स क्लवमा भएको कार्यक्रमको उदघाटन प्रमुख अतिथि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।
शुभ बहादुर सुनामको नेतृत्वमा रहेको बाद्यवादक टोलीको सांगीतिक धूनबाट सुरु भएको ‘मेची महाकाली सांगीतिक अभियानको पहिलो प्रस्तुती नबराज लम्सालको शब्द र हरि लम्सालको संगीतमा संगीतकार संघ नेपालले तयार पारेको नयाँ गीत “यहि माटोको” बोलको सामुहिक गीत रहेको थियो । बिशिष्ट ब्यक्तित्व सहित गीतसंगीत प्रसिद्ध संगीतकर्मी र दर्शकले खचाखच भरिएको हल झण्डै साढे तीन घन्टा संगीतमय बन्यो ।
कार्यक्रममा प्रेमध्वज प्रधान, योगेश बैद्य, दीपक खरेल,दीप श्रेष्ठ , जेबि टुहुरे , नारायाण रायमाझी ,नन्दकृष्ण जोशी , मिरा राणा,कुन्ति मोक्तान, उदय–मनिला सोताङ , सत्य–स्वरूपराज आचार्य, राजेशपायल राई, धिरेन्द्र प्रेमर्षी ,शिशिर योगी ,जेम्स प्रधान, चेतन सापकोटा शशि रावल लगायतले लाइभ प्रस्तुती दिएका थिए ।
संगीतकार संघ नेपालको कार्यसमितिले सत्यम् शिवम् सुन्दरम् बोलको गीत गाएर संघको प्रस्तुति दिएका थिए ।
कार्यक्रममा संघका महासचिव महेश खड्काले स्वागत मन्तव्य दिँदै अभियानको बारेमा प्रष्ट पारेका थिए भने लक्ष्मण शेषको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । काठमाण्डौको टुडिखेलमा गरिने भनिएको खुल्ला सांगीतिक कार्यक्रम भने स्थगित गरिएको संघले जनाएको छ ।
कार्यक्रमको मुख्य प्रायेजकका रुपमा सिटिजन्स बैंक रहेको थियो । कार्यक्रमलाई नेपाल टेलिकम, नेपाल पर्यटन बोर्ड, र नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानले साथ दिएका थिए । त्यसैगरी रेडियो अडियो र म्यूजिक संसार नेपालले प्रचार प्रसारमा साथ दिएका थिए ।
संगीतकार संघ नेपालका अध्यक्ष शेषका अनुसार राष्ट्रिय एकता र सदभावका लागि मेचिमहाकाली सांगीतिक अभियान नाम दिइएको अभियान ७७ वटै जिल्लामा लैजाने तयारी छ ।
अभियानकाक्रममा सम्बन्धित जिल्लाका बिशिष्ठ स्रष्टालाई सम्मान गरिने, परम्परागत झाँकि रयाली गरिने र प्रतिलिपि अधिकारका बारेमा अन्र्तिक्रया गरिने छ । सात वर्षअघि स्थापना भएको संगीतकार संघले नेपाली गीत–संगीतको जर्गेना एवं प्रवद्र्धन गर्ने तथा त्यसको महत्व र गरिमालाई विश्व सामु चिनाई नेपालको पर्यटन विकासमा समेत टेवा र्पुयाउने उद्देश्यले यो सांगीतिक अभियान शुरु गरेको हो ।
विभिन्न जातजाति तथा भाषा–भाषीको लोपोन्मुख कला, संस्कृति, परम्परा एवं गीत–संगीतको संरक्षण–संवद्र्धन गर्ने समेत उद्देश्य बोकेको यो सांगीतिक अभियानमार्फत मेचीदेखि महाकालीसम्मका नेपालीहरूलाई कला, संगीत तथा सांस्कृतिक कार्यक्रमको माध्यमबाट गोलबन्द गर्ने संघको योजना छ ।
