‘अवतार’का थप चार भाग

लसएन्जलस  – हलिउड निर्देशक जेम्स क्यामरुन निर्देशित फिल्म ‘अवतार’को प्रदर्शनले विश्वभरमै ठूलो सफलता पायो । फिल्मलाई दर्शकले निकै रुचाए।

यो फिल्मको हाल दोस्रो भागको सुटिङ भइरहँदा निर्देशक क्यामरुनले फिल्मको चारवटा नयाँ भाग पनि बनाउने योजना खुलाएका छन्।समाचार अनुसार छायांकनरत फिल्मको दोस्रो भाग २०२० सम्ममा रिलिज गर्ने निर्माण पक्षको योजना छ । दोस्रो भागको छायांकन भइरहँदा निर्माण पक्षले तेस्रो भागको निर्माणको योजना पनि बनाइसकेको छ।

‘यदि फिल्मको दोस्रो र तेस्रो भागले सफलता पाएमा यसको चौथो र पाँचौं भाग ल्याउने योजना पनि बनाइसकेको छु,’क्यामरुनले भनेका छन्,‘म यो काम गर्न प्रतिबद्ध छु । त्यसकारण पनि यो फिल्मको फ्रेञ्चाइजीको सुटिङ भइरहेको स्थानमा तेस्रो भागको पोस्टर पनि लगाइएको छ । तर पोस्टरको फोटो खिच्ने अनुमति कसैलाई दिइएको छैन ।’ उनका अनुसार चौथो र पाँचौं भागको लागि निर्माण पक्षले सम्पूर्ण तयारी पूरा गरिसकेको छ।

क्यामरुनले चौथो र पाँचौं भाग सार्वजनिक हुनमा फिल्मको दोस्रो र तेस्रो भागको सफलतामा निर्भर हुने बताए । फिल्मको वितरण अधिकार डिज्नीलाई दिने तयारी भइरहेको छ । त्यसका लागि निर्माण कम्पनीले डिज्नीको आधिकारिक नियमको पालना गर्नुपर्ने हुन्छ।

क्यामरुनले यो फिल्मलाई ‘जेनरेसनल फेमिली सागा’ नाम दिएका छन् । ‘फिल्म बनाउनका लागि म अलग–अलग दृष्टिकोणबाट विचार गर्दछु । तर कुनै पनि फिल्मका बारेमा तपाईं पूर्वानुमान लगाउन सक्नुहुन्न । जबसम्म फिल्म पूर्ण रुपमा बनेर प्रदर्शनका लागि तयार हुँदैन । तबसम्म अनुमान लगाउनु गलत हुन्छ । उनले भनेका छन्।(नागरीक निउज बाट)

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907