मेची–महाकाली सांगीतिक अभियानको पहिलो चरणको सुरुवात अन्र्तगत काठमाडौं संस्करण भब्य रुपमा सम्पन्न भएको संघले जनाएको छ । अभियान अन्र्तगत अब जेठ ५ गते हेटौंडा, जेठ १२ गते चितवन, जेठ २६ गते बाग्लुङ तथा असार २ गते पोखरामा कार्यक्रम हुने छ । अभियानको दोस्रो चरण भदौ ३० गते बिर्तामोड बाट प्रारम्भ हुनेछ ।
अभियानको तेस्रो चरणअन्तर्गत मंसिर २२ गते दाङमा त्यसपछिको साता नेपालगञ्जमा कार्यक्रम हुनेछ । सुर्खेतमा पुस २१ गते, धनगढीमा पुस २८ गते कार्यक्रम सञ्चालन गरिएपछि माघ ५ गते अभियानको अन्तिम कार्यक्रम पश्चिम नेपालको कञ्चनपुरमा सञ्चालन गरिने संघले जनाएको छ । तयारी अनुसार कार्य तालिकामा केहि हेरफेर हुन सक्ने संघले जानकारी दिएको छ ।

वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानलाई अजर अमर सम्मान
वरिष्ठ संगीतकार तथा गायक प्रेमध्वज प्रधान अजर अमर सम्मान २०७५ बाट सम्मानित भएका छन ।
संगीतकार संघ नेपालले संगीतकर्मी कल्याणकारी कोष बृद्धिका लागि स्थापनार्थ आयोजना गरेको ‘मेची महाकाली सांगीतिक अभियान’को सुरुवातको दिन एक विशाल कार्यक्रमका बीच वरिष्ठ गायक तथा प्रेमध्वज प्रधानलाई अमर सम्मान २०७५ बाट समानित गरेको हो ।
प्रधानलाई नगद १ लाख १हजार १ सय ११ रुपैयाँ, ताम्रपत्र र दोसल्ला सहित ‘अजर अमर सम्मान २०७५’ अर्पण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पुर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित बिशिष्ट ब्यक्तिहरुको हातबाट प्रधानलाई सम्मान गरिएको हो ।
सम्मान पुर्व प्रधानलाई बागबजारदेखि आर्मी अफिसर्स क्लबसम्म बग्गीमा राखेर बाजा गाजा र झाँकी सहित नगर परिक्रमा गराइएको थियो । प्रधानको सम्मान सहितको रथ यात्रामा गीतकार संघ संगीतकार संघ ,सांगीतिक संघ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान,संगीत रोयल्टी संकलन समाज नेपाल, प्रस्तोता समाज नेपाल, संगीत उत्पादक समाज नेपाल , नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान लगायत गीत संगीत संघ सम्बन्धित संघ संस्थाका सयौ सदस्यहरु सहभागी दिए ।
सम्मानपछि गायक प्रधानले गोरेटो त्यो गाउँको सहित दुई गीत सुनाएका थिए ।

मेरो हरेक दिनको शुरुवात नेपाली गीत संगीत सुनेर शुरु हुन्छ — प्रचण्ड
पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो हरेक दिनको शुरुवात नेपाली गीत संगीत सुनेर शुरु हुने बताएका छन ।
संगीतकार संघ नेपालले शुक्रवार राजधानीमा आयोजना गरेको मेचीमहाकाली सांगतिक अभियान २०७५को उदघाटन गर्दे कार्यक्रमका प्रमुख अतिथि प्रचण्डले हेरक दिन बिहान पाँच बजेदेखि साढे पाँच बजे सम्म पुराना देखी नयाँ संगीतकर्मीको सिर्जना सुन्ने र त्यसपछि शारिरिक ब्यायाम गर्ने बताएका हुन । उनले गीत संगीतले मानसिकरुपमा र ब्यायामले शारिरिक रुपमा फिट राख्ने अनुभव सुनाए । पूर्व प्रधानमन्त्री प्रचण्डले आफनो घरमा एकातिर गितार र अर्कोतिर हार्मोनियमको धुन सुन्न पाइने बताए । प्रचण्डकी नातिनि स्मिता पनि गीत गाउछिन ।
उदघाटन मन्तब्यका क्रममा पुर्व प्रधानमन्त्री प्रचण्डले नेपाली गीत संगीतकर्मीहरुको संबिधान प्रदत्त हक अधिकारका लागि आफ्नो सधै साथ र समर्थन रहेको पनि बताए । उनले संगीतकर्मी हरुको प्रतिलिपि अधिकारको रक्षा र संगीतकर्मीहरुको बयस्क जीवनमा सहज जीवनयापनका लागि चाहिने पूर्वाधार तयार गर्न आफू लागि पर्ने पनि प्रतिबद्दता ब्यक्त गरे । त्यस्तै प्रमुख अतिथि प्रचण्डले कलासंस्कृतिलाई बचाउन संगीतकार संघले थालेको अभियानमा आफ्नो साथ रहने बताउँदै संगीतकर्मीहरुलाई रोग, भोकबाट मर्न नदिन आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 
त्यसैगरी कार्यक्रममा एमालेका उपाध्यक्ष वामदेव गौतमले मुलुक गरीब भए पनि संस्कृतिको धनी देश भएको बताउँदै संगीतकर्मीको अभियानमा साथ दिने बताए ।कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले स्रष्टाको हक अधिकारका लागि आफू प्रतिबद्ध रहेको बताए । तिर्नुपर्ने संगीत रोयल्टी कसैसँग भीख मागेको होइन यो स्रष्टाको अधिकार हो, बौद्धिक अधिकारको लागि माग गर्दा भिख भन्छन् भने गीतसंगीतको रोयल्टी तिराउन सरकारले जसरी पनि कानून कार्यान्वयन गर्नेछ अधिकारीले भने । काठमाण्डौको आर्मी अफिसर्स क्लवमा भएको कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादल, उर्जा मन्त्री वर्षमान पुन, नेपाली सेनाका प्रमुख राजेन्द्र क्षेत्री, शसस्त्र प्रहरी प्रमुख, शैलेन्द्र खनाल, सस्कृंति मन्त्रालयका सह सचिव भरतमणि सुवेदी, लगायत बिशिष्ट ब्यक्तिहरुको उपस्थिति थियो ।

संगीतकार संघलाई एम्बुलेन्स : कल्याणकारी कोषमा जोडिए गायक पराजुली र परियार
संगीतकार संघ नेपालको कल्याणकारी अभियानलाई सहयोग पुराउन ललितपुर रोधि क्लवका सञ्चालक कृष्ण महर्जन र सानुमैया श्रेष्ठले एम्बुलेन्स दिने भएका छन । मेचिमहाकाली सांगीतिक अभियानको काठमाण्डौ संस्करण अन्र्तगत शुक्रबार भएको भब्य कार्यक्रममा महर्जन र श्रेष्ठले उक्त सहयोगको घोषणा गरेका हुन ।
संगीतकार संघले सहयोग गर्ने दाता महर्जन र श्रेष्ठ प्रति आभार ब्यक्त गरेको छ ।
राष्ट्रिय एकता र सदभावका लागि मेचिमहाकाली सांगीतिक अभियान नाम दिइएको अभियान ७७ वटै जिल्लामा लैजाने संघको तयारी छ ।
विभिन्न जातजाति तथा भाषा–भाषीको लोपोन्मुख कला, संस्कृति, परम्परा एवं गीत–संगीतको संरक्षण–संवद्र्धन गर्ने समेत उद्देश्य बोकेको यो सांगीतिक अभियानमार्फत मेचीदेखि महाकालीसम्मका नेपालीहरूलाई कला, संगीत तथा सांस्कृतिक कार्यक्रमको माध्यमबाट गोलबन्द गर्ने संघको योजना छ ।
अभियानको अर्को महत्वपूर्ण उद्धेश्य संघले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोष बृद्धि गर्नु हो । शुक्रबारको कार्यक्रममा पनि बिभिन्न क्षेत्रका ब्यक्तित्व बाट कल्याणकारी कोषमा सहयोग हस्तान्तरण भएको छ । प्रसिद्ध गायक शिब परियारले कोषमा २५ हजार सहयोग गरेका छन । उनले संघका अध्यक्ष र महासचिवलाई चेक हस्तान्तरण गरेका थिए । त्यसैगरी मोवाईल डिष्ट्रिब्युटर एशोसियसनका तर्फ बाट अध्यक्ष दिनेश चुलियाध्यो,उपाध्यक्ष पिक्कु सरावगी र महासचिव रघुजी त्रिपाठीले २१ हजार कल्याणकारी कोषमा हस्तान्तरण गरेका छन । त्यसैगरी पोखरामा रहेको जोजिजु म्यूजिक सेन्टरका तर्फबाट बिनित जोजिजुले ५ हजार ५ सय ५५ रुपैया कोषलाई हस्तान्तरण गरेका छन । त्यसैगरी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति संगीतकार शम्भुजीत बास्कोटाले ५१ हजार, गायक तथा प्रस्तोता समाज नेपालका अध्यक्ष तुलसी पराजुलीले १५ हजार , संगीत संयोजक महाराज थापाले १० हजार रुपैया कल्याणकारी कोषमा सहयोग गर्ने घोषणा गरेका छन ।
संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले कोषको स्थापना गरिएकोे हो । संघका प्रेस सल्लाहकार लोकराज अधिकारीका अनुसार नेपाली संगीत क्षेत्रका सबै बिधाका सर्जकहरुलाई सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको छ ।
अहिले सम्म ९ जना सर्जक संगीतकर्मी एकजना रंग पत्रकारको औषधी उपचारमा र ७जना सर्जकको निधनका बेला कोषबाट ३लाख ३८ हजार ९सय १६ रुपैया सहयोग गरिएको छ । कल्याणकारी कोषमा सहयोग गर्ने दाताहरुलाई संघले केहि समय अघि बिशेष सम्मान गरेको थियो । त्यस्तो सम्मानलाई निरन्तरता दिइने संघले जनाएको छ ।
संगीतकर्मी कल्याणकारी कोषको पल्लिो बिवरण अनुसार कोषमा १० लाख ३१ हजार २१२ रुपैया ८ पैसा बचत रहेको कोषाध्यक्ष हरि लम्सालले जानकारी दिएका छन ।
संघका प्रेस सल्लाहकार एबं कल्याणकारी कोषका अभियन्ता लोकराज अधिकारीले मेचीमहाकाली सांगीतिक अभियान पछि कल्याणकारी कोषको राशी ठूलो हुने बिश्वास ब्यक्त गरे । सहयोगीहरुलाई सामाजिक सञ्जाल र ब्यक्तिगतरुपमा भेटेर अनुरोध गर्दै कोषलाई यहासम्म ल्याएको स्मरण गर्दे अधिकारीले ति सबै सहयोगीहरुलाई संगीतकार संघ नेपालले सधै सम्मान गर्ने पनि बताए ।
कोषमा सहयोग गर्न चाहनेहरुले बिभिन्न स्थानबाट सोधि खोजी गर्दै सहयोग रकमको प्रतिबद्धता ब्यक्त गरेका छन । दाताहरुले प्रतिबद्धता गरेको सहयोग रकम आफू अनुकुलको समयमा हस्तान्तरण गर्ने बचन दिएका छन । दाताको सहजताका लागि म्यूजिक संसार नेपालले डोनेट बक्स समेत संचालनमा ल्याएको छ ।
नेपाली संगीत क्षेत्रका सबै बिधाका सर्जकहरुलाई सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषठूलो हुदा कुनै पनि स्रष्टा सर्जकलाई यस अघिको जस्तो नियति भोग्न नपर्ने अबस्था बन्नमो गीतकार समेत रहेका अधिकारी बिश्वस्त छन ।

 

 

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